Sunday, May 1, 2016

प्रकृतिको अनुपम उपहार रारा

मुगु जिल्लास्थित नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण रारातालले कसको मन नलोभ्याउँला र । छिन छिनको रुप फेरार्इ अनि सिजन अनुसार किनारका विभिन्न जातका बुट्यानदेखि रुखहरु फूलेको दृश्यले त त्यहाँ पुग्नेहरूलार्इ मोहित बनाउँछ ।

१.

Rara Tal (4)
२ हजार ९ सय ९० मिटरको उचार्इमा अवस्थित रारामा लेकाली वनस्पति र जिवजन्तुहरु पाइन्छ । खडेरीले तालको सतह केहि घटे पनि राराको सुन्दरतामा कुनै कमी नआएको स्थानियहरुको कथन छ ।
तालको संरक्षणका लागि रारा राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको ब्यारेक स्थापना गरिएको छ । मुगु सडक सञ्जालसँग जोडिएपछि रारा हेर्नेको संख्यामा बृद्दि हुँदै गएको कुरा निकुञ्जका कर्मचारी गोपालबहादुर खत्री बताउँछन् ।

२.

Rara Tal (6)
यतिखेर रारा छेउमा रहेको एकमात्र डाँफे होटललार्इ पाहुनाहरुलार्इ व्यवस्थापन गर्न भ्याइ नभ्यार्इ भएको छ । राराको पर्यटन विकासका साथै व्यापक प्रचार प्रसार गरे विश्वकै ध्यान तान्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

३.

Rara Tal (5)

४.

Rara Tal (3)

५.

Rara Tal (2)

६.

Rara Tal (1)

No comments:

Post a Comment