प्राविधिक त्रुटीलेगर्दा यान्त्रिक पुलको नियमित सन्चालनमा अझैँ समय लाग्ने
प्रसिद्ध भैरव स्थानको फेँदीमा नक्कली कालभैरवको मुर्ती स्थापनाबारे जनचासो !

कुस्मा र नारायणस्थान खण्डका पिलर (खम्बा) समान उचाईमा निर्माण गरिनु पर्नेमा प्राविधिकहरुको हेलचक्राईँले गर्दा कुस्मा तर्फको भन्दा नारायणस्थान तर्फको पिलर होँचो बनाईएकाले परीक्षण कै दिन यान्त्रिक पुलको डिब्बा (केबलकार) नारायणस्थान खण्डमा माटोमा धस्सिन पुगेपछि नियमित सन्चालनमा अझैँ समय लाग्ने देखिएका हो ।



यसैवीच यान्त्रिक पुलको नारायणस्थान खण्डमा २५ फिट अग्लो कालभैरबको मुर्ति निर्माण गरिने आयोजकहरुले बताएका छन् ।



यान्त्रिक पुल नजिकै पर्ने अमलचौर स्थित प्रसिद्ध काल भैरब मन्दिरको प्रर्बद्धन गर्नका लागि यान्त्रिक पुलमा कालभैरबको मुर्ती राख्न लागिएको यान्त्रिक पुल लिमिटेडका सचिब केदारनाथ शर्माले बताए । तर स्थानीय श्रद्धालु भक्तहरु भने पौराणिक महत्व बोकेको धार्मिक साँस्कृतिक एवं ऐतिहासिक धरोहरका रुपमा रहेको अमलाचौरको भैरब मन्दिर प्रति श्रद्धालु भक्तहरुको आस्थामा ठेस पुराउन सहयोग पुग्ने आशंका व्यक्त गरेका छन् ।


यान्त्रिक पुलको निर्माणमा भएको प्राविधिक त्रुटीका कारण भविष्यमा कुनै बाधाव्यवधान नआओस भनि कालभैरवको नक्कल गरी मुर्ती स्थापना गर्न लागिएको हो भन्ने तर्कपनि स्थानीयले गर्न थालेका छन् । जे जस्ता कारणबाट काठमाडौ हनुमान ढोका स्थित कालभैरबको नक्कल गरी मुर्ती स्थापना गर्न लागिएको भएपनि प्रसिद्ध भैरव स्थानलाई ओझेलमा पार्ने कसैको कुत्सित उद्देश्य यसका पछि रहेको छ भने त्यो निश्चयपनि शुभ हँदैन, यस्तो भावना छ त्यस भेगका वासिन्दाहरुको ।
निर्माणाधीन यान्त्रिक पुल ५ सय ५० मिटर लामो छ । उक्त यान्त्रिक पुलमा एक पटकमा ८ जना मानिस चढ्न सक्नेछन् । दुवै तर्फ गरेर एक पटकमा १६ जना मानिस आवत जावत गर्न सकिन्छ भने पर्वत सदरमुकाम कुस्माबजार र नारायणस्थानको दुरी ५ मिनेटमै पार गरिने आयोजनको विवरणमा उल्लेख छ ।
यसैबीच निर्माणाधीन यान्त्रिक पुलको दक्षिण कोरियाका उद्यमीहरुले अवलोकन गरेका छन् । उद्योगपती लि जीनको नेतृत्वमा आएको टोलीमा लि हियरो, कोन युन, ज्याउ कु रहेका थिए । यस टोलीले बलेवा क्षेत्रमा ठुलो लगानी गर्ने योजना समेत सुनाएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताए ।
No comments:
Post a Comment