Tuesday, March 12, 2013

देशकै पहिलो यान्त्रिक पुल

देशकै पहिलो यान्त्रिक पुल

कोत्रे-पुणिटार यान्त्रिक पुल नेपालकै पहिलो यान्त्रिक पुल मानिन्छ ।[१] तनहुँ जिल्लाको दुलेगौंडा गाविस वडा नम्बर २ मा रहेको कोत्रेबाट कास्की जिल्लाको भरत पोखरी गाविस वडा नम्बर १ मा रहेको पुणिटार जोड्ने यो पुल सेती नदीमाथि निर्माण गरिएको हो । करिब ५५ लाख रुपियामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा काँच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको यस पुलमा एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिन्छ । पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्न सक्छ ।

कोत्रे-पुणिटार यान्त्रिक पुल

नेपाली विकिपीडियाबाट   कोत्रे-पुणिटार यान्त्रिक पुल नेपालकै पहिलो यान्त्रिक पुल मानिन्छ ।[१] तनहुँ जिल्लाको दुलेगौंडा गाविस वडा नम्बर २ मा रहेको कोत्रेबाट कास्की जिल्लाको भरत पोखरी गाविस वडा नम्बर १ मा रहेको पुणिटार जोड्ने यो पुल सेती नदीमाथि निर्माण गरिएको हो । करिब ५५ लाख रुपियामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा काँच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको यस पुलमा एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिन्छ । पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्न सक्छ ।

सन्दर्भ सामाग्रीहरू

  1. देशकै पहिलो यान्त्रिक पुल
कोत्रे (तनहूँ), असार १८ गते । नेपालमै पहिलोपटक दुई जिल्ला जोड्ने यान्त्रिक पुल निर्माण गरिएको छ । तनहुको सदरमुकाम दमौलीबाट करिब ३१ किलोमिटर पश्चिम पृथ्वी राजमार्गसागै रहेको दुलेगौडा-२ कोत्रे र कास्कीको भरतपोखरी-१ पुणीटार जोड्ने पुल स्थानीय बासिन्दाको सक्रियतामा निर्माण भएको हो ।

ग्रिड नेपाल,  रोपवे नेपाल प्रा.लि. (इन्टि्रग्रेटेड टेक्नोलोजी डेभलोपमेन्ट नेपालले) उक्त पुल निर्माणका लागि सहयोग गरेको  गरेको थियो । करिब ५५ लाख रुपियाामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । ५२० मिटर लामो सेती नदीमाथिको यस पुलबाट भरपोखरी-१ पुणीटार र कोत्रेका गरी करिब पााच सय घरका तीन हजार बासिन्दा लाभान्वित भएका छन् ।

पुल बन्नुभन्दा अगाडि पुणीटार र कोत्रेवासीलाई एकअर्काको ठाउामा अवतजावत गर्नुपरेमा करिब दुई घन्टा घुमेर कास्कीको तल्लो गगनगौाडा वा तनहुाको दुलेगौाडाबाट जानुपर्ने बाध्यता रहेको स्थानीयवासीहरू बताउाछन् । पुणीटारको पुलसम्म आफन्तलाई छोड्नु आउनुभएकी चिनमाया थापा पुल बनेपछि ८ मिनेटमै वारि पारी गर्न पाउादा सजिलो भएको बताउनुहुन्छ ।

हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा कााच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको छ सो पुल एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिने र पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्नसक्ने सो यान्त्रिक पुल उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र खनालले बताउनुभयो ।

बिहान करिब ७ बजेदेखि दैनिक सञ्चालनमा आउने यस पुलमा हाल दैनिक करिब एक सय जना वारपार गर्ने पुलका प्राविधिक लोकनाथ खनालले जानकारी गराउनुभयो । हाल पुलमार्फत आवतजावत गरेबापत उपभोक्ता समितिले स्थानीय बासिन्दासाग दस रुपियाा र अन्यसाग तीस रुपियाा सेवा शुल्क लिने गरेको प्राविधिक खनालले जानकारी गराउनुभयो ।

सो पुल निर्माणमा स्थानीय कोत्रेवासी सबैले चन्दा सहयोग गरेका थिए भने पुणीटारवासीले सामुदायिक वनको काठ बेचेर पैसा जम्मा गरेका र श्रमदान पनि गरेको उपभोक्ता समितिका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

पुल निर्माण सम्पन्न गराउनका लागि 'लौन अब केही गरौा' कार्यक्रमको १४ लाख, स्थानीय बासिन्दाको करिब पााच लाख, दुलेगौाडा गाविसको ६५ हजार, सांसद क्षेत्र विकास कोषको तीस हजार आर्थिक सहयोग उपलब्ध भएको जानकारीसमेत अध्यक्ष खनालले दिनुभयो । साथै उहााले जिल्ला विकास समिति तनहुा र कास्कीको सिफारिसमा करिब १२ लाख बराबरको पुलको लठ्ठा सस्पेन्सन बि्रज डिभिजन कार्यालय काठमाडौाले निःशुल्क उपलब्ध गराएको बताउनुभयो ।

No comments:

Post a Comment