Friday, June 14, 2013

सिन्धुलीमा नेपालकै लामो यान्त्रिक पुल निर्माण

सिन्धुलीमा नेपालकै दोस्रो लामो यान्त्रिक पुल निर्माण
सिन्धुली र उदयपुर जोड्ने गरी नेपालकै  लामो यान्त्रिक पुल निर्माण भएको छ । ७० लाख रुपैयाँको लागतमा कमला नदीमा यान्त्रिक पुल निर्माण गरिएको हो । पुल निर्माणको लगभग सबै काम सम्पन्न भइसकेको पुल निर्माण समितिका अध्यक्ष गुर्जबहादुर बुढाथोकीले जानकारी दिए । पुल निर्माणले कमलाखोंच क्षेत्रका हर्षाही, टाँडी, लदाभीरलगायत आधा दर्जनबढी गाविसका सर्वसाधारणलाई सिन्धुली सदरमुकाम तथा उदयपुरको सदरमुकाम गाईघाट, जनकरपुरजस्ता शहरमा जान–आउन सजिलो हुने भएको छ । 

उक्त पुल जिल्लाकै सबैभन्दा लामो र तनहुँको कोत्रेपछिको दोस्रो लामो यान्त्रिक पुल भएको अध्यक्ष बुढाथोकीले बताए । यसको लम्बाइ ६ सय ३५ मिटर रहेको छ । यो पुल निर्माणका लागि आर्थिक वर्ष (आव) ०६६÷६७ मा योजना निर्माण तयारी गरिएको थियो । ०६७ सालबाट निर्माण थालिएको उक्त पुल रकम अभावका कारण अहिले (आव २०६९÷७०) मा निर्माण सम्पन्न भएको हो । यो पुल निर्माणका लागि गरीबी निवारण कोष, जिल्ला विकास समिति, गाविस, संसद् विकाष कोष तथा स्थानीय बासिन्दाको लगानी रहेको छ ।

संसद् विकास कोष र जिविससँग भएको सम्झौताअनुसारको रकम आउन ढिलाइ भएका कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनसार एक हप्ताभित्रमा सबै काम सकेर पुल उद्घाटन गरिनेछ । ‘पुल निर्माणले यस क्षेत्रका स्थानीयहरू उत्साहित भएका छन्,’ उनले भने । पुल नहुँदा स्थानीयवासीलाई कमला नदीमा आउने बाढीले हरेक वर्ष दुःख दिने गरेको थियो । त्यस्तै, कमलाखोंचमा गोगन, करेतजस्ता सर्पको डसाइ पनि अर्को समस्या हो । यसबाहेक औषधोपचार तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत समस्या हुने गरेको थियो ।वर्षेनि वर्षायाम शुरू भएदेखि करीब ६ महीनासम्म कमलानदीमा आउने बाढीले कमलाखोंचवासी सदरमुकामसँग सम्बन्धविच्छेदजस्तै भएर बस्नुपरेको थियो । पुल निर्माणले स्वास्थ्योपचार तथा नदी वारपार गर्न सहज हुने भन्दै स्थानीयहरू खुशी भएका छन् । पुल बनेपछि उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्याबाट मुक्ति मिल्ने आशा बढेको यहाँका सर्वसाधारणको भनाइ छ ।

स्रोत :अभियान दैनिक

Tuesday, June 11, 2013

उपत्यकाका सडकमा केवलकार !

उपत्यकाका सडकमा केवलकार ! Road Cable Car S
बढ्दो सवारी जामलाई न्यूनकरण गर्न सडक फराकिलो पारिरहेको सरकारले दीर्घकालीन समाधानका लागि केवलकार सञ्चालन गर्ने अवधारणासमेत अघि बढाएको छ ।

निजी क्षेत्रले समेत चासो देखाएपछि सरकारले उपत्यकाका सडकमाथि 'अर्वन केवलकार' सञ्चालन गर्ने अवधारणा अघि सारेको हो । यसको बृहत् सम्भाव्यता अध्ययन गर्न भौतिक तथा योजना निर्माण मन्त्रालयले फ्रान्स सरकारलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सचिव तुलसी सिटौलाका अनुसार दुई साताअघि फ्रान्स राजदूतावासमार्फत त्यहाँको सरकारलाई काठमाडौंका सडकमाथि केवलकार सञ्चालन गर्न बृहत् अध्ययनको अनुरोध गरिएको हो ।

'फ्रान्सबाट प्रतिक्रिया आएको छैन, आउने प्रक्रियामा होला,'

उनले भने, 'राजदूतलगायत फ्रान्स सरकार सकारात्मक रहेको बुझिएको छ ।'

सिटौलाका अनुसार फ्रान्सका केही लगानीकर्ता र नेपालका निजी क्षेत्रले अर्वन केवलकार सञ्चालन गर्नेबारे चासो देखाएका छन् । त्यसपछि अध्ययनका लागि सरकारले पनि प्रक्रिया अघि बढाएको हो ।

यता, निजी क्षेत्रद्वारा स्थापित 'काठमाडौं एयर ट्रम एन्ड केवलकार प्रालि' ले सञ्चालन अनुमतिका लागि केहीअघि सरकारसँग प्रस्ताव गरेको थियो । उक्त कम्पनीले पनि सामान्य अध्ययन गरेर सम्भाव्य हुने ठहर्‍याएपछि सरकार पनि अग्रसर भएको हो । 'उक्त कम्पनीले सामान्य प्रकृतिको अध्ययन गरिसकेको रहेछ,' उनले भने, 'सम्भावना देखिएकाले थप प्रक्रिया अघि बढाइएको हो ।'

उक्त कम्पनीले लगनखेलदेखि नारायणगोपलचोक र बौद्धदेखि कुलेश्वरसम्मको सडकमाथि केवलकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार गाडीमा १ घन्टा लाग्ने बाटो केवलकारबाट १५ मिनेटमा पुग्न सकिने उल्लेख छ । 'व्यस्त सहरमा केवलकार सञ्चालनमा फ्रान्स सफल मुलुक मानिन्छ,' सिटौलाले भने, 'त्यसैले सरकारले उसैसँग सवन्वय गर्न लागेको हो ।'

यस्तै प्रकृतिको केवलकार नेपालमै पनि सफल मनिएको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन गरेको केवलकार मुलुककै उदाहरणीय हो ।

'सडकमाथि सञ्चालन गर्ने केवलकार मनकामनाकै जस्तै हो,' सिटौलाले भने ।

धेरै विकसित मुलुकले ट्राफिक जाम कम गर्न सडकमाथि केवलकार सञ्चालन गरेका छन् । कम्पनीका अनुसार केवलकारका लागि सडक छेउमा छुट्टै खम्बा खडा गर्नुपर्छ । निश्चित दूरीमा यात्रु चढाउने र ओराल्न संरचना बनाउनुपर्ने हुन्छ । एक रुटमा कतिवटा डिब्बा हुने र कतिजना यात्रुलाई सेवा दिने भन्ने विषय बृहत् अध्ययनपछि निर्धारण गरिने कम्पनीले जनाएको छ ।

फ्रान्सका प्राविधिकहरूकै समन्वयमा कम्पनी स्थापना गरी काम अघि बढाएका हौं,' कम्पनीका अध्यक्ष श्याम श्रेष्ठले भने, 'यहाँ अनुमति पाए पनि नपाए पनि अन्य देशमा यातायातमै लगानी गर्ने पक्षमा छौं ।'

कम्पनीकी कार्यकारी निर्देशक एवं उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाका अनुसार आफ्नो प्रस्तावअनुसार सरकार र अन्य निकायले सहयोग गरे २ वर्षभित्र केवलकार सञ्चालन हुनेछ । 'सरकारसँग मिलेर वा हामी एक्लै पनि सञ्चालन गर्न तयार छौं,' राणाले भनिन्् । यसको लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यो आयोजना सम्भाव्य र उत्कृष्ट भएकाले धेरै प्रतिष्ठित घराना लगानी गर्न तयार गरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राणा, पञ्चकन्या गु्रपका प्रदीप श्रेष्ठ, लक्ष्मी गु्रपका लक्ष्मण श्रेष्ठ र आईएमई गु्रपका चन्द्र ढकालले लगानी गर्ने अनौपचारिक सहमति जनाएका छन् । 'त्यसमा प|mान्सका केही संघसंस्था वा निजी कम्पनीको संलग्नता पनि हुनेछ,' उनले भने, 'त्यहाँको सरकारले पनि चासो देखाएको छ । सरकारले नै लगानी गर्ने विषयमा पनि छलफल भइरहेको छ ।'

प्रदूषण नहुने भएकाले वातावरणमैत्री हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र छलफलको चरणमा रहेको मेट्रो रेलको निर्माण लागतभन्दा निकै सस्तो हुने दाबी प्रस्तावकको छ ।

'सरकारले मेट्रो रेलको लागतको तुलनामा अर्वन केवलकार यो निकै सस्तो र कम समयमा निर्माण हुने पनि देखिएको छ,' राणाले भनिन््, 'जसले बनाए पनि उपत्यकाको सहरका लागि यातायात साधनमा केवलकारै उपयुक्त हो भन्ने सुझाब हामीले सरकारलाई दिएका छौं ।'

निर्माण भइसकेका पोल, डब्बा र यात्रु चढाउने ओराल्ने ठाउँमा चाहिने सामग्री निर्माण भइसकेकै आउने भएकाले केवलकार संरचना निर्माण गर्दा सडक र अन्य संरचनालाई कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।
Source: Kantipur

Monday, June 10, 2013

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार


काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLE Metro Cable
काठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।
‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।’

१ घण्टाको बाटो १५ मिनेटमा
दक्षिण अमेरिकी मुलुकमा पछिल्लो दशकमा अर्बन केवुलकारको अबधारणाले तिब्रता पाएको छ । सन् २००६ मा कोलम्बियाको मेडलिन सिटीमा संचालनमा आएको मेट्रो केवल पहिलो अर्बन केवलकारका रुपमा चिनिन्छ । त्यसबाट प्रभावित भएर ब्राजिल, भेनेजुयला, पोर्टल्याण्ड लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा केवलकार निर्माण गरिएको छ ।
MEDELLIN-METROCABLE-1
‘अझै २० बर्ष काठमाण्डौमा मेट्रो रेल बन्न सक्ने अबस्था छैन’ राणाले भन्नुभयो-’काठमाण्डौमा बढ्दो ट्राफिक जामबाट मुक्ति पाउने यो नै सस्तो र उत्तम बिकल्प हो ।’ केवुलकार संचालनमा आएपछि १ घण्टामा पुगिने ठाउँमा १० देखि १५ मिनेटमा पुगिने राणाले बताउनुभयो । कम्पनीले नारायणगोपाल चोकदेखि लगनखेलसम्म र कोटेश्वरदेखि बौद्धसम्म केवुलकार संचालन गर्न सम्भाब्यता अध्ययन गरिसकेको छ । दुई लाइन केवलकार संचालन गर्न १२ देखि १५ अर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको राणाले बताउनुभयो । मुख्य मुख्य स्थानमा यात्रु चढ्ने र झर्ने स्टेशनहरु पनि राखिनेछन ।
एउटा डिब्बामा ३० यात्रु
केवुलकारको एउटा डिब्बामा २५/३० जनासम्म अटाउने छन् । काठमाडौंको साँघुरा सडकमा केवुलकार अति उत्तम विकल्प हुने राणाले बताउनुभयो । रेडिमेड पोल ल्याएर गाडिने हुँदा केवुलकारको संरचना निर्माण गर्दा सडक र भौतिक संरचनामा ठूलो फेरबदल गर्नुपर्ने छैन । मेट्रो रेलको तुलनामा केवुलकार सस्तो समेत हुने उहाँको दाबि छ । सरकारले राजधानीका विभिन्न ठाउँमा मेट्रो रेल संचालन गर्नका लागि अध्यायन समेत गरिसकेको छ ।
केवुलकारको भाडा गाडिको लिने भाडा बराबर हुने उहाँले बताउनुभयो । केवुलकार संचालन भएको १०/१५ वर्षमा लगानी सबै उठिसक्ने हुँदा विदेशी कम्पनीहरु अर्वन केवुलकारमा लगानी गर्न उत्सुक रहेका हुन् ।
बिदेशी लगानी, दुई बर्षमा निर्माण सकिने
केवुलकारमा लगानी गर्नका लागि फ्रान्सका २/३ वटा कम्पनीहरु सकरात्मक देखिएको बताउँदै उहाँले भन्नुभयो- ‘फ्रान्सेली कम्पनीहरु यो परियोजनामा लगानी गर्न इच्छुक छन, उनीहरुकै सहयोगमा प्रारम्भिक अध्ययन सकिएको छ ।’
काम सुरु गरेको २ वर्षभित्रमा केवुलकार संचालन भईसक्ने बताउँदै राणाले सरकारले संचालन अनुमति चाँडै दिनेमा भने शंका व्यक्त गर्नुभयो । सरकारले तत्काल अनुमति दिएमा आवश्यक सबै प्रकृया सिध्याएर २ वर्षभित्रमा काम सुरु गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । ‘हामीले लगानी गर्छौं भन्दा पनि सरकारले काम गर्न दिँदैन’ उहाँले भन्नुभयो- ‘हामीले जतिसुकै राम्रा प्रोजेक्ट ल्याएपनि सरकारले काम गर्ने अनुमति दिन ढिलाई गरिदिन्छ, त्यसले लगानीकर्ता निराश र हतोत्साही हुन्छन ।’
पर्यटन प्रवर्द्धनका लागि उपर्यूक्त
अर्वन केवुलकार यातायातको लागिमात्र नभएर पर्यटन विकासका लागि पनि अति उपयोगी हुने कम्पनीको विश्वास छ । ‘केवुलकार संचालन भयो भने राजधानीको रुपै परिवर्तन हुनेछ’ राणाले भन्नुभयो- ‘साथै यो वातावरणमैत्री पनि हुनेछ ।’

वैशाख महिनामा केवल कारलाई १ करोड भन्दा वढी घाटा

एकिकृत नकेपा माओवादीले वैशाख महिनामा गरेको आम हडतालका कारण मनकामना दर्शन प्रा।लि।द्वारा संचालनमा ल्याइएको मनकामना केवल कार वैशाख महिनामा १ करोड भन्दा वढी घाटामा परेको कार्यालयले जनाएको छ ।

दैनिक सरदर दुइ हजार पाँच सयका दरले तिर्थ यात्रीहरुले मनकामना केवलकार चढने गर्दथ्यो । माओवादी आम हडताल अघिल्लो दिन सम्म ३२ हजार तिर्थ यात्रीले यात्रा गरी सकेको केवल कारमा वैशाख महिना भरीमा केवल ३९ हजार तिर्थ यात्रीहरुले मात्र यात्रा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले दिएको जानाकारी अनुसार वैशाख महिनामा मात्र ३५ हजार यात्रुहरुले केवल कारमा यात्रा गर्न नपाउदा १ करोड १० लाख घाटा भएको जनाएको छ । साउन र भाद महिना वाहेक सवै महिनामा अत्याधिक चाप रहने केवल कारमा माओवादी आम हडतालकै कारण यात्रुको संख्यामा कमी आएको जनाएको हो ।
संचालन अवधी भरमा नै सर्वाधिक यात्रुको संख्या भने ०६६ साल चैत्र महिनामा रहेको थियो । उत्त महिनामा ९६ हजार ९ सय ९४ जनाले यात्रा गरेको थियो ।
माओवादी आम हडताल फिर्ता पछिको पहिलो दिनमा भने केवल १ सय ८९ जना मात्रले केवल कारको यात्रा गरेको समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेष्ठको ८ गते देखी मात्र यात्रुको संख्यामा उल्लेखनीय वृद्वि भएको जनाएको छ । उत्त दिन ५ हजार यात्रुले यात्रा गरेको थियो ।
केवल कार संचालन खर्च धान्नको लागी मात्र दैनिक १ हजार भन्दा वढी यात्रुले यात्रा गनु पर्ने छ ।

Saturday, June 8, 2013

Peru's cable cars to promote tourism and integration, says Humala

Lima, May 27 (ANDINA). Peru’s President Ollanta Humala launched Monday the Cable Car Program, which is aimed at promoting tourism and integration in Peruvian regions.
Photo: ANDINA/Prensa Presidencia
Photo: ANDINA/Prensa Presidencia
The program seeks to build a cable car in each region in order to integrate communities and promote trade.

"The idea is to work two concepts: integration and tourism,” Humala said. “Many communities have that problem of getting their produce off the field.”

The President said that it is necessary to "face the challenge imposed on us by nature," and cable cars are one of the most viable means to this end.

"The goal is to have a cable in each region, so we intend to work with regional governments and mayors to see where (cable cars) are needed and we’ll do it.”

(END) JCC/MVF/LOG/MOC