- ‘म पनि गेन्टिङ हाइल्याण्ड गएको थिएँ, योजना (केवल कार बनाउने) त मेरो पनि थियो, पैसा थिएन'
-
, काठमाडौं
भाद्र २२, २०७३- दुई साता थाइल्याण्डमा उपचार र आराम गरेर फर्किएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपत्यकाको पहिलो केवल कार चन्द्रागिरीमा देखिए ।
ओली पत्नी राधिकासहित पार्टीका अधिकांश शीर्ष नेताहरुसहित बिहान पौने १० बजेतिर चन्द्रागिरी पुगेका थिए । चन्द्रागिरी हिल्स प्रा.लि.को ४ अर्बभन्दा बढीको प्रोजेक्ट अवलोकनमा पहिलोपटक पुगेका ओली ४ घण्टाभन्दा बढी चन्द्रागिरीमै बिताए ।
ओलीले प्रोजेक्ट अवलोकनमात्रै गरेनन्, नेपाल पर्यटन बोर्डको ‘घुमफिर वर्ष’ प्रबर्द्धनका लागि पार्टीको पर्यटन इलाका कमिटीले चन्द्रागिरी डाँडामा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए । चन्द्रागिरीमा ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, चारजनै उपाध्यक्ष बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलसहित दुई दर्जन शीर्ष नेता पुगे ।
चन्द्रागिरी बेसक्याम्पमा सबै नेताहरुलाई चन्द्रागिरी हिल्स प्रा.लि.का अध्यक्ष चन्द्र ढकालसहितले स्वागत गरे । बेसक्याम्पको होटलमै ब्रेकफास्टपछि नेताहरु केवल कारबाट डाँडातिर गए ।
...
केवल कारको गोन्डामा ओलीसँगै पत्नी राधिका, चन्द्रागिरी केवल कारका चन्द्र ढकाल, प्रेस संयोजक चेतन अधिकारीसहित सुरक्षाकर्मी चढे । कमजोर स्वास्थ्यका बाबजुत पुगेका ओलीलाई चन्द्रागिरी डाँडाको अपर बेस स्टेशनदेखि मन्दिर र सेमिनार हलसम्म पुग्न गाडीको व्यवस्था गरिएको थियो । उनी अपस बेस स्टेशनदेखि सेमिनार हल पुगे ।
...
सेमिनार हलमा केही मिनेट बसेपछि उनी भालेश्वर मन्दिर दर्शनका लागि गए । उनीसँगै उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरुले पनि मन्दिर दर्शन गरे ।
केवल कारको गोन्डामा ओलीसँगै पत्नी राधिका, चन्द्रागिरी केवल कारका चन्द्र ढकाल, प्रेस संयोजक चेतन अधिकारीसहित सुरक्षाकर्मी चढे । कमजोर स्वास्थ्यका बाबजुत पुगेका ओलीलाई चन्द्रागिरी डाँडाको अपर बेस स्टेशनदेखि मन्दिर र सेमिनार हलसम्म पुग्न गाडीको व्यवस्था गरिएको थियो । उनी अपस बेस स्टेशनदेखि सेमिनार हल पुगे ।
...
सेमिनार हलमा केही मिनेट बसेपछि उनी भालेश्वर मन्दिर दर्शनका लागि गए । उनीसँगै उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरुले पनि मन्दिर दर्शन गरे ।
मन्दिरकै छेवैमा रहेको ऐतिहासिक चन्द्रागिरी डाँडाबाट काठमाडौं अवलोकन गरे । जहाँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको किंवदन्ती सुनाइयो । उनले पनि जुँगामा ताउ लगाए । उद्यमी ढकालले भने, ‘अध्यक्षज्यू भालेश्वर मन्दिरमा जे मागे पनि पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।’
ओलीलाई पार्टीकै नेताले सोधे, तपाईं के माग्नुहुन्छ ? ओलीले माग्दिन भन्दै मुन्टो हल्लाए । ‘म वर माग्छु,’ नेता केशव बडालले भने, ‘देशमा शान्ति, सुव्यस्था, सुशासन र विकास होस् ।’
...
...
अवलोकनमा ओलीले ढकाललाई लगानी रकम, लगानीकर्ता र सेवा सुविधानबारे सोधे । उनले केही दिनअघि केवल कार लामो समय अड्किएको भन्नेबारे पनि जिज्ञासा राखे । ढकालले प्रोजेक्ट कन्सेप्टदेखि केवल कार रोकिएकोबारे बेलिबिस्तार लगाए ।
पछि सेमिनार हलमा भएको कार्यक्रममा ढकालले सन् २००१ मा मलेसियाको गेन्टिङ हाइल्याण्डमा जाँदा आफूलाई केवल कार बनाउने योजना फुरेको बताए । उनले बैंकको सामान्य कर्मचारीदेखिदेखि सुरु भएको व्यवसायिक यात्रा पनि सुनाए ।
ढकालले डेडिकेटेड विद्युत् लाइन नहुँदा केवल कार रोकिने समस्या छिटफुट देखिएको बताउँदै नेताहरुको ध्यानाकर्षण गराए ।
...
...
संक्षिप्त कार्यक्रमका एक्ला वक्ता ओलीले ढकालको कन्सेप्टको प्रशंसा गर्दै चन्द्रागिरी केवल कारको सफलताको कामना गरे । ‘म पनि गेन्टिङ हाइल्याण्ड गएको थिएँ, योजना त मेरो पनि थियो,’ उनले भने, ‘तर पैसा थिएन, चन्द्रजीसँग पैसा थियो, काम गर्नुभयो ।’
ओलीले नेपाल प्राकृतिकरुपमा धनी रहेको बताउँदै एकपटक नेपाल घुम्नैपर्ने सन्देश दिनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको ३ अर्ब पर्यटक नेपाल भित्र्याउने योजनालाई भने हावादारी भएको बताए ।
डेडिकेटेड विद्युत् लाइन जोडिदिन गरेको आग्रहमा ओलीको भनाइ थियो, ‘अहिलेको सरकारलाई भनौंला, तर गर्लाजस्तो लाग्दैन, अली समय पर्खनुस् अर्को सरकारले तपाईंको माग पूरा गर्छ ।’
ओलीले ढकाललाई उनको प्रोजेक्टका लागि केही सुझाव दिए । होटलमा सबै खालको आर्थिक हैसियत भएकाले खर्च गर्ने वातावरण बनाउन आग्रह गरे । सँगै भने, ‘अब पृथ्वीनारायण शाहले जुँगामा ताउ लगाएको सालिक पनि राख्नुस् ।’



















No comments:
Post a Comment