Thursday, February 7, 2013

यान्त्रिक पुलको नियमित सन्चालनमा अझैँ समय लाग्ने

प्राविधिक त्रुटीलेगर्दा यान्त्रिक पुलको नियमित सन्चालनमा अझैँ समय लाग्ने

प्रसिद्ध भैरव स्थानको फेँदीमा नक्कली कालभैरवको मुर्ती स्थापनाबारे जनचासो !

SAM_8437लक्ष्मी कुमाल, पर्वत पुस १७ । सदरमुकाम कुस्मा बजारदेखी बागलुङको नारायणस्थान गाविस जोड्ने बहुप्रतिक्षित यान्त्रिक पुल प्राविधिक त्रुटीले गर्दा लक्षित समयमा सन्चालनमा आउन नसकेकोले सरोकारवालाहरु चिन्तामा छन् । मंसिरको तेश्रो हप्ता नियमित सन्चालनमा ल्याईने उद्घोष आयोजकहरुले गरेका भएतापनि परिक्षण कै दिन प्राविधिक त्रुटीका कारण ‘पहिलो गासमै ढुंगा’ उखान चरितार्थ हुन पुगेको स्थानीयले बताए ।
कुस्मा र नारायणस्थान खण्डका पिलर (खम्बा) समान उचाईमा निर्माण गरिनु पर्नेमा प्राविधिकहरुको हेलचक्राईँले गर्दा कुस्मा तर्फको भन्दा नारायणस्थान तर्फको पिलर होँचो बनाईएकाले परीक्षण कै दिन यान्त्रिक पुलको डिब्बा (केबलकार) नारायणस्थान खण्डमा माटोमा धस्सिन पुगेपछि नियमित सन्चालनमा अझैँ समय लाग्ने देखिएका हो ।
cablecarbalewa, narayansthanblewa yantrik pulकुस्मा पारीको खण्डमा पिलरको उचाई बढाउनु (थप्नु) पर्ने भएको सरोकारवालाहरुले बताएका छन् र तदनुरुप निर्माण कार्य अघि बढिरहेको छ । एक पटक निर्माण गरिसकिएको पिलर (खम्बा)मा पुन थपथाप पारेर उचाई बढाउदा त्यस्को क्षमतामा प्रश्न खडा हुने तर्क स्थानीयको छ । मानवजीवनसंग प्रत्यक्ष संवन्ध राख्ने यान्त्रिक पुलको क्षमताप्रति आम जनताहरुलाई ढुक्क बनाउन सरोकारवालाहरु र प्राविधिकहरुले विश्वासमा लिनुपर्ने अवस्थाको सिर्जना भएको स्थानीयवासीको ठहर छ ।
यसैवीच यान्त्रिक पुलको नारायणस्थान खण्डमा २५ फिट अग्लो कालभैरबको मुर्ति निर्माण गरिने आयोजकहरुले बताएका छन् ।
SAM_8443SAM_8448SAM_8435यान्त्रिक पुलमा सवार हुन आउने पर्यटक तथा पर्वतको सदरमुकाम कुस्माबजार र बलेवा क्षेत्रका भक्तजनको सुबिधालाई समेत ध्यानमा राखेर आकर्षक कालभैरबको मुर्ती राख्ने तयारी भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ । काठमाडौ हनुमान ढोका स्थित कालभैरबको मुर्तीको नक्कल गरी २५ फिट अग्लो आकर्षक मुर्ती निर्माणको काम शुरु गरिन लागेको यान्त्रिक पुल पं्रर्बद्धन गर्ने संस्था पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताएका छन् । सो मुर्ती आगामी चैत मासन्त भित्रै भक्तजनका लागि खुल्ला गरिने पनि कर्माचार्यले बताए , ।
यान्त्रिक पुल नजिकै पर्ने अमलचौर स्थित प्रसिद्ध काल भैरब मन्दिरको प्रर्बद्धन गर्नका लागि यान्त्रिक पुलमा कालभैरबको मुर्ती राख्न लागिएको यान्त्रिक पुल लिमिटेडका सचिब केदारनाथ शर्माले बताए । तर स्थानीय श्रद्धालु भक्तहरु भने पौराणिक महत्व बोकेको धार्मिक साँस्कृतिक एवं ऐतिहासिक धरोहरका रुपमा रहेको अमलाचौरको भैरब मन्दिर प्रति श्रद्धालु भक्तहरुको आस्थामा ठेस पुराउन सहयोग पुग्ने आशंका व्यक्त गरेका छन् ।
DSCN1174Vivitarयान्त्रिक पुलको निर्माण सम्पन्न हुँदा साथ नारायणस्थान देखी तीन किलोमिटर माथि रहेको प्रसिद्ध धार्मिक स्थल भैरव मन्दिरमा केबलकार लैजाने तयारी गरिरहेका स्थानीयवासीलाई सचिव सुवेदीको तर्क हास्यास्पद छ ।
यान्त्रिक पुलको निर्माणमा भएको प्राविधिक त्रुटीका कारण भविष्यमा कुनै बाधाव्यवधान नआओस भनि कालभैरवको नक्कल गरी मुर्ती स्थापना गर्न लागिएको हो भन्ने तर्कपनि स्थानीयले गर्न थालेका छन् । जे जस्ता कारणबाट काठमाडौ हनुमान ढोका स्थित कालभैरबको नक्कल गरी मुर्ती स्थापना गर्न लागिएको भएपनि प्रसिद्ध भैरव स्थानलाई ओझेलमा पार्ने कसैको कुत्सित उद्देश्य यसका पछि रहेको छ भने त्यो निश्चयपनि शुभ हँदैन, यस्तो भावना छ त्यस भेगका वासिन्दाहरुको ।
निर्माणाधीन यान्त्रिक पुल ५ सय ५० मिटर लामो छ । उक्त यान्त्रिक पुलमा एक पटकमा ८ जना मानिस चढ्न सक्नेछन् । दुवै तर्फ गरेर एक पटकमा १६ जना मानिस आवत जावत गर्न सकिन्छ भने पर्वत सदरमुकाम कुस्माबजार र नारायणस्थानको दुरी ५ मिनेटमै पार गरिने आयोजनको विवरणमा उल्लेख छ ।
यसैबीच निर्माणाधीन यान्त्रिक पुलको दक्षिण कोरियाका उद्यमीहरुले अवलोकन गरेका छन् । उद्योगपती लि जीनको नेतृत्वमा आएको टोलीमा लि हियरो, कोन युन, ज्याउ कु रहेका थिए । यस टोलीले बलेवा क्षेत्रमा ठुलो लगानी गर्ने योजना समेत सुनाएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताए ।

Wednesday, February 6, 2013

Innovative simplified design of ropeway systems in Nepal


 Ropeway Nepal Pvt. Ltd. was established in 2004 by us, a group of enthusiastic Engineers with a vision to apply our learning and concentrate our effort for the development of ropeways in Nepal. We believe that sustainable development of Nepal is possible through development of villages, where majority of the country’s population resides, by implementation of indigenous technologies that can only originate and develop from the soil of this country.
With this conviction, Ropeway Nepal was established in 2004 by us, a group of enthusiastic Engineers with a vision to apply our learning and concentrate our effort on with an aim to develop indigenous low costing technology of ropeway systems. With this conviction, Ropeway Nepal want to develop Zig Back Gondola, Chairlift, Mechanized Bridge with simplified construction to suit topography of Nepal.

Nepal Development Marketplace 2005 has awarded Ropeway Nepal (former named ITD Nepal) for developing an innovative appropriate technology of river crossing named as Mechanized Bridge in conflict affected area of Nepal. The World Bank has supported the company granting monetary fund in materializing the Mechanized Bridge of 520m span in Kotre-Punditar across Seti River at Tanahun District of Nepal.

Mission
 
To win and enhance customers’ confidence on us for design, manufacture and erection of ropeway systems suitable for Nepal with high standard product & service quality through maximum utilization of local resources.
नेपाललाई सुहाउँदो सानो दूरीको सुरक्षित एवम् भरपर्दो रोपवेको डिज़ाइन, निर्माण  तथा जडान कार्यको क्षेत्रमा स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरी उच्च गुणस्तरको उत्पादन सेवा प्रदान गर्दै उपभोक्ताहरूको विश्वासलाई जित्नु त्यसलाई निरन्तर बढाउँदै लैजानुमा नै हाम्रो कार्यनीति केन्द्रित छ।

Vission
To pioneer the development and construction of reliable ropeway technology suitable to the context of Nepal, thereby strive to contribute to self-sustainability of the country in this area of technology
सर्वोत्कृष्ट कार्यक्षमता भएको नेपाली परिवेशलाईसुहाउँदो  सानो दूरीको रोपवे प्रविधिको
विकास तथा निर्माणको क्षेत्रमा अग्रणी स्थान प्राप्त गरी  यस  क्षेत्रमा देशको आत्मनिर्भरतालाई बल पुर्याउनु हाम्रो लक्ष्य हो।