वैशाख १, २०७३- आउने एक महिनामा काठमाडौंको थानकोट–चन्द्रागिरी केबुलकार सेवा सुरु हुने भएको छ ।
काठमाडौं फनपार्क लिमिटेडले ३ अर्बको लगानीमा निर्माण गरिरहेको केबुलकार संचालन तयारी अन्तिम चरणमा पुगेको कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विख्यातविक्रम राणाले बताए ।
तस्बिरहरु : किरण पाण्डे
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022429IMG_8599-1000x0.jpg)
थानकोट प्रहरी चौकीभन्दा केहीमाथि रहेको स्टेशनबाट ३८ वटा केबुल कारले घन्टाको १ हजारका दरले मानिसहरुलाई चन्द्रागिरीसम्म पुर्याउनेछन् । त्यहाँ रहेको भ्यु टावरबाट अन्नपूर्णदेखि सगरमाथा श्रृखलासम्मका हिमाल हेर्न सकिनेछ । दक्षिणतर्फ तराईसम्मको भूभाग देखिन्छ भने । टावरबाट काठमाडौं उपत्यकाका तीनै सहर अवलोकन गर्न सकिनेछ ।
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022439IMG_8655-1000x0.jpg)
समुद्री सतहबाट १५ सय २५ मिटर उचाइमा रहेको तल्लो स्टेसनबाट २५ सय ४० मिटर उचाईको चन्द्रागिरी चुचुरोमा पुग्न केबुलकारलाई ९ मिनेट लाग्नेछ ।
चन्द्रागिरी चुचुरोको अर्को आर्कषण प्यागोडा शैलीमा बनाइएको भालेश्वर महादेवको मन्दिर हो ।
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022430IMG_8627-1000x0.jpg)
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022430IMG_8571-1000x0.jpg)
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022449IMG_8682-1000x0.jpg)
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022428IMG_6440-1000x0.jpg)
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022429IMG_6437-1000x0.jpg)
![](http://assets-cdn.ekantipur.com/images/kantipur/miscellaneous/13042016022430IMG_8633-1000x0.jpg)
http://bit.ly/1S9AmDE
No comments:
Post a Comment