पर्वत जिल्लाले मुलुकमा अग्लो र लामो झोलुंगे पुलको जिल्लाको रुपमा आफुलाई स्थापित गरेको छ । सदरमुकाम कुस्मा बजारको बडागाउँचौरबाट जिल्लाकै ज्ञादी गाविस जोड्ने मोदी नदी माथिको पुल र हाल निर्माण कार्य थालनी गरिएको कुस्मा बडागाउँचौर देखी बागलुङ जिल्ला नारायणस्थान गाविसको कैया जोड्न कालीगण्डकी माथीको पुल मुलुकमै सर्वाधिक अग्ला र लामो झालुंगे पुल मानिन्छन् ।
एक वर्ष पहिले कुस्मा बजार देखी बागलुङको नारायणस्थान जोडने कालीगण्डकीमाथी मुलुककै पहिलो यान्त्रिक पुल निर्माण गरिएपछी पर्वतको कुस्मा वजारसंग बागलुङ जिल्लाका २ दर्जन गाविसहरुका जनता प्रत्यक्ष जोडिन पुगेका छन् जस्का कारण कुस्मा वजारको व्यापार कारोवारमा उल्लेख्य बृद्धि भएको छ ।

बागलुङ र पर्वत जिल्लाको सीमाबाट बग्ने काली गण्डकी पार गर्दै करीब एक घण्टाको ओरालो र उकालो चढेपछी कुस्मा र नारायणस्थानको कैया आवत जावत गर्नुपर्ने दुरी यान्त्रिक पुलले ७ मिनेटमा समेटेको छ ।
यान्त्रिक पुलप्रतिको आकर्षण र कालीगण्डकी वारपार गर्न कम समय लाग्ने हँदा दिनहुँ यान्त्रिक पुलमा यात्रुहरुको चाप बढ्दो छ । यसैपालीको बडा दशैँका सात/आठ दिनमा मात्र कम्पनिले १० लाख रुपयाँ भन्दा बढी कमाएको छ । कोहि रहरले, कोहि जिज्ञासावस त कोही आवश्यकताले यान्त्रिक पुलको उपयोग गरिरहेका छन् । कम्पनीलाई मनग्गे आम्दानी भैरहेको छ । शुरुमा प्रति यात्रु रु ५० भाडा निर्धारण गरिएकोमा त्यस्को केहिदिन मै प्रति यात्रु १ सय रुपयाँ एक तर्फी भाडा कायम गरिएपछी कम्पनीलाई आम्दानी चुलिएको हो ।
२ सय ६५ मिटर गहिराई माथिबाट ५ सय ५० मिटर लामो यान्त्रिक पुल चढेर कुस्मा देखी बलेवा पुग्न ७ मिनेट भन्दा बढी समय लाग्छ । एकदमै सुस्त (कछुवा) गतीमा गुड्ने केबुल कार (डिब्बा) मा एक पटकमा ८ जना यात्रु बस्न सक्छन् भने डिब्बामा यात्रुका सरसामानहरु पनि राखिन्छन् । १ घण्टाको उकालो ओरालो बाटो ७ मिनेटमा नै पार गर्न पाउँदा यात्रुहरु भाडा भन्दा बढी समयमुखी बनेका छन जस्को फाईदा कम्पनीले उठाई रहेको छ । भाडाको विषयमा बोल्ने र सोँच्ने फुर्सद न यात्रु न सरोकारवाला निकायहरुलाई नै छ ।
कति सुरक्षित छ यान्त्रिक पुलको यात्रा ?

जाने एउटा र उताबाट आउने एउटा गरी जम्मा २ डिब्बाहरु पुलमा जडिएका छन् । यात्रुको चापले यान्त्रिक पुलमा गुड्ने केबुलकार (डिब्बाहरु) पुराना भएका छन् । डिब्बामा जडान गरिएका सिसाहरु फुटेका छन् सिटहरु सबै च्यातिएका छन् । एकवर्ष नबित्दै पुलका डिब्बाहरु जीर्ण बनेका छन तर सरोकारवालाको चासो यसमा भन्दा सन्चारमाध्यमहरुलाई यान्त्रिक पुलले कमाएको नाफाको हरहिसाब दिनमा बढी छ ।
बडा दशैँको महानवमीका दिन यान्त्रिक पुलबाट कुस्मा देखी बलेवा पार गर्दै गरेका यात्रुहरुले डिब्बामा जडिएको सिसा फुटेको देखेपछी आत्तिएका थिए । सिसा फुटेको ठाउँबाट यात्रु तल खस्न सक्ने ठाउँ थियो । सिसा नभएको प्वालबाट शिर बाहिर निकाली तल काली गण्डकीको गहराई (खोँच) हेर्दा कहाली लाग्ने अवस्था थियो ।
“फुटेको सिसा तत्कालै फेर्नु पर्छ, यसरी खाली राख्न नहुने हो, डिब्बामा चढेका यात्रुहरु भन्दै थिए, ‘डिब्बा बाहिर ताला लगाएर सुरक्षित कसरी भईयोर ? झ्यालबाट खस्ने ठाउँ भएपछी ! सिसाको बाहिरबाट तारको जाली बलियो गरी लगाउने व्यवस्था गर्नुपर्छ ।”
कति दिन पहिले देखी सिसा फुटेको डिब्बामा बसेर यात्रुहरुले काली वारपार गरिरहेको छन् भन्ने प्रश्नको जवाफमा स्थानीय एक व्यक्तिले केहि दिन पहिले देखी नै फुटेको बताएपनि एकिन मिति उनले बताउन सकेनन् । भगवानलाई धन्यवाद दिनुपर्छ कुनै अप्रिय दुर्घटना भएको छैन ।

नारायण स्थानमा रहेको यान्त्रिक पुलको अर्को स्टेशन, स्टेशन जस्तो पनि छैन । त्यहाँ सानो घर छ, त्यसको वरपर कुनै पूर्वाधार बनेका छैनन् । यात्रुहरुलाई बाहिरी दृश्याबलोकन गर्न मिल्ने गरी त्यहाँ पूर्वाधारहरु निर्माण गरिनु पर्ने हो, तर त्यो केहि भएको छैन, नबनाएपनि यात्रुहरु घटेका छैनन्, कम्पनी मख्ख छ ।