Thursday, June 22, 2017
Bartholet Seilbahnen - Brest hat die erste urbane Seilbahn in Frankreich
Two cable cars in Brest can transport up to 60 people more than 400 meters above the river pen field, with a power consumption that reaches almost zero.
Since 19. November, the mobility in the French City of Brest has been supported by two cable cars gondolas by Bartholet Maschinenbau AG who can transport up to 60 people more than 400 meters over the river pen field - and this with A power consumption that reaches almost zero. Leroy-Somer has delivered the drives for the new urban cable car in brest.
The City of brest wants to promote urban development along the banks of the pen field. The Urban Cable car is designed to strengthen the business relations between the two sides of the river. Over 420 metres, it connects the city centre with the new district of capucins, which is re-established on 16 hectares of a former military site.
Gondolas crosses each other
Two ropes are superimposed on each other in the form of a "Flyover" System, which is used for the first time in the world. The two gondolas cross each other and not as usual at the same height as the case of conventional cable cars.

Both gondolas are on the same platform at their end points. The size of the system and the termini (especially its land) are smaller, resulting in lower construction costs. This is particularly advantageous in urban environments with limited space.
The innovative approach allowed the preservation of the stations building in the district of capucins, which is listed as a monument. The Gondolas are located on a single steel mast, which is optimally integrated into the surrounding area with yards and cranes. Each gondola is mounted on two diameters of 50 mm in diameter with a weight of 88 tons. The counterweight effect, as seen in the mountains in Bergen, is avoided here, as the gondolas are moving over the most part of the line at the same time.
Friday, June 16, 2017
Skytrans exclusive partners Ride Entertainment tramway sales | blooloop
Skytrans exclusive partners Ride Entertainment tramway sales | blooloop: SkyTrans, a manufacturer of aerial tramways, has selected Ride Entertainment as its exclusive sales partner to attractions.
Sunday, May 21, 2017
Tuesday, May 9, 2017
Saturday, April 22, 2017
Monday, April 10, 2017
Wednesday, March 29, 2017
Monday, March 27, 2017
Tuesday, March 21, 2017
नेपालमा यसकारण आवश्यक छ रोपवे
डोरी (रोप)मा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने यातायातको प्रणाली नै रोपवे हो । यस्तो रोपवेको एउटै पकेटमा १० हजार किलोग्रामसम्मको तौल बोक्ने क्षमता हुने रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । नेपालजस्तै भौगोलिक अवस्थिति भएको स्विट्जरल्यान्डमा १८ सयवटा रोपवे रहेको तथ्यांक छ । तर, नेपालमा रोपवेको विकास हुन सकिरहेको छैन । रोपवेसम्बन्धी अध्ययन गर्ने र आवश्यक काम गरिरहेको संस्था रोपवे नेपालका अध्यक्ष ढकालले नेपालमा रोपवेको आवश्यकताबारे यसरी आफ्नो भनाइ राखे:
भौगोलिक अवस्थाका कारण उपयुक्त
रोपवे यातायातका धेरैवटा प्रणालीमध्ये एक हो । नेपालको भौगोलिक अवस्थिति र कठिन धरातलका लागि यो उपयुक्त यातायात प्रणालीका रूपमा लिइन्छ । नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षकका लागि पनि यो उपयुक्त हुने देखिएको छ । किनकि वातावरणीय असरको हिसाबले सडक निर्माण गर्दा ठूलो परिमाणमा रूख काट्नुपर्छ । यसले स्वाभाविक रूपमा असर पु¥याउँछ । तर, रोपवेको सञ्जाल निर्माण गर्दा टावर राख्ने ठाउँमा मात्र रूख काट्नुपर्ने आवश्यकता पर्छ । फेरि जंगलमाथिबाट रोपवे जाने भएकाले पनि निर्माणपछि पनि कुनै प्रकारको असर पार्दैन । त्यस्तै, जस्तोसुकै भौगोलिक धरातलमा पनि रोपवेका लागि उपयुक्त बनाउन सकिन्छ । त्यो हिमाल होस् वा पहाडी, साथै तराई क्षेत्रमा नै किन नहोस् । यो सबै ठाउँमा प्रभावकारी हुन्छ ।

अन्य पूर्वाधारको निर्माणमा सहयोगी
रोपवे निर्माण आफैँमा पूर्वाधार हो । तर, यो यस्तो पूर्वाधार हो । जसले अन्य पूर्वाधारलाई पनि सम्भावनायोग्य बनाउँछ । साथै अन्य पूर्वाधार निर्माणमा सहयोगी भूमिका खेल्छ । विशेषगरी स्थान हेरेर जलविद्युत् आयोजना निर्माण गर्न, पहाडको माथिल्लो क्षेत्रमा पर्यटकीय पूर्वाधारको रूपमा होटेल तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न, घर र भवन निर्माण गर्नका लागि आवश्यक निर्माण सामग्री ओसार्न रोपवे प्रभावकारी हुन्छ । साथै यसले मानिसलाई आवश्यक पर्ने सामानलाई मात्र ओसार्ने काम गर्दैन । मानिसलाई पनि आफ्नो गन्तव्यसम्म पुग्न सहयोग पुर्याउँछ ।

रोपवे कम प्राथमिकतामा किन ?
नेपालमा राणा शासनको समयदेखि नै रोपवे सञ्चालनमा रहेको थियो । विशेषत चन्द्रशमशेरको पालामा यसलाई सञ्चालनमा ल्याइएको थियो । तर, त्यो दीर्घकालीन भएको देखिएन । दीर्घकालीन हुन नसक्नुको कारण तत्कालीन समयमा उचित मर्मतसम्भार हुन सकेन । त्यसले गर्दा निश्चित समयमा सेवा दिए पनि दीर्घकालीन हुन सकेन । यसले गर्दा कतिपयलाई यसप्रति नकारात्मक धारणासमेत रहेको छ । तर, यथार्थमा चाहिँ त्यो अति नै पुरानो प्रविधिमा आधारित रहेको थियो । त्यसलाई स्तरोन्नति गर्ने काममा पनि चासो दिइएन र एउटा समयमा त्यसले काम गर्न छाड्यो । तर, अहिले आधुनिक यन्त्रहरूको विकास भएको छ । यसले गर्दा सहज र सजिलो मात्र होइन, मर्मत गर्न र दीर्घकालीन बनाउन पनि सकिने भएको छ । यसकारण सरकारी तहबाटै रोपवे निर्माणमा उच्च प्राथमिकता दिन आवश्यक भइसकेको छ ।

अत्याधुनिक मेसिन तथा उपकरण
अब निर्माण गरिने रोपवेलाई पुरानो प्रविधिमा मात्र आधारित बनाइनुहुँदैन । यसलाई अत्याधुनिक प्रविधिमा जानुपर्ने आवश्यकता छ । पुरानो प्रविधि भनेको पहिले झोलुंगे पुलको अभावमा नदी तर्नका लागि रोपवेको प्रयोग गरिन्थो । अहिले पनि त्यस्तो प्रविधिलाई अत्याधुनिक बनाउने र प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको छ । त्यसका लागि आवश्यक पार्टपुर्जा र आवश्यक सामानको भने स्थानीय रूपमा नै प्राप्त गर्न सक्ने गरी काम गर्नुपर्नेछ । त्यस्ता सामान बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्र तयार गर्ने वा उत्पादन गर्नेतर्फ योजना बनाउन आवश्यक छ । त्यस्तै, रोपवे सञ्चालन गर्दा नयाँ निर्माण गर्नुभन्दा मर्मतसम्भार महत्वपूर्ण हुन्छ । रोपवेलाई दीर्घकालीन बनाउने हो भने यसको मर्मतसम्भारलाई विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नयाँ प्रविधिको प्रयोगमा प्रोत्साहित गर्ने र प्रवद्र्धन गर्नेतर्फ पनि सोच्न आवश्यक छ । उदाहरणका लागि सडक निर्माण गर्दा पनि पहिले हातले वा घरेलु उपकरणको प्रयोग गर्ने गरिन्थ्यो । तर, अहिले अधिकांश सडक निर्माणमा डोजरको प्रयोग हुने गरको छ । त्यस्तै, गरी रोपवे निर्माणमा पनि अध्याधुनिक उपकरणको प्रयोग गरेर सहज र प्रभावकारी बनाउन सकिन्छ ।
वातावरणीय प्रभाव न्यून
रोपवेको अर्को महत्वपूर्ण पक्ष भनेको यसले वातावरण संरक्षणमा पु¥याउने योगदान हो । ठूला आयोजना निर्माण गर्दा वातावरणीय अध्ययन अनिवार्य हुन्छ । तर, वातावरणको अध्ययनले धेरै ठूलो असर पु¥याउने भएकाले ठूलो विरोध हुने गरेको छ । जबकि भौगोलिक रूपमा अप्ठ्यारो ठाउँमा रहेको आयोजनालाई पनि वातावरणलाई कुनै प्रभाव नै नपारी रोपवेको सहयोगबाट निर्माण सम्भव बनाउन सकिन्छ । यसकारण थोरै क्षतिबाट ठूला आयोजना निर्माण गर्न सकिने र वातावरणलाई दखल नदिईकन विकास गर्न सकिने सम्भावना उच्च हुन्छ ।
अध्ययनविना सडकलाई प्राथमिकता गलत
नेपालको भौगोलिक अवस्थितिअनुसार सबै ठाउँमा सडक पुग्न सम्भव देखिँदैन । तर, हामीले पछिल्ला दशकमा सडकलाई मात्र उच्च प्राथमिकता दिइरहेका छौँ । जुन गलत छ । यसले एकातिर दीर्घकालीन रूपमा लगानी खेर गइरहेको छ भने अर्कोतिर जमिनको नाश भइरहेको छ । ठाउँअनुसार कुन स्थानमा कस्तो यातायात प्रणाली सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट भएपछि मात्र सडक हुने ठाउँमा सडक, रेल हुने ठाउँमा रेल, रोपवे हुने ठाउँमा रोपवे सञ्चालन गर्नु आवश्यक हुने थियो । तर, नेपालमा अन्धाधुन्ध सडकमा मात्र लगानी गर्ने गरिएको छ । जुन गलत भइरहेको छ । त्यति मात्र होइन, हरेक गाविसमा जाने अनुदान रकम पनि अधिकांश सडकमा खर्च हुने गरेको छ । यसले सबै ठाउँमा नभए पनि केही स्थान यस्ता छन्, जहाँ सडक यातायात सम्भव हुँदैन । त्यस्तो ठाउँमा लगानी खेर जाने देखिन्छ । साथै, कुनै यस्ता ठाउँ छन् जहाँ रोपवे प्रभावकारी हुन सक्थ्यो । त्यहाँ रोपवेको तयारी थालनी हुनु त परको विषय, रोपवे हुन सक्छ भन्ने थाहा पनि छैन । यसकारण भौगौलिक अवस्थितिअनुसार यातायात प्रणाली छनोट गर्न ढिलाइ भइसकेको छ ।
रोपवेमा दुर्घटना हुँदैन
रोप (डोरी)मा जोडिएको प्रविधिको माध्यमबाट आवतजावत र ओसारपसारका लागि प्रयोग गरिने प्रणाली नै रोपवे हो । यसमा दुर्घटना हुने सम्भावना नै हुँदैन । जबकि नेपालमा सडक दुर्घटनाबाट हरेक वर्ष हजारभन्दा बढी मानिसले ज्यान गुमाइरहनु परिरहेको छ । यसरी ज्यान गुमाउनुको एउटा कारण भौतिक रूपमा सम्भव नभएको ठाउँमा सडक निर्माण र सञ्चालन गरेका कारण दुर्घटना भएर हो । त्यस्तै, सडकमा हिँड्ने सवारीसाधनमा डिजेल पेट्रोल, ड्राइभरलगायत खर्च आवधिक रूपमा हुने गरेको छ । जबकि रोपवेमा नेपालमै उत्पादन हुने विद्युत्को प्रयोग गरेर सञ्चालन गर्न सकिन्छ । लागत अत्यन्त न्यून रहेको छ । मर्मतसम्भारको लागि पनि सडककोजति आवश्यक पर्दैन । आउँदा दिनमा विद्युत्को खपत वृद्धि गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि पनि रोपवे उपयुक्त विकल्प हुन सक्छ । यसलाई उद्योगका रूपमा विकास गर्न आवश्यक छ ।
समुदाय तहमा रोपवेको आकर्षण
समुदाय तहमा रोपवेको आकर्षण रहेको देखिन्छ । देशभरका ६० ठाउँमा रोपवे नेपालले मात्र सर्वेक्षण र थप अध्ययन गरिरहेको छ । धेरै ठाउँमा अध्ययनकै अवस्थामा रहेकाले सञ्चालनमा भने आइसकेका छैनन् । पर्वतको कुस्मामा रहेको यान्त्रिक पुल सञ्चालनमा रहेको छ । यो पनि एक प्रकारको रोपवे नै हो । त्यस्तै, चन्द्रागिरि र मनकामना केबलकार पनि रोपवे नै हो । रोपवे मूलतः यातायातको साधन हो । सरकारले यसलाई प्रवद्र्धन गर्ने हो भने लगानी पनि यहीँ उठ्ने सम्भावना रहेको छ । तर, सरकारले प्राथमिकतामा नराखेका कारण पनि यो छायामा परिरहेको छ ।
सरल नीतिगत व्यवस्था आवश्यक
सरल नीतिगत व्यवस्था आवश्यक
रोपवे निर्माणका लागि नेपालमा सरल कानुनी व्यवस्था छैन । यसले गर्दा लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छैनन् । यस क्षेत्रमा लगानी वृद्धि गर्न लगानीमा सहुलियत र कम ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न आवश्यक छ । अहिले कानुनी आधार बनाउने काममा पनि ढिलाइ भइरहेको छ । यसले पनि यो क्षेत्र अघि बढ्नमा चुनौती भएको छ । त्यस्तै, रोपवेको क्षमता र दूरीजस्ता विषय पनि स्पष्ट पार्न आवश्यक छ । अहिलेसम्म रोपवेको यति मिटरको यति लगानी भन्ने छैन । तर, भूगोल र अन्य अवस्थामा निर्धारित हुने गरेको छ । यो सडकभन्दा चाहिँ सस्तो नै पर्छ ।
Wednesday, February 1, 2017
Subscribe to:
Posts (Atom)