Friday, March 29, 2013

SMART TRAVELLING SOLUTIONS

Something special is quite normal
Creativity knows no limits - at CWA we are constantly striving to demonstrate this. Under the motto SMART TRAVELLING SOLUTIONS - unusual customer wishes will be realised too. Whether it should be a cabin with a fully functional sauna or whether you wish to inspire your passengers with a SAFARI design. Projects that we already realised have proven that besides our serial production we continue to take time for something out of the ordinary.
A good example for this individuality is the "Bana Big Ropeway" commission in Vietnam. The order comprised 86 OMEGA IV-10 SI cabins and was delivered in January 2013. Out of the 86 cabins, 10 were fitted with glass floors and 10 cabins with the SAFARI option (chrome-steel bars instead of glazing) and wooden slats as seats, which conferred a unique and airy feeling to the ride. The "SAFARI" cabins were also given an individual colour scheme with up to three different colours per vehicle.
 Would you like to give your cabin a special touch? In our   VIP-Segment you can choose from a wide variety of luxurious optional features. Your personal perceptions and wishes can be incorporated in the project.

CWA - News

Manakamana Cable Car Installation








Tuesday, March 19, 2013

यान्त्रिक पुलमा दैनिक ८ सय यात्रु

पर्वत कुश्मादेखि बाग्लुङ नारायणस्थान ढिकसम्म कालिगण्डकी नदीमाथि निर्मित यान्त्रिक पुलमा यात्रा गर्नेको भिड लागेको छ। एक साताअघि सुरु पुलमा दिनहुँ सात/आठ सयजनाले यात्रा गरेको कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

'पहिलो दिनदेखि नै निकै आवतजावत गर्नेको निकै चाप छ,' श्रेष्ठले भने। करिब पाँच करोडको लागतमा पुल निर्माण भएको हो। दुवैतर्फ खम्बा गाडेर ५ सय ५० मिटर लामा छवटा फलामका लट्ठा टाँगेर यात्रुबाहक डब्बा राखी पुल बनाइएको हो। एउटा डब्बामा एकपटकमा आठजना गरी दुइटामा १६ जना यात्रु बस्न सक्ने पुलका अपरेटर बोधराज गिरीले बताए।
एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको कम्पनीका अध्यक्ष गणेश पाठकले जानकारी दिए। यान्त्रिक पुलमा कुश्माबाट बलेवा पुग्न १० मिनेट लाग्छ। हिँड्दा उक्त दुरी पार गर्न डेढ घन्टा लाग्थ्यो।
रोपवे केबल कार प्रालि काठमाडांैको प्राविधिक टोलीले पुल निर्माण गरेको हो। बिजुलीबाट चल्ने पुलमा यात्रुका साथै मालसामानसमेत ढुवानी गर्न सकिन्छ।
पुल निर्माणपछि घुम्न आउनेसँगै बाग्लुङको नारायणस्थान, अमलाचौर, पैयुँपाटा, कुश्मिशेरा, दमेक, सर्कुवा, पैयुँथन्थाप लगायत करिब एक दर्जन गाविसका स्थानीय लाभान्वित हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए। 'पुल निर्माणसँगै पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्ने भएको छ,' कर्माचार्यले भने।
पुल निर्माणले पर्यटन तथा व्यापारमा सघाउने विश्वास स्थानीयले गरेका छन्। वर्षाैंदेखि बन्द बलेवा विमानस्थल सञ्चालनमा ल्याउनसमेत सघाउ पुग्ने स्थानीयको विश्वास छ। बलेवासम्म सिधा सवारी सञ्चालन नभएकाले हिँडेर जान टाढा पर्ने भएकाले विमानस्थल बन्द भएको थियो।
पुलमा एकजनाले यात्रा गरेको ५० रुपैयाँ लाग्छ। सार्क पर्यटकलाई ३ सय रुपैयाँ र तेस्रो मुलुककालाई ७ डलर रुपैयाँ लिने गरेको छ। तीन वर्षभन्दा तलको बालबालिकालाई निःशुल्क र १० वर्षमुनिकालाई २५ प्रतिशत छुट दिएको कम्पनीले जनाएको छ। पुलमा यात्रा गर्दा पाँच किलोसम्मको सामान लैजान छुट छ। यान्त्रिक पुल चढ्दा प्रमोद शर्माले गोरखा मनकामनाकै केबल कारको झझल्को आएको सुनाए।
यान्त्रिक पुलमा दैनिक ८ सय यात्रु 

पर्वत कुश्मादेखि बाग्लुङ नारायणस्थान ढिकसम्म कालिगण्डकी नदीमाथि निर्मित यान्त्रिक पुलमा यात्रा गर्नेको भिड लागेको छ। एक साताअघि सुरु पुलमा दिनहुँ सात/आठ सयजनाले यात्रा गरेको कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
 
'पहिलो दिनदेखि नै निकै आवतजावत गर्नेको निकै चाप छ,' श्रेष्ठले भने। करिब पाँच करोडको लागतमा पुल निर्माण भएको हो। दुवैतर्फ खम्बा गाडेर ५ सय ५० मिटर लामा छवटा फलामका लट्ठा टाँगेर यात्रुबाहक डब्बा राखी पुल बनाइएको हो। एउटा डब्बामा एकपटकमा आठजना गरी दुइटामा १६ जना यात्रु बस्न सक्ने पुलका अपरेटर बोधराज गिरीले बताए।
एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको कम्पनीका अध्यक्ष गणेश पाठकले जानकारी दिए। यान्त्रिक पुलमा कुश्माबाट बलेवा पुग्न १० मिनेट लाग्छ। हिँड्दा उक्त दुरी पार गर्न डेढ घन्टा लाग्थ्यो।
रोपवे केबल कार प्रालि काठमाडांैको प्राविधिक टोलीले पुल निर्माण गरेको हो। बिजुलीबाट चल्ने पुलमा यात्रुका साथै मालसामानसमेत ढुवानी गर्न सकिन्छ।
पुल निर्माणपछि घुम्न आउनेसँगै बाग्लुङको नारायणस्थान, अमलाचौर, पैयुँपाटा, कुश्मिशेरा, दमेक, सर्कुवा, पैयुँथन्थाप लगायत करिब एक दर्जन गाविसका स्थानीय लाभान्वित हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए। 'पुल निर्माणसँगै पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्ने भएको छ,' कर्माचार्यले भने।
पुल निर्माणले पर्यटन तथा व्यापारमा सघाउने विश्वास स्थानीयले गरेका छन्। वर्षाैंदेखि बन्द बलेवा विमानस्थल सञ्चालनमा ल्याउनसमेत सघाउ पुग्ने स्थानीयको विश्वास छ। बलेवासम्म सिधा सवारी सञ्चालन नभएकाले हिँडेर जान टाढा पर्ने भएकाले विमानस्थल बन्द भएको थियो।
पुलमा एकजनाले यात्रा गरेको ५० रुपैयाँ लाग्छ। सार्क पर्यटकलाई ३ सय रुपैयाँ र तेस्रो मुलुककालाई ७ डलर रुपैयाँ लिने गरेको छ। तीन वर्षभन्दा तलको बालबालिकालाई निःशुल्क र १० वर्षमुनिकालाई २५ प्रतिशत छुट दिएको कम्पनीले जनाएको छ। पुलमा यात्रा गर्दा पाँच किलोसम्मको सामान लैजान छुट छ। यान्त्रिक पुल चढ्दा प्रमोद शर्माले गोरखा मनकामनाकै केबल कारको झझल्को आएको सुनाए।

Tuesday, March 12, 2013

कुश्मा–बलेवा जोड्ने यान्त्रिक पुल


पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिण क्षेत्र जोड्न यान्त्रिक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । उद्योग बाणिज्य संघ पर्वतको पहलमा निर्माण गर्न लागिएको यान्त्रिक पुलको रोपवे केवलकार प्रालिको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरेको हो । सदरमुकाम कुश्माबजारस्थित लोकतान्त्रिक चोक नजिकै गोपाङ्गघाट गुम्वादेखि बलेवाको नारायणस्थान गाविसस्थित एयरपोर्ट नजिकै जोडिने भएको छ । केवलकार मोडलको उक्त यान्त्रिक पुलको लम्वाई ४ सय ८७ मिटर हुने छ । पुलका लागि २ करोड ५० लाख रुपैया लाग्ने इन्जिनियर गुणराज ढकालले जानकारी दिनुभयो । यान्त्रिक पुल निर्माण भएमा तीन मिनेटमै कुश्माबाट बाग्लुङको बलेवासम्म पुग्न सकिन्छ । लामो समयदेखि झोलुङ्गे पुल निर्माणको तयारी भएपनि लामो दुरी भएकाले सम्भव नभएपछि यान्त्रिक पुलको अवधारणा आएको हो ।

स्रोत:
http://imagechannels.com/samachar/thap_janakari/12260
Published: 13th of March 2012 12:11 AM

देशकै पहिलो यान्त्रिक पुल

देशकै पहिलो यान्त्रिक पुल

कोत्रे-पुणिटार यान्त्रिक पुल नेपालकै पहिलो यान्त्रिक पुल मानिन्छ ।[१] तनहुँ जिल्लाको दुलेगौंडा गाविस वडा नम्बर २ मा रहेको कोत्रेबाट कास्की जिल्लाको भरत पोखरी गाविस वडा नम्बर १ मा रहेको पुणिटार जोड्ने यो पुल सेती नदीमाथि निर्माण गरिएको हो । करिब ५५ लाख रुपियामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा काँच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको यस पुलमा एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिन्छ । पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्न सक्छ ।

कोत्रे-पुणिटार यान्त्रिक पुल

नेपाली विकिपीडियाबाट   कोत्रे-पुणिटार यान्त्रिक पुल नेपालकै पहिलो यान्त्रिक पुल मानिन्छ ।[१] तनहुँ जिल्लाको दुलेगौंडा गाविस वडा नम्बर २ मा रहेको कोत्रेबाट कास्की जिल्लाको भरत पोखरी गाविस वडा नम्बर १ मा रहेको पुणिटार जोड्ने यो पुल सेती नदीमाथि निर्माण गरिएको हो । करिब ५५ लाख रुपियामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा काँच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको यस पुलमा एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिन्छ । पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्न सक्छ ।

सन्दर्भ सामाग्रीहरू

  1. देशकै पहिलो यान्त्रिक पुल
कोत्रे (तनहूँ), असार १८ गते । नेपालमै पहिलोपटक दुई जिल्ला जोड्ने यान्त्रिक पुल निर्माण गरिएको छ । तनहुको सदरमुकाम दमौलीबाट करिब ३१ किलोमिटर पश्चिम पृथ्वी राजमार्गसागै रहेको दुलेगौडा-२ कोत्रे र कास्कीको भरतपोखरी-१ पुणीटार जोड्ने पुल स्थानीय बासिन्दाको सक्रियतामा निर्माण भएको हो ।

ग्रिड नेपाल,  रोपवे नेपाल प्रा.लि. (इन्टि्रग्रेटेड टेक्नोलोजी डेभलोपमेन्ट नेपालले) उक्त पुल निर्माणका लागि सहयोग गरेको  गरेको थियो । करिब ५५ लाख रुपियाामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । ५२० मिटर लामो सेती नदीमाथिको यस पुलबाट भरपोखरी-१ पुणीटार र कोत्रेका गरी करिब पााच सय घरका तीन हजार बासिन्दा लाभान्वित भएका छन् ।

पुल बन्नुभन्दा अगाडि पुणीटार र कोत्रेवासीलाई एकअर्काको ठाउामा अवतजावत गर्नुपरेमा करिब दुई घन्टा घुमेर कास्कीको तल्लो गगनगौाडा वा तनहुाको दुलेगौाडाबाट जानुपर्ने बाध्यता रहेको स्थानीयवासीहरू बताउाछन् । पुणीटारको पुलसम्म आफन्तलाई छोड्नु आउनुभएकी चिनमाया थापा पुल बनेपछि ८ मिनेटमै वारि पारी गर्न पाउादा सजिलो भएको बताउनुहुन्छ ।

हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा कााच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको छ सो पुल एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिने र पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्नसक्ने सो यान्त्रिक पुल उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र खनालले बताउनुभयो ।

बिहान करिब ७ बजेदेखि दैनिक सञ्चालनमा आउने यस पुलमा हाल दैनिक करिब एक सय जना वारपार गर्ने पुलका प्राविधिक लोकनाथ खनालले जानकारी गराउनुभयो । हाल पुलमार्फत आवतजावत गरेबापत उपभोक्ता समितिले स्थानीय बासिन्दासाग दस रुपियाा र अन्यसाग तीस रुपियाा सेवा शुल्क लिने गरेको प्राविधिक खनालले जानकारी गराउनुभयो ।

सो पुल निर्माणमा स्थानीय कोत्रेवासी सबैले चन्दा सहयोग गरेका थिए भने पुणीटारवासीले सामुदायिक वनको काठ बेचेर पैसा जम्मा गरेका र श्रमदान पनि गरेको उपभोक्ता समितिका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

पुल निर्माण सम्पन्न गराउनका लागि 'लौन अब केही गरौा' कार्यक्रमको १४ लाख, स्थानीय बासिन्दाको करिब पााच लाख, दुलेगौाडा गाविसको ६५ हजार, सांसद क्षेत्र विकास कोषको तीस हजार आर्थिक सहयोग उपलब्ध भएको जानकारीसमेत अध्यक्ष खनालले दिनुभयो । साथै उहााले जिल्ला विकास समिति तनहुा र कास्कीको सिफारिसमा करिब १२ लाख बराबरको पुलको लठ्ठा सस्पेन्सन बि्रज डिभिजन कार्यालय काठमाडौाले निःशुल्क उपलब्ध गराएको बताउनुभयो ।

मेट्रो रेल निर्माण गर्न डिपिआर तयार हुदैँ

काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण हुने भएको छ ।  उपत्याकामा बढ्दो अव्यवस्थित सवारी चाप व्यवस्थित गर्न मेट्रो रेल निर्माण गर्न लागिएको हो ।
नेपाल मेट्रो कम्पनी र कोरियन कम्पनीले मेट्रोको रेल निर्माणको जिम्मेवारी दिने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।  २ महिनाभित्र डिपिआर तयार भइसक्ने उहाँले जानकारी दिनुभयो ।  डिपिआरको जिम्मा नेपाल मेटो कम्पनी र कोरियन कम्पनीलाई दिइसकेको उहाँले जानकारी दिनुभयो ।   उपत्यकाको सवारी चापलाई व्यवस्थित गर्न  सरकारले मेट्रो रेलको अवधारणा ल्याएको हो । दुई कम्पनीले तयार पारेको डिपिआरको प्रस्तावका आधारमा मेटो रेल निर्माण गर्ने जिम्मा दिनसक्ने अथवा नदिने भन्ने मन्त्रालयले निर्णय गर्ने छ । मेट्रो रेल निर्माणका लागि सरकारले लगानी बिकास बोर्डमार्फत आफ्ना काम तीर्वरुपमा अघि बढाएको छ ।
उपत्याको बढ्दो तथा अव्यवस्थित सवारी जामलाई नियन्त्रण गर्न  सरकारले मेटो रेलको अवधारणा ल्याएको हो । टाफिक जामलाई नियन्त्रण गर्न मेटो रेल आवश्यक भइसकेको सरोकारवालाहरुको भनाइ छ ।
‘सरकारले मेट्रो रेललाई उच्च प्राथमिकतासाथ हेरेको छ, यसलाई छिट्टै पूरा गर्ने हाम्रो सोच छ’ सचिव सिटौलाले भन्नभुयो । सचिव सिटौलाका अनुसार मेट्रो रेलको संभावित अध्ययन भइसकेको छ । संभावित अध्ययनअनुसार काठमाडौंमा मेट्रो रेल निर्माण गर्न ३ खर्ब ७५ अर्ब लाग्ने अनुमान छ । डिपिआर आए पश्चात निर्माणको काम शुरु हुन्छ । उक्त कम्नपीलाई निर्माणको जिम्मा दिने कि नदिने भन्नेबारेमा उनीहरुको प्रस्तावका आधारमा भर पर्ने सचिव सिटौलाले बताउनुभयो ।
मन्त्रालयका अनुसार कलकीं सातदोबाटो, चाबहिल, कलकीं २६ दशमलव ३ किलोमिटरको हुने छ । त्यस्तै कलकीं सिनामंगलको ९ दशमलव ३ किलोमिटरको लाइन २, कोटेश्वर गोंगबु,को ९ दशमलव ४ किलोमिटरको लाइन हुनेछ । त्यस्तै लाइइन ४मा सातदोबाटो नारायणगोपालचोक ११ दशमलव ५ किलोमिटर र बल्खुदेखि चाबहिलको ८ दशमलव ४ किलोेमिटको मेटो रेल निर्माण गरिने भएको छ ।
कम्पनीलाई फागुनभित्र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न मन्त्रालयले जिम्मेवारी दिएको छ । छिट्टै काम शुरु गर्ने उद्देश्यले कामकारवाही अघि बढाइएको सचिव सिटौलाले बताए । काठमाडौंमा दैनिक लाखौँ मोटरसाइकल तथा सवारी साधान गुड्ने गरेका छन् । मेटो रेल शुरु हुनासाथ उपत्यकाको सवारी चाव स्वतः न्यून हुने सरकारको अनुमान छ ।  
७५ किलोमिटर लामो  मेट्रो रेलमार्गको डीपीआर अध्ययनका लागि मात्र  ८० करोड खर्च लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।  सम्झौता भएको १ वर्षभिभत्र कम्पनीले डीपीआरको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने प्रावधान छ ।
१ किलोमिटर रेलमार्ग निर्माणका लागि करीब ५ अर्ब खर्च सरकारी अनुमान छ ।  महंगो भए पनि सरकारले सार्वजनिक निजी साझेदारीमार्फत मेटो रेल निर्माण गर्न लागेको हो । निर्माण कार्य कति वर्षभित्र पूरा हुन्छ भन्नेबारे डीपीआर तयार भएपछि मात्र थाहा हुने मन्त्रालयले जानकारी दिएको छ । 

लोडसेडिङको मारमा विद्युतीय परिवहन

 नेपालमा खनिज इन्धनको खानी छैन । हामीले बर्सेनि राष्ट्रिय आम्दानीको ठूलो हिस्सा विदेशबाट पेट्रोलियम पदार्थ मगाइ काम चलाउनुपर्ने बाध्यता छ । एक आधिकारिक जानकारीअनुसार विदेशबाट महँगोमा तेल किनी सस्तोमा बेच्दा मुलुकले मासिक ४२ करोड घाटा बेहोर्नुपरिरहेको छ । त्यति भइकन पनि मुलुकमा पेट्रोलियम पदार्थको अभाव त्यसपछि मूल्यवृद्धि र मूल्यवृद्धिलगत्तै केही हप्ता वा महिना बजारमा इन्धन सुलभजस्तो देखिने अनि फेरि केही महिनापछि यो वा त्यो कारण देखाई बजारमा अभावको ढोली पिट्ने अनि ‘बाध्यतावश मूल्य समायोजन गर्नुपरेको’ भन्दै मूल्यवृद्धि गर्ने नेपाल सरकार र विशेष गरी नेपाल राज्यभर पेट्रोलियम पदार्थको आपूर्ति र वितरणसम्बन्धी एकाधिकार बोकेर बसेको नेपाल आयल निगमको लागि अब केटाकेटीले गुच्चा खेल्नेजस्तो भइसकेको छ । विगतको उदाहरण के दिनुप¥यो र ? अहिले नै पनि बजारमा यस्तो स्थिति सिर्जना भइरहेको छ ।
त्यसमाथि यस्तो खनिज इन्धन वा पेट्रोलियम पदार्थ बाल्दाखेरी निस्कने धूवाँका कारण हामीलाई फोक्सोको क्यान्सर, स्वासप्रश्वास, मुटु आदिजस्ता गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने कुरा अध्ययनबाटै पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनबाट प्रकाशित एक बुलेटिनअनुसार वायु प्रदूषणका कारण विश्वभर प्रत्यक वर्ष अकाल मृत्यु हुने व्यक्तिहरूको संख्या ८ लाख छ ।  नेपालमा मात्र वायु प्रदूषणका कारण बर्सेनि १ लाख ६० हजार व्यक्तिको अकाल मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ । यसका लागि प्रदूषण पनि नगर्ने र स्वदेशमै उत्पादन हुन सक्ने स्वच्छ विद्युत ऊर्जाबाट चल्ने विद्युतीय परिवहन एउटा भरपर्दो र प्रभावकारी विकल्प हुन सक्छ । अहिले राजधानीका सडकहरूमा लगभग ७ सयवटा सफा टेम्पो गुडिरहेका छन्, जुन सफा टेम्पोहरू विजुलीबाट चार्ज गर्न सकिने ब्याट्रीहरूको मद्दतले गुड्ने गर्छन् । र, रमाइलो कुरा के छ भने यी सबै टेम्पोहरू बकाइदा स्वदेशमै निर्माण गरिएका हुन् ।
त्यस्तै चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा ०३२ सालमा नेपालमा पहिलो पटक ट्रली बस सेवा सञ्चालनमा ल्याइएको थियो । ट्रलीबस विद्युत्बाट चल्ने र धुवाँ नफाल्ने भएको हुँदा वातावरणीय सन्तुलनका दृष्टिकोणले पनि यो सेवा उपयोगी नै थियो, तर ०५८ सालमा आएर आर्थिक अभावका कारण देखाउँदै सरकारले यो सेवा बन्द ग¥यो । त्यसपछि फेरि ०६० सालमा काठमाडौं महानगरपालिका, भक्तपुर र ठिमी नगरपालिकाको संयुक्त प्रयासमा त्रिपुरेश्वरदेखि कोटेश्वर रुटसम्म मात्र चल्ने गरी सञ्चालनमा त ल्याइयो तर फेरि पछि ०६५ सालमा आएर महानगरपालिका बोर्डको निर्णय भन्दै यो सेवालाई पूर्ण रूपमा बन्द गरियो । चीन सरकारले उपलव्ध गराएको कुल ३२ वटा ट्रलीबसमा प्रति बसको मूल्य त्यतिखेरै ४२ लाख रुपैयाँ पथ्र्यो । ती बसहरू अहिले अस्थिपन्जरको रुपमा कार्यालय बाहिरै थन्किएर रहेका छन् । बस सेवा बन्द भएपछि त्रिपुरेश्वरदेखि तीनकुनेसमम बाँकी रहेका ट्रलीका लिकमा रहेका तार पनि चोरी भएर सकिएका छन् भने पोलहरू पनि तीनकुने सूर्यविनायक सडक विस्तारको क्रममा उखेलेर अहिले भक्तपुरको सल्लाघारीमा त्यत्तिकै बेवारिसे अवस्थामा थुपारेर राखिएको छ । जबकि त्यो पोलको मूल्य पनि  प्रति थान १ लाख रुपैयाँ पर्न आउँछ ।
वास्तवमा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा ट्रलीबस, इलेक्ट्रोनिक ट्रेन, रोपवे तथा केबुलकार स्ता विद्युतीय परिवहनमा ग्राह्यता दिनु आवश्यक मात्र होइन, अपरिहार्य नै देखिन्छ । खासगरी यस्ता परिवहनले आयातित खनीज इन्धनको प्रयोग घटाउने तथा घरेलु ऊर्जाको प्रयोगमा प्रोत्साहन दिने भएकाले पनि हाम्रो जस्तो मुलुकको लागि उपयुक्त हुने देखिन्छ । त्यसैले वायु प्रदूषण कम गर्दै वातावरणीय सन्तुलन कायम राख्नसमेत विद्युतीय परिवहनमा जोड दिनु आवश्यक छ, तर यसका लागि सरकारले विद्युमान लोडसेडिङको समस्या न्यूनीकरण गर्दै विद्युतीय विकासमा कुनै राजनीतिक स्वार्थ वा पूर्वाग्रह नराखी इमानदारीपूर्वक कदम चाल्नु भने नितान्त जरुरी देखिन्छ । अहिले नेपाली जनताले दैनिक १४ घण्टाको दरले लोडसेडिङको मार खेपिरहेका छन् र आउँदा दिनहरूमा यो अवधि बढेर दैनिक १७–१८ घण्टासम्म लोडसेडिङ हुनसक्छ भन्ने खालको टिप्पणी सरकारको जिम्मवार निकायहरूबाटै निसंकोच आइरहेको छ । त्यसैले यसको लागि सरकारले झारो टराइको नीति अबलम्बन गर्नुभन्दा निजी क्षेत्रको सहयोग र साझेदारीमा उपलव्ध स्वदेशी स्रोत–साधनको अधिकतम उपयोग गर्दै विद्युतीय आयोजनाहरू सम्पन्न गरी विद्यमान लोडसेडिङको कहालीलाग्दो समस्याको दीर्घकालीन समाधान खोज्नु वाञ्छनीय हुने सरोकारवालाहरूको भनाइ छ ।

विद्युतीय परिवहनको फाइदाबारे भन्नुपर्दा सर्वप्रथम त यसबाट धूवाँ ननिस्कने हुँदा वायु प्रदूषण हुन पाउँदैन । साथै कम आवाज निस्कने हुनाले ध्वनि प्रदूषण पनि कम हुन्छ । खासगरी कम दूरी र साँघुरा बाटाहरूको बाहुल्य रहेको काठमाडौं उपत्यकाका लागि यो एकदमै उपयुक्त मानिएको छ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसका ब्याट्रीहरू पुनः रिचार्ज गर्न सकिन्छ र  स्वेदशमै उत्पादित विजुली खपत हुने भएकाले विदेशबाट महँगो इन्धन मगाउनु आवश्यक पर्दैन । जसले गर्दा यसको आयातमा खर्च हुने ठूलो धनराशी अन्य महत्वपूर्ण विकास परियोजनाहरूमा लगाउन सकिन्छ । त्यति मात्र नभई विद्युतीय सवारी साधनहरू स्वदेशमै उत्पादन गरिने भएकाले यसले देशभित्र उद्योग र रोजगारीको सिर्जना गर्न पनि यथोचित मद्दत पु¥याउन सक्छ ।
विद्युतीय परिवहनसम्बन्धी पर्याप्त जानकारीको अभाव, यसका फाइदाबारे नीति नियम तथा सहुलियतको कमी अनि विद्यमान लोडसेडिङको टीठलाग्दो समस्याले गर्दा विद्युतीय परिवहनले सोचेजति गति लिन सकिरहेको छैन । प्राप्त जानकारीअनुसार परिवहनमा प्रयोग हुने विद्युतीय ब्याट्री लगातारको लोडसेडिङको कारण चार्ज गर्न नपाउँदा सिंगो सफा टेम्पो व्यवसाय अहिले संकटमा परिरहेको छ । जबकि आर्थिक हिसाबले यस्ता सफा टेम्पो व्यवसाय र ब्याट्री चार्ज गर्ने कम्पनीहरूमा रु. २ अर्बभन्दा पनि बढी लगानी भइसकेको र ब्याट्री चार्ज गर्ने यस्ता कम्पनीको संख्या मात्र ३२ रहेको बताइएको छ । लोडसेडिङ नहुँदा दैनिक रु. ७ सयसम्म कमाइ गर्ने सफा टेम्पो चालकहरू अहिले दैनिक रु. ५० वा १०० मा सीमित रहनुपरेको छ । यसले गर्दा आप्mनो दैनिक गुजारा गर्नसमेत धौधौ परिरहेको उनीहरूको गुनासो छ । फेरि यस्ता सफा टेम्पो चालकहरूमध्ये पनि झन्डै ३ सयजति त महिला चालकहरू नै रहेका छन् ।
तसर्थ विद्युतीय परिवहन विकासका लागि सरकार वा सम्बद्ध निकायबाट केही ठोस कदमहरू चाल्नुपर्ने खाँचो देखिएको छ । यसका लागि प्रदूषण गर्ने सवारी साधनहरूमा थप वातावरणीय कर लगाई त्यसबाट विद्युतीय सवारी साधनहरूलाई सहुलियत प्रदान गर्ने अनि पुराना सवारी साधनहरूलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गरी चलाउन आवश्यक नीति नियम तत्काल  लागू गर्नुपर्ने देखिन्छ । यसका लागि प्राविधिक र अन्य कठिनाइहरू भए त्यसको निराकरणका लागि पनि सम्बन्धित सरोकारवालाहरूको सल्लाह र सहयोगमा सरकारले यथोचित उपायहरू अवलम्बन गर्नुपर्छ । यसका अतिरिक्त राजधानी काठमाडौंलगायत राज्यका अन्य सहरहरूमा विद्युतीय परिवहन र मेट्रो टेन सञ्चालन र विस्तारका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । मुख्य कुरा सरकारले विद्युतीय परिवहन प्रवद्र्धन र विकासका लागि विद्युतीय परिवहन नीति जतिसक्दो चाँडो ल्याउनु आवश्यक छ ।   


 (लेखक, नास्टका प्रवद्र्धन अधिकृत हुन् ।)

Friday, March 1, 2013

यो केवल कार हैन, त्यसो भए के हो?

माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको कोत्रेबाट कास्की जिल्लाको भरतपोखरी गाविसको पूँडीटारमा सेती नदीमाथि ५२० मिटरको लम्बाइ र २५ मिटरको उचाइमा दुई वर्षदेखि यो सञ्चालनमा छ। अरु ठाउँमा पनि यस्तो पुल बन्ने क्रममा छ। थप जानकारी दिँदैछन् ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल) का अध्यक्ष गुणराज ढकाल।

http://www.mysansar.com/2013/02/4042/#more-4042


यो केवल कार हैन, त्यसो भए के हो?


माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको कोत्रेबाट कास्की जिल्लाको भरतपोखरी गाविसको पूँडीटारमा सेती नदीमाथि ५२० मिटरको लम्बाइ र २५ मिटरको उचाइमा दुई वर्षदेखि यो सञ्चालनमा छ। अरु ठाउँमा पनि यस्तो पुल बन्ने क्रममा छ। थप जानकारी दिँदैछन् ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल) का अध्यक्ष गुणराज ढकाल।

-गुणराज ढकाल-

यो यान्त्रिक पुल विश्व बैंकको सहयोगार्थ नेपाल विकास बजार मञ्चले द्वन्द्व प्रभावित क्षेत्रहरुको गरिवी निवारणको लागि उपयुक्त प्रस्ताव “लौन अब त केही गरौ” नारासँगै आयोजना गरेको देशव्यापी प्रतियोगितामा उत्कृष्ट ठहरिएको परियोजना हो। तनहुँबाहेक गरिबी निवारण कोष तथा स्थानीय पहलमा सिन्धुली जिल्लाको टाँडी गा. वि. स. अन्तर्गत धनसरी र उदयपुर जिल्लाको त्रिवेणी गा. वि. स. अन्र्तगत वेलसोत बीच कमला नदीमाथि ६३५ मी लामो यान्त्रिक पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।
विदेशी उच्च प्रविधि आँफैमा अत्यन्त महँगा हुन्छन्। त्यसैले नेपालको दिगो विकासका लागि उपयुक्त प्रविधिहरुको खोज, अनुसन्धान तथा पहिचान गरि पूर्वाधार प्रविधिहरुको विकास लाई प्रमुख प्राथमिकता दिनु पर्छ। परम्परागत प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको स्थानीय मान्यतालाई कायमराख्दै अन्तराष्ट्रिय मापदन्डसम्म पु¥याउनु पर्दछ।
असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भू–भाग पहाडै पहाडले ढाकेको छ। तिनै पहाडहरुको खोचमा अवस्थित करीव ६,००० को संख्यामा रहेका नदीनालाको उपस्थिति का कारण आज हाम्रो देश विश्वसामु तुलनात्मक रुपमा जलसम्पदाको धनी देशको रुपमा चिनिएको छ। तर तिनै नदीनालाको उपस्थिति दुर्गम पहाडी भेगमा बसोबास गर्ने किसानहरुका लागि चाहि अभिशाप बन्न पुगेको छ। किनभने नदीको अर्को किनारमा रहेको बजार क्षेत्र वा सडकसम्म पुग्न केवल पाँच मिनेट लाग्ने बाटोलाई पनि तिनै खोलानालाको कारण वैकल्पिक बाटोको रुपमा २–३ घण्टाभन्दा बढी हिंड्नुपर्ने बाध्यता रहेको छ। साथै शिक्षा, स्वास्थ्य, रोजगार समेतबाट बन्चित बन्नुपर्दा उनीहरुको जीवन कष्टमय बन्दै गएको छ।
स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिबाट संचालन भई दुर्गम पहाडी भेगका किसानहरुलाई व्यापारीहरु सँग सम्पर्कमा आउन, उनीहरुका कृषिउत्पादन वेचविखनलाई प्राथमिकता दिन, उनीहरु नदी पारीको गाँउ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वन्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गैरहेको विद्युत शक्तिको प्रयोगबाट संचालन हुने परम्परागत तुईन घिर्लीङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत शक्तिबाट संचालन हुने खोला तर्ने नयाँ प्रविधिको रुपमा मेकानाईज्ड वृज (Mechanized Bridge) अर्थात् यान्त्रिक पुलको विकास गरिएको हो। माथिका दुवै आयोजनाहरु ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल), र एकिकृत प्रविधि विकास नेपाल ललितपुरको नेतृत्व, पहल, डिजाइन, उत्पादनमा जडित छन्।
कसरी काम गर्छ त ?
मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित (Bi-Cable Bi-Directional) रोप वे हो। स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो। साथै डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ। विद्युत्शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ। नियन्त्रण इकाइ (Control Panel) बाट स्विच दवाए पछि २५ अश्व शक्तिको (Horse Power, HP) मोर्टारले फित्ता (Belt) को सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्का (Sheave) लाई तेर्सो पारि गाँसिएको हुन्छ। यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ। अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम (Clutch system) र ब्रेक सिस्टम (Break System) को पनि व्यवस्था गरिएको हुन्छ। यात्री बस्ने कोक्रो (Trolley) रोक्नको लागी प्लेटफर्म र ड्रााइभ सचेतक (Sensor) को ब्यवस्था गरिएको हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ। ड्राइभ टर्मिनल (Drive terminal) बाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ। ट्रलीको माथिल्लो भाग लचकदार जोर्नी (Universal Joint or Ball and Socket Joint) को सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ।
अप्रेटर तथा सर्वसाधारण यात्रुहरुलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरुको समेत ब्यवस्था गरिएको हुन्छ , विश्वब्यापी यातायात सुचकहरुका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ। मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन।
परम्परागत साधन तुइन÷घिलीङ्ग, प्रयोग गर्दै वारीपारी गर्नुपर्ने वाध्यताबाट मुक्ति दिने यो साधन भिराला पहाडहरुमा प्रयोग गर्न सकिन्छ। यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत संचालन हुन्छ जहाँ दिवा समयमा विद्युत शक्ति खपत गर्न नसकेर खेर गैरहेको हुन्छ। नेपाली प्राविधिकहरुद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनताकै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ।
परम्परागत रुपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरु ३५० मीटरभन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन्। तर यो मेकानाइज्ड बृज १,५०० मीटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ।

टिकाउपन
मागका आधारमा संचालित कार्यक्रम भएकोले समुदायमा आफ्नोपनाको भावना जागृत गराई योजना बनाउने कार्यदेखि नै समुदायको सहभागिता हुने हुँदा उनीहरु त्यसको उचित व्यवस्थापन गर्न सक्षम हुने विश्वास लिइएको छ। उनीहरुलाई सामान्य तालिम प्रदान गरे पछि मर्मत तथा संभारको लागि पनि सक्षम हुनेछन्।
मेकानाइज्ड वृजको प्रयोग गरी नदी वारपार गरे वापत यात्रुले समुदायले निर्धारण गरेको शुल्क तिर्ने हुँदा उक्त रकमले मर्मत संभार गर्न तथा आवश्यक पर्ने पाटपुर्जा, मेसिन फेर्न समेत समुदाय सक्षम हुने देखिन्छ। त्यसबाट पनि बचत भएको पैसा उनीहरुले आलोपालो गरी आय आर्जनका कृयाकलापहरु जस्तै तरकारी खेती, बाख्रापालन, कुखुरापालन, अदुवा खेती, भैंसीपालन, इत्यादिका लागि सस्तो ब्याजमा ऋण प्रवाह गरी गरीब किसानहरुको जीवनस्तर समेत अभिवृद्धि गर्न सक्छन्।
ग्रामीण जनजीवनको जीवनस्तर अभिवृद्धि गर्ने अभिप्रायले निर्माण गरिने यस मेकानाइज्ड वृजका कारण ग्रामीण जनताहरु, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि उत्पादन समयमै बजारमा पु¥याई बेचविखन इत्यादि कुरामा सघाउ पुग्ने भएकाले दीर्घकालसम्म दिगो रुपमा संचालन गर्न समुदाय स्वयं सक्रिय हुनेछ।
उपभोक्ता स्वयं लगानीकर्ता भएकोले परियोजनाको प्रत्येक चरणमा उनीहरुको सहभागिता हुन्छ। परियोजनाबाट प्राप्त प्रतिफलमा उनीहरुकै हक हुन्छ। त्यसैले उनीहरु परियोजना सञ्चालनमा हरबखत लागि पर्दछन्।
नेपाली प्राविधिकहरुकै सक्रिय पहलमा उनीहरुकै डिजाइनबमोजिम बनेको प्रविधि भएकोले प्राविधिक समस्या आइहालेमा तुरुन्तै सम्पर्क गरी मर्मत तथा सम्भार गर्न सकिने, यी प्रविधिहरूको पार्टपुर्जाहरु नेपालभित्रै नेपाली प्राविधिकले निर्माण गरेको हुनाले स्थानीय कारखानाहरुमै सम्पूर्ण पार्टपुर्जा उपलब्ध हुने यी प्रविधिहरू नेपालको आफ्नै मौलिक उत्पादन हुन्
अनुकरणीयता
नेपाल जस्तो पहाडी जटिल धरातल भएको क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नका लागि तुइन, घिर्लिङ आदिको सट्टा मेकानाइज्ड बृजको अत्याधिक संभावना देखिन्छ। मेकानाइज्ड ब्रिजको सफलतासँगै स्थानीय रोपवेको स्थापना हुने भएकोले गाउँ तथा बेसीसम्म जानका लागि पनि स्थानीय रोपवेहरु प्रयोग हुनेछन् जसले गर्दा मेकानाइज्ड बृजले नेपालमा रोपवे स्थापना तथा संचालन गर्न कोशे ढुङ्गाका रुपमा महत्वपूर्ण भूमिका खेल्नेछ।
देशको कुना काप्चामा छरिएर रहेका आन्तरिक स्रोत साधन प्रविधि र जनशक्तिको परिचालन नगरी पूर्णरुपमा वैदेशिक सहयोगको आशा र भरोसा गर्दा देश विकासको नाममा जतिसुकै ठूलो रकम भित्रिए पनि जति नै ठूलो प्रविधि भित्रिए पनि यसको उचित व्यवस्थापन, विनियोजन र आर्थिक अनुशासनको अभावले गर्दा ग्रामीण विकास ओझेलमा पर्न जान्छ अनि विकास प्रक्रिया केवल कागजी प्रतिवेदनमा मात्र सिमित रहन्छ। स्थानीय युवाहरुलाई उद्धमशीलता सम्वन्धी चेतनाको विकास गर्नु पर्छ। युवाहरुलाई ग्रामीण विकासमा व्यापक सहभागी गराउनका लागि लादिएका विकासका क्षणिक नारा र आश्वासन अनि कागजी प्रतिवेदनमा मात्र सिमित राख्न हुदैन उनीहरलाई त योजनाको प्रारम्भीक चरण देखि प्रत्यक्ष सहभागी गराई निति नीर्माण देखि योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदिमा स्थानीय स्तरमा उपलव्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालनको रणनिति अनुरुप विकास प्रक्रिया प्रति युवाहरुलाई उत्तरदायी र जिम्मेवार वनाउनु आजको आवश्यकता हो।


यो केवल कार हैन, त्यसो भए के हो?

  • सम्पुर्ण सुझाब, प्रतिक्रिया, सल्लाह र हार्दिकता प्रदान गर्नुहुने मित्र हरुलाई धेरै धेरै धन्यबाद हामि यहाँहरुको सदभाब र सहकार्य बिना हाम्रो रोपवे अभियान को यात्रा अनिश्चित नै छ, सरकारि तथा गैरसरकारि निकायबाट हामिले खासै उपलब्धिमुकल अपेछ्या गरेका छैनैा सामान्य प्रबर्दन बाहेक, त्यसैले निजि छेत्र बाट नै व्यबस्थापन हुने गरि लैजान खोजेका छैा, पर्बत को कुश्मा देखि बलेवा जाने यान्त्रिक पुल यसको नमुना हो……त्यसैले हामिले अबको यात्रा निजि छेत्र सँगको सहकार्यलाई बढि महत्व का साथ अघि बढ्दै ब्यबसायिक बनाउदै लैजाने, बिदेशि उच्च प्रबिधि सँग सहयात्रा गर्ने सोच बनाई रहेका छैा…
    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
  • Prakash
    ओहो गोविन्द प्यासीजी बहुत राम्रो कुरा गर्नु भो | साच्चै, कसैले नेपालमा यो यो कुराको सम्भावना छ, वा फलानो ठाउमा खेति योग्य जमिन छ, वा पशु पालनकोलागि योग्य छ आदि आदि कुराहरु समेटेर एउटा blog नै संचालनमा ल्यायो भने यसले देशलाइ टेवा दिने माने है मैले त |
    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
  • Bishnu Adhikari
    नेपाल जस्तो पहाडी मुलुकलाई सुहाउदो प्रबिधि हो तर सामान्य गोरु जुधाउने कार्यक्रम मा त राजनीति रुपमा लिने हामी नेपालीहरु भोलि गएर तेही प्रविधिमा संचालित Mechanize bridge माथि राजनीति गरेर एउटा पार्टीको सक्रियतामा पुल बनेमा आर्को पार्टीका मान्छे ले बिगारी दिन के बेर बाँदर को हातमा नरिवल जस्तै
    बिष्णु अधिकारी
    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
  • पहाडमा सडक निर्माण / सम्भारको मुल्यको र यान्त्रिक पुलको विश्लेषण गर्दा यो प्रविधी निकै सस्तो लागत, वातावरण मैत्री, छरितो र नेपालको पहाडी भूभागका लागी दिगो विकासको अाधार हुने देखिन्छ । यस्तो प्रविधी सामुदायिक रूपमा सन्चालन गर्न सकिने र बैकल्पिक उर्जाको स्रोत अर्थात लघुजलविधुत जस्तो ग्रामिण स्तरमा विकास गर्न सकिने प्रविधीले समेत साथ दिनेखालको हुनाले यो प्रविधी अत्यन्त प्रभावकारी देखिन्छ । गुणराजजी यसकालागी धन्यवादका पात्र हुनुहुन्छ ।
    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0
  • विष्णु
    ग्रेटनेपाल प्रालिका संस्थापक तथा ग्रिड नेपाल का अध्यक्ष श्री गुणराज ढकाललाई फेरि एकपटक अभिनन्दन। उहाँलाई व्यक्तिगत तवरले पनि चिनेको र उहाँका असीम योजना, महत्वाकांक्षा, आत्मविश्वास तथा क्रियाकलापलाई नजिकबाट जानेको आधारमा उहाँलाई मैले सच्चा देशपुत्र भन्ने गरेको छु। नेपालको माइक्रोहाडड्रो क्षेत्रमा देन पुर्‍याउनेहरूको सुचीमा पनि उहाँ नछुट्ने नाम हो।
    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0
  • योगेश आदी
    अतित्युम !! न्यूयोर्क शहरमा अहिले पनि “इस्ट रिवर” आवत जावत गर्न ‘ट्राम’ (रोप वे) प्रयोग गरेको देखिन्छ / नेपाल जस्तो भौगोलिक विषमता भएको देशमा यस्ता प्रबिधि कार्यान्वयन आउनु आफैमा बिकाशको ठुलो फड्को हो /
    ग्रिड नेपाल तथा श्री गुणराज ढकालजीलाइ – साधुबाद !!
    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0
  • Satik
    यसलाई भन्छन विकास.
    न कि टुडिखेलको भाषण वा रेडियो टिभीको अन्तर्वार्ता
    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0
  • Gorkhali
    धेरै राम्रो लाग्यो यो योजना अब सके सम्म धेरै गाउ मा पुराउन पायो हुन्थ्यो.. इ तोरीलाहुरे नेता हरुको मुख ताकेर बस्नु भन्दा त हामी सब मिलेर येस्ता प्रोजेक्ट हरु को आफ़ये मिलेर सुरु गर्नी हो भनि देस को बिकाश छिटो हुनी ढेखे है मेले त.. अत्तन्तये राम्रो कम.. “लौन अब त केही गरौ” खुशी लाग्यो यो पढेर!!!
    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0
  • येहाँ उल्लेख गरिएका कुराहरु राम्रा छन् , साचिनै काम पनि हुनेभेये झन् राम्रो हुन्थ्यो / म आसबादी छु र एसको सफलताको कामना गर्दै , येस्मा सम्मिलित सबैको म सरहाना गर्छु/
    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0
  • Prakash
    This is the most viable business in Nepal. How much does it cost?
    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0
  • Sabin
    पर्वतको कुश्मा देखि बाग्लुङ्गको बलेवा सम्म जोड्ने केवल कार संचालनमा आएको छ भन्ने पढेको थिएँ मैले, त्यो सत्य होइन र उमेशजी ?
    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0
  • limbu nYn
    असाध्यै राम्रो; देश गुनाको भेष; नेपालको लागि उपर्युक्त्त
    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0
  • अति राम्रो काम,बिकाश र सहयोग को लागि” लौन अब त केहि गरौ!” तथा बिश्व बैंक लाई धेरै – धेरै धन्यबाद ज्ञापन गर्दछु /
    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0
  • कमल थापा(साउदी अरब)
    देश विकासको लागि दुर्गम पहाडी जिल्लाहरुमा यसको विस्तार अति आवस्यक छ/
    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0
  • Shankar
    विदेश मा स्विच भएका र उनकै इसारामा हिजो बिरता पुर्बक आफ्नै देश को टेलिफोन टावर ,बिकास संरचना धोस्त पार्दै आज सत्ता मा पुगेको र देसै लुटिरहेको एक मात्र महान गणतन्त्र बादी पार्टी मावोबादी र यिनका महान नेता द्वय जस्तै स्विच बाट नै चल्ने यो बिद्दुतीय तुइन भोलि चुनाब भै हाले इतर मावोबादी नेताहरुले मावोबादी चिनाउन पनि प्रयोग हुन् सक्छ |
    तेसैले मावोबादी बाट एस्लाई जोगाउनु जरुरि छ |प्रचण्ड पथ मा यो न परोस ,कामना गरौ |
    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 4
  • स्वयम्भु सौरभ उपासक
    उपत्यका को अनेक दर्शनीय ठाउहरुमा त्यस किसिमको साधन प्रयोग गरि परिक्षण गर्न सकिन्छ. उदाहरण को लागि , फूलचोकी ; जामाच्व , सेतो गुम्बा जस्ता डांडा चढ्न नसक्ने जेष्ठ नागरिकहरुको लागि यसबाट निकै सहुलियत हुने पक्का छ.
    दुर्गम जिल्लाका दुसाध्य र कष्टकर खोलाहरु मा त यसको शिघ्र स्थापना जरूरी नै छ.
    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0
  • RB Ghimire
    ल गजब धन्यबाद गुणराज र सबै टोलीलाई नया कम खर्चिलो प्रबिधि को लागि .
    All the best.
    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0
  • आनन्द
    Heard a good news after do long time.
    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
  • bish
    Nice knowing it.
    नेपाली शब्द को लागि धन्यबाद /
    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0
  • Ramesh Luitel
    निक्कै रमाइलो अनि चित्तबुझ्दो खबर बिहानै पढ्न पाए! माइसन्सारलाइ धन्यबाद! यो काम थाल्ने सम्पुर्ण टीमलाई बधाई अनि शुभकामना. तपाइँ हरुको काम निक्कै उपयोगी र सफल बन्ने छ भने बिस्वास छ !
    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0
  • गोबिन्द प्यासी
    अत्यान्त राम्रो र जानकारी मुलक लेख ! नेपाल मा प्राइभेट जंगल को सम्भावना छ कि छैन ? कस्तो कानुन छ ? कसैले संचालन मा ल्याएको छ कि छैन ? कृपया कसैलाई जानकारी छ भने सेयर गरिदिनहुन अनुरोध गर्दछु !
    उमेश जी लाइ सुझाब : नेपाल मै बसेर केहि गरिरहेका युवा, उनीहरु को ब्यबसाय र उनीहरु को विचार लाइ साप्ताहिक ब्लग बनाइदिनु भयो भने विदेश मा रहेका नेपाली हरु ले पनि देश मा चुपचाप क्रान्ति गरिरहेका हरु को बारेमा थाहा पाउने थिए ! कतिपय विदेश मा रहेका साथि भाई हरु नेपाल मा क्रिसी क्षेत्र मा लगानी गर्ने कुरो गर्छन ! तर उचित व्यक्ति र ठाउँ फेला पर्दैन !एस्ता खाले स्तम्भले उनि हरु लाइ जानकारी हुन्छ ! अनि नेपाल मा सम्भावना भएका तर आर्थिक आधार कम्जोर भएका हरु लाइ पनि आर्थिक आधार भेटिने सम्भावना हुन्छ !
    आगे हजुर को जो मर्जी !