Thursday, September 5, 2013

सिद्धबाबा केबुलकार निर्माण पुनः शुरू


सिद्धबाबा केबुलकार निर्माण पुनः शुरू
December 5, 2012
 
Views: 124

 आर्थिक अभावका कारण झण्डै २ वर्षदेखि काम रोकिएको जिल्लाको सिद्धबाबा केबुलकार पुनः निर्माण शुरू गरिने भएको छ । शुरूमा केबुलकार सञ्चालनमा ल्याउन इच्छुक देखिएका केही लगानीकर्ताहरूले हात झिक्नुका साथै बैङ्क तथा वित्तीय संस्थाहरू प२०६५ कात्तिकमा सिन्धुलीमाढीमा सम्पन्न सर्वदलीय छलफलले कमलामाई नगरपालिका–९ स्थित मल्लागाउँबाट ऐतिहासिक तथा धार्मिकस्थल सिद्धबाबा मन्दिरसम्म केबुलकार सञ्चालन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो । अहिले केबुलकार निर्माणका लागि आवश्यक पूँजीको व्यवस्था र कानूनी प्रक्रिया पूरा गरी पुनः काम थालिएको केबुलकार निर्माण कम्पनीका पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य मीनबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार केबुलकार निर्माणका लागि करीब १२ करोड रुपैयाँमा अमेरिकाको एक कम्पनीसँग हालै सम्झौ
‘यसअघि २००९ सेप्टेम्बर २ मा भारतको कोलकातास्थित सीआरएसपीएल प्रालिसँग सामान खरीद तथा केबुलकार निर्माणका लागि सम्झौता गरिएको भए पनि अहिले त्यसलाई रद्द गरी अमेरिकी कम्पनीसँग सम्झौता गरेको हो,’ श्रेष्ठले भने । यसअघि सीआरएसपीएलसँग गरिएको सम्झौताअनुसार कम्पनीले केबुलकार निर्माण सामग्रीका लागि ७ करोड २५ लाख भारतीय रुपैयाँ लाग्ने र त्यसमध्ये १० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । ‘अहिले आवश्यक रकमका लागि शेयर विक्री र बैङ्कसँग ऋण लिनेबारे सहमति भइसकेका कारण अब तत्कालै काम शुरू हुन्छ,’ श्रेष्ठले भने ।

शुरूमा केबुलकार बनाउन रू. २५ करोड र त्यसलाई चलाउन आवश्यक पर्ने जलविद्युत्का लागि रू. २५ करोड लाग्ने अनुमान प्राविधिकहरूले गरेका थिए । अमेरिकी कम्पनीले सो रकमभन्दा केही कममै केबुलकार निर्माण गरिदिने भएको केबुलकार निर्माण कम्पनीका प्रबन्ध निर्देशक मनोजराज उपाध्यायले जानकारी दिए । ‘१ करोड रुपैयाँभन्दा बढी शेयर विक्रीबाट उठेको छ,’ उनले भने, ‘अपुग रकम बैङ्कबाट ऋण लिनेछौं ।’

जिल्लामा पर्यटन प्रवद्र्धन गरी आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घ सिन्धुलीको पहलमा केबुलकार निर्माण गर्न लागिएको हो । केबुलकारका लागि मल्लागाउँमा २१ कठ्ठा जग्गा नगरपालिकामार्फत ३० वर्षका लागि लिजमा लिनुका साथै सिद्धबाबा मन्दिर परिसरमा १४ कठ्ठा जग्गा यसअघि नै खरीद गरिसकिएको छ । १७ सय मिटर लामो हुने सो केबुलकारले दैनिक १ हजारदेखि १ हजार ५ सय जना ओसार्न सक्ने उपाध्यायले जानकारी दिए 

शिवपुरी यात्रा केबलकारबाट!

वन मन्त्रालयले शिवपुरी राष्ट्रिय निकुञ्जमा केबलकार सञ्चालन योजना १३ वर्षपछि ब्युँताएको छ। हिमालयन केबलकार कम्पनीलाई योजना सञ्चालन इजाजत दिने आवश्यक व्यवस्था मिलाउनू भनी वन मन्त्री दीपक बोहराले तोकादेश गरेका छन्।


बोहोराले आवश्यक प्रक्रियाका लागि फाइला वन्यजन्तू संरक्षण विभागमा पठाएको जानकारी दि"दै नागरिकस"ग भने, 'प्रक्रिया पुर्‍याएर निर्णय हुन्छ।'

स्रोतअनुसार ४० पृष्ठको उक्त फाइलबारे विभागका कर्मचारी भने सकारात्मक छैनन्। वातावरण ऐनको व्यवस्था पूरा गर्न बा"की रहेकै अवस्थामा १३ वर्षअघि थन्किएको फाइल बढाउनुअघि अध्ययन गराउनुपर्ने र कम्पनीहरूबीच प्रतिस्पर्धा गराउनुपर्ने धारणामा छन्।

विभागका महानिर्देशक गोपालप्रसाद उपाध्यायले भने, 'मैले फाइल हेरेको छैन तर नियमसम्मत हुनुपर्छ भन्ने विभागको मान्यता हो।'

कम्पनीले २०५४ साउनमा ३२ करोड रुपैया"को लागतमा बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केबलकार बनाउने योजना पेस गरेको थियो। संरक्षण क्षेत्रभित्र कुनै संरचना निर्माण गर्दा राष्ट्रिय प्राथमिकताको योजना हुनुपर्ने र योजना आयोगले सिफारिस गर्नुपर्ने प्रावधान छ।

पर्यटन वर्ष २०११ सफल बनाउन कम्पनीलाई अनुमति दिनुपर्ने जिकीर तोकादेशमा छ। ०५४ सालमा दर्ता भएको केबलकार कम्पनी यति एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको हो। कम्पनीले निकुञ्जभित्र होटलसमेत सञ्चालन गर्ने योजना बनाएको छ।

- नागरिक 

केबलकार सञ्चालनका लागि थप चार स्थान उपयुक्त

साउन १३, काठमाडौं । केबुलकार सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनमा थप चार स्थान  उपयुक्त देखिएका छन् । मन्त्रालयले गरेको अध्ययनबाट करीब डेढ अर्बको लागतमा सुनसरी–धनकुटा, कालिकोट, डोटी र काभ्रे जिल्लामा केबलकार निर्माणको सम्भाव्यता देखिएको हो । काभ्रेको धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, सुनसरीको धरानदेखि धनकुटाको भेंडेटारसम्म, कालिकोटको कोटबाडादेखि चाल्नासम्म र डोटी–खप्तडमा केबलकार बनाउन सकिने सम्भावना देखिएको मन्त्रालयका पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । चारओटै स्थानमा निर्माणको जिम्मा भने निजीक्षेत्रलाई दिने तयारी गरेको उनले जानकारी दिए ।

मन्त्रालयले रू. २५ लाख खर्च गरेर यस्तो सम्भाव्यता अध्ययन गरेको बताएको छ । अध्ययन प्रतिवेदनअनुसार धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने छ । सो दूरी पार गर्न केबलकारलाई ३५ मिनेटमात्र लाग्ने बताइएको छ । पलाञ्चोक केबलकार निर्माणका लागि साढे ५३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिवेदनले ४ वर्षमै केबलकार बनाउन सकिने देखाएको छ । प्रतिघण्टा १ सय ८० जना यात्रुलाई आवतजावत गराउन सक्ने पलाञ्चोक केबलकारले ९ वर्षमै लगानी उठाउने  देखिएको छ । पलाञ्चोक केबलकारको सम्भाव्यता अध्ययन ब्रिज कन्सल्ट्यान्सीले गरेको
थियो ।

कालिकोटको केबलकार निर्माणका लागि  रू. १२ करोड २६ लाख लाग्ने देखिएको छ । सो केबलकार मार्गको दूरी १ दशमलव ९ किलोमिटर रहने र सो दूरी पार गर्न केबलकारलाई करीब ८ मिनेट लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिघण्टा १ सय २० जनाले आवतजावत गर्न सक्ने उक्त केबलकार निर्माण गर्न ३ वर्ष लाग्ने देखिएको छ । रोपवे एण्ड केबलकार नामक निजी कम्पनीले गरेको अध्ययनअनुसार सञ्चालनको २ वर्ष १० महीनामा सोमा हुने लगानी फिर्ता हुनेछ ।

धरान र भेंडेटारबीचमा २ दशमलव ८ किलोमिटर लामो केबलकार बनाउन सकिने छ । ८ मिनेट ५ सेकेण्डमा पार गर्न सकिने सो केबलकार निर्माण गर्न रू. ३८ करोड लाग्ने आयोजना प्रमुख रघुवंशीले बताए । ३ वर्षमा बनाउन सकिने धरानको केबलकार सञ्चालनमा आएको साढे ४ वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । बिजिकर्न इञ्जिनीयर कन्सल्ट्यान्सीले सो केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो ।

यसैगरी डोटीमा अध्ययन भएको ३ किलोमिटर लामो दूरीको केबलकारको अनुमानित लागत रू. ३९ करोड छ । सो दूरी ८ मिनेट ५ सेकेण्डमा पार गर्न सकिने र निर्माणमा करीब ३ वर्ष लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ । सञ्चालनमा आएको करीब ५ वर्षमा यसको लगानी उठ्न सक्ने अध्ययनले देखाएको छ । डोटीको यो केबलकारका सम्भाव्यता अध्ययन बिम कन्सल्ट्यान्सीले गरेको हो ।

मन्त्रालयले यसअघि काठमाडौंको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फुलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबलकार  सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो । मन्त्रालयले अध्ययन गरेका सबै स्थानमा केबलकार सञ्चालनको सम्भाव्यता देखिए पनि काठमाडौंको चन्द्रागिरिमा मात्र निजीक्षेत्रले केबलकार बनाउन चासो देखाएको छ ।