Thursday, September 5, 2013

शिवपुरी यात्रा केबलकारबाट!

वन मन्त्रालयले शिवपुरी राष्ट्रिय निकुञ्जमा केबलकार सञ्चालन योजना १३ वर्षपछि ब्युँताएको छ। हिमालयन केबलकार कम्पनीलाई योजना सञ्चालन इजाजत दिने आवश्यक व्यवस्था मिलाउनू भनी वन मन्त्री दीपक बोहराले तोकादेश गरेका छन्।


बोहोराले आवश्यक प्रक्रियाका लागि फाइला वन्यजन्तू संरक्षण विभागमा पठाएको जानकारी दि"दै नागरिकस"ग भने, 'प्रक्रिया पुर्‍याएर निर्णय हुन्छ।'

स्रोतअनुसार ४० पृष्ठको उक्त फाइलबारे विभागका कर्मचारी भने सकारात्मक छैनन्। वातावरण ऐनको व्यवस्था पूरा गर्न बा"की रहेकै अवस्थामा १३ वर्षअघि थन्किएको फाइल बढाउनुअघि अध्ययन गराउनुपर्ने र कम्पनीहरूबीच प्रतिस्पर्धा गराउनुपर्ने धारणामा छन्।

विभागका महानिर्देशक गोपालप्रसाद उपाध्यायले भने, 'मैले फाइल हेरेको छैन तर नियमसम्मत हुनुपर्छ भन्ने विभागको मान्यता हो।'

कम्पनीले २०५४ साउनमा ३२ करोड रुपैया"को लागतमा बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केबलकार बनाउने योजना पेस गरेको थियो। संरक्षण क्षेत्रभित्र कुनै संरचना निर्माण गर्दा राष्ट्रिय प्राथमिकताको योजना हुनुपर्ने र योजना आयोगले सिफारिस गर्नुपर्ने प्रावधान छ।

पर्यटन वर्ष २०११ सफल बनाउन कम्पनीलाई अनुमति दिनुपर्ने जिकीर तोकादेशमा छ। ०५४ सालमा दर्ता भएको केबलकार कम्पनी यति एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको हो। कम्पनीले निकुञ्जभित्र होटलसमेत सञ्चालन गर्ने योजना बनाएको छ।

- नागरिक 

No comments:

Post a Comment