चन्द्रागिरिमा केबलकार

उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ ।
थानकोट गोदामचौरबाट चन्द्रागिरि डाँडासम्म दुई किलोमिटर दूरीमा अब ३८ वटा गन्डोला सञ्चालन हुनेछन् । ९ मिनेटको यात्रा दूरी हुनेछ । केबलकार सञ्चालक कम्पनी काठमाडौं फनपार्कका अध्यक्ष चन्द्र ढकालका अनुसार केबलकार एक महिनापछि नियमित सञ्चालन हुनेछ ।
सवा तीन अर्बको लगानीमा काठमाडौं फनपार्क अन्तर्गत चन्द्रागिरि केबलकार, चन्द्रागिरि मन्दिर (भालेश्वर महादेव), चन्द्रागिरि भ्यू टावर र चन्द्रागिरि रिसोर्ट सञ्चालन हुने ढकालले जानकारी दिए ।








