Sunday, August 21, 2016

बादलको माथिमाथि केबलकारैमा...

भाद्र ५, २०७३- काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्नको लागि निर्माण गरिएको केबलकार आंशिक सञ्चालनमा आएको छ । दुई सातापछि पूर्ण सञ्चालनमा आउने चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । अहिले बिहान ९ देखि अपराह्न ५ बजेसम्म मात्रै केबलकार सञ्चालन भइरहेको छ ।
व्यावसायिक रूपमा सञ्चालनपछि दैनिक १० हजारलाई चन्द्रागिरी पुर्‍याउने उद्देश्य प्रालिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी निर्माण गरेको केबुलकारबाट हाल दैनिक एक हजारले ओहोरदोहोर गरिरहेका छन् । एक यात्रुको दोहोरो सात सय भाडा छ । फाखेल, चित्लाङ, थानकोटलगायत क्षेत्रका स्थानीयवासी, अपांग र वृद्धवृद्धालाई २५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ ।
११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । अहिले फटाफट पैदल हिँड्नेलाई चन्द्रागिरी पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।

 
११ मध्ये एउटामा एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौसय मिटर छ । जसले गर्दा केबलकारमा यात्रा गर्ने यात्रुलाई 'थ्रीलिङ' अनुभव गराउँछ,' उनी भन्छन्, 'यात्रुले केबलकार चढ्दा रोमान्चसँगै रमाइलो अनुभव गर्नेछन् ।' 
महालंगुर हिश्रृंखलादेखि अन्नपू्र्ण हिमश्रृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मजा लिन सक्नेछन् । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तरार्इसम्म देखिन्छ । अझ रमाइलो त के छ भने कहिले बादल भित्र त कहिले बादलमाथि हुँदै केबलकारमा सरर उक्लनु र ओर्लनुको मजै बेग्लै छ ।

 
फनपार्क प्रालिको लगानीमा केबुलकार र भालेश्वर मन्दिरको निर्माण सम्पन्न भए पनि होटल र रेस्टुराँको निर्माण कार्य भने सकिएको छैन । ‘त्यसैले आंशिक रूपमा सञ्चालन गरिएको हो,’ प्रालिका महाप्रबन्धक अभिषेक शाहले भने, ‘होटल र रेस्टुराँको निर्माण सकिएलगत्तै पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौं ।’ ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको केबलकारसँगै रक क्लाइम्बिङ, जिप फ्लायर, प्याराग्लाइडिङ र बुटिक होटल सञ्चालन गरिने जनाएको छ । खर्चालु पर्यटकहरूलाई लक्षित गर्दै पाँच तारे स्तरको बुटिक होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
अस्ट्रियाको आधुनिक ‘डोपलमेयर’ कम्पनीबाट केबुलकार आयात गरी ३ अर्ब २५ करोडको लागतमा निर्माण गरिएको हो । यसको लागत अझै बढ्ने कम्पनीले जनाएको छ ।
नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ३० देखि ४० प्रतिशतलाई चन्द्रागिरी पुर्‍याएर उनीहरूको बसाइ एक दिन लम्याउने कम्पनीको उद्देश्य छ । ‘जंगलबीच रोमाञ्चित हिमालदेखि तराईसम्म देखिने चन्द्रागिरीमा बोटानिकल गार्डेनमा समेत रमाउन सकिने व्यवस्था गर्न लागेका छौं,’ शाहले भने, ‘फुलस्पिडमा केबुलकार सञ्चालन भएपछि मकवानपुरको चित्लाङ र मार्खु गाविसमा पनि स्वदेशी एव विदेशी पर्यटकहरूको बास हुनेछ ।’ केबुलकारको तल्लो स्टेसन ६ हेक्टर जमिनमा फैलिएको छ भने माथिल्लो स्टेसनका लागि सरकारसँग ३६ हेक्टर जमिन लिजमा लिएको छ ।
थानकोटबाट चन्द्रागिरी ४ दशमलव २ किलोमिटरमा केबुलकारका ११ वटा टावरहरू निर्माण गरिएका छन् । केबुलकारमार्फत ८ मिनेटमा थानकोटबाट चन्द्रागिरी डाँडामा पुगिन्छ । थानकोटबाट चन्द्रागिरी हिँडेर जानका लागि साढे २ घण्टा लाग्छ । थानकोटदेखि चन्द्रागिरी डाँडासम्म ३८ वटा क्याबिन (गोन्डोला) राखिएका छन् । ‘एउटा क्याबिनमा ८ जना अट्ने क्षमता हुन्छ,’ सञ्चालकले भने । प्रतिघण्टा एक हजार यात्रु आवत–जावत गर्ने क्षमता उक्त केबुलकारको रहेको छ ।
तस्बिरहरु: किरण पाण्डे, निमेषजंग राई र अंगद ढकाल

Monday, May 9, 2016

चन्द्रागिरिमा चल्न थाले केबलकार


चन्द्रागिरिमा केबलकार

केबलकार चढ्न मनकामना नै पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ
उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ ।
थानकोट गोदामचौरबाट चन्द्रागिरि डाँडासम्म दुई किलोमिटर दूरीमा अब ३८ वटा गन्डोला सञ्चालन हुनेछन् । ९ मिनेटको यात्रा दूरी हुनेछ । केबलकार सञ्चालक कम्पनी काठमाडौं फनपार्कका अध्यक्ष चन्द्र ढकालका अनुसार केबलकार एक महिनापछि नियमित सञ्चालन हुनेछ ।
सवा तीन अर्बको लगानीमा काठमाडौं फनपार्क अन्तर्गत चन्द्रागिरि केबलकार, चन्द्रागिरि मन्दिर (भालेश्वर महादेव), चन्द्रागिरि भ्यू टावर र चन्द्रागिरि रिसोर्ट सञ्चालन हुने ढकालले जानकारी दिए ।
chandra giri cable car 3
Chandragiri Temple (Bhaleeshwor Mahadev)
Chandragiri Temple
(Bhaleeshwor Mahadev)

chandra giri cable car 4
chandra giri cable car 9
chandra giri cable car 7
chandra giri cable car1
chandragiri cable car alignment
chandragiri cablecar
chandra giri cable car 6

Sunday, May 1, 2016

प्रकृतिको अनुपम उपहार रारा

मुगु जिल्लास्थित नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण रारातालले कसको मन नलोभ्याउँला र । छिन छिनको रुप फेरार्इ अनि सिजन अनुसार किनारका विभिन्न जातका बुट्यानदेखि रुखहरु फूलेको दृश्यले त त्यहाँ पुग्नेहरूलार्इ मोहित बनाउँछ ।

१.

Rara Tal (4)
२ हजार ९ सय ९० मिटरको उचार्इमा अवस्थित रारामा लेकाली वनस्पति र जिवजन्तुहरु पाइन्छ । खडेरीले तालको सतह केहि घटे पनि राराको सुन्दरतामा कुनै कमी नआएको स्थानियहरुको कथन छ ।
तालको संरक्षणका लागि रारा राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको ब्यारेक स्थापना गरिएको छ । मुगु सडक सञ्जालसँग जोडिएपछि रारा हेर्नेको संख्यामा बृद्दि हुँदै गएको कुरा निकुञ्जका कर्मचारी गोपालबहादुर खत्री बताउँछन् ।

२.

Rara Tal (6)
यतिखेर रारा छेउमा रहेको एकमात्र डाँफे होटललार्इ पाहुनाहरुलार्इ व्यवस्थापन गर्न भ्याइ नभ्यार्इ भएको छ । राराको पर्यटन विकासका साथै व्यापक प्रचार प्रसार गरे विश्वकै ध्यान तान्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

३.

Rara Tal (5)

४.

Rara Tal (3)

५.

Rara Tal (2)

६.

Rara Tal (1)

Friday, April 15, 2016

यस्तो बन्दैछ– चन्द्रागिरी केबुलकार (फोटोफिचर)

वैशाख १, २०७३- आउने एक महिनामा काठमाडौंको थानकोट–चन्द्रागिरी केबुलकार सेवा सुरु हुने भएको छ ।
काठमाडौं फनपार्क लिमिटेडले ३ अर्बको लगानीमा निर्माण गरिरहेको केबुलकार संचालन तयारी अन्तिम चरणमा पुगेको कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विख्यातविक्रम राणाले बताए ।
तस्बिरहरु : किरण पाण्डे
थानकोट प्रहरी चौकीभन्दा केहीमाथि रहेको स्टेशनबाट ३८ वटा केबुल कारले घन्टाको १ हजारका दरले मानिसहरुलाई चन्द्रागिरीसम्म पुर्‍याउनेछन् । त्यहाँ रहेको भ्यु टावरबाट अन्नपूर्णदेखि सगरमाथा श्रृखलासम्मका हिमाल हेर्न सकिनेछ । दक्षिणतर्फ तराईसम्मको भूभाग देखिन्छ भने । टावरबाट काठमाडौं उपत्यकाका तीनै सहर अवलोकन गर्न सकिनेछ ।


समुद्री सतहबाट १५ सय २५ मिटर उचाइमा रहेको तल्लो स्टेसनबाट २५ सय ४० मिटर उचाईको चन्द्रागिरी चुचुरोमा पुग्न केबुलकारलाई ९ मिनेट लाग्नेछ ।
चन्द्रागिरी चुचुरोको अर्को आर्कषण प्यागोडा शैलीमा बनाइएको भालेश्वर महादेवको मन्दिर हो ।



http://bit.ly/1S9AmDE

Saturday, April 2, 2016

कस्तो बन्दैछ चन्द्रागिरि केबल कार ?


काठमाडौं फनपार्क प्राइभेट लिमिटेडले थानकोटको गोदामचौरदेखि चन्द्रागिरिसम्म पुग्ने केबल कार निर्माणको ९० प्रतिशत काम सम्पन्न गरेको छ। आगामी वैशाखदेखि सर्बसाधारणलाई केबलकार मार्फत् चन्द्रागिरिमा पुर्याउने, निर्माण कम्पनीको योजना छ। 
 
लगानीकर्ता तथा कम्पनीका निर्देशक अम्बिका प्रसाद पौडेलले भने, ‘वैशाखदेखि सर्बसाधारणलाई चन्द्रागिरिमा केबलकार मार्फत् पुर्याउने हाम्रो योजना भएपनि नाकाबन्दीको असरले गर्दा अलि ढिला होला जस्तो छ। तर टेस्ट राइड चाहिँ जसरी भएपनि वैशाख १ मै गर्ने योजना बनाएका छाैँ।’
भूकम्प र नाकाबन्दीको कारण प्रभावित भएको चन्द्रागिरि केबल कार निर्माण केही समय यतादेखि पुनः संचालन भएको छ। नाकाबन्दीको कारण केबलकारको रोप लामो समय भारतीय नाकामा नै अड्किएको थियो। नाकाबन्दी खुलेपछि भने निर्माण कम्पनीले बिदेशबाट कामदार ल्याई कार्य सुरु गरेको छ। विदेशी कामदारहरुले अहिले रोप झुण्डाउन थालिसकेका छन्।
२१ महिना अघिबाट निर्माण सुरु गरेको कम्पनीले नाकाबन्दी र भूकम्पको समयमा कैयन काम थाती राखेको थियो। गोदाममा बन्दै गरेको बटम स्टेशनको अहिले निर्माण कार्य धेरै नै सकिएको छ। बटम स्टेशनमा रेष्टुरेन्ट पनि राख्ने कम्पनीको योजना छ। चन्द्रागिरिमा बन्दै गरेको मन्दिर, इन्टरटेनमेन्ट थिएटर, बार र ल्यान्डीङ स्टेशनको धेरैजसो काम सकिएको पौडेलले जानकारी दिएका छन्। 
केबलकारका बक्स अर्थात् गोन्डाला कम्पनीले ल्याएको चार महिना बितिसकेको छ। तर नाकाबन्दीको कारण काम अघि नबढेपछि अहिलेसम्म गोन्डाला झुण्डाउन सकिएको छैन। काठमाडौं फनपार्क प्राइभेट लिमिटेडले चन्द्रागिरिमा रहेको जग्गा नेपाल सरकारबाट ४० वर्षको लागि भाडामा लिएको छ। तर गोदाममा बन्दै गरेको बटम स्टेशनको जग्गा भने कम्पनी आफैँले खरिद गरेको हो।
पौडेलका अनुसार २०६६ सालमा चन्द्रागिरिमा केबल कार लैजाने योजना सहित काठमाडौं फनपार्क प्राइभेट लिमिटेडको गठन भएको थियो। तर यसले ५ वर्ष भने सरकारबाट अनुमति लिनै बिताएको थियो। पौडेलले भने ‘काठमाडौँ बासीका लागि अहिले थकान भुलाउने कुनै ठाउँ नै छैन, थकान भुलाई मनोरञ्जन दिन सकियोस् भनेर हामीले चन्द्रागिरिमा केबल कार लैजाने योजना बनाएका थियाैँ। ’
चन्द्रागिरिबाट सगरमाथादेखि तराइको भू–भागसम्म दृश्यावलोकन गर्न सकिने पौडेल बताउँछन्। साथै चन्द्रागिरिलाई धार्मिक स्थलको रुपमा समेत परिणत गर्न लागेको छ। चन्द्रागिरिमा रहेको भालेश्वर महादेव क्षेत्रमा अहिले कम्पनीले मन्दिर निर्माण गरिरहेको छ। केबलकार बाहेक पैदलमार्ग मार्फत् जाने भक्तजनहरुका लागि समेत मन्दिर दर्शन गर्ने सुविधा रहेको पौडेल बताउँछन्। 
हिन्दु धर्मग्रन्थका आधारमा, महादेवले सतिदेवीको शव बोेकेर हिँडिरहेका समयमा चन्द्रागिरिमा सतिदेवीको निधार खसेको स्थनीयबासीको विश्वास छ। साथै पृथ्वी नारायण शाहले चन्द्रागिरिमा आएर पानी माग्ने गरेको कथन भएको पनि स्थानीयबासी बताउँछन्। उनले मकवानपुर ससुराली गएका बेलामा चन्द्रागिरिको डाँडाबाट काठमाडौं हेरेपछि नै काठमाडौंलाई पनि एकिकरण गर्ने योजना बनाएको इतिहासविद्हरुको भनाई छ ।  
यसअघि पनि मानिसहरु चन्द्रागिरिमा पुजाआजा गर्न जाने गरिरहेका छन्। तर अब भने भक्तजनहरुलाई केलबकार मै चन्द्रागिरिसम्म पुर्याउने कम्पनीको योजना हो। तर गोदामचौरबाट चन्द्रागिरिसम्म केबलकारमा पुग्न के कति शुल्क लिने भन्ने बिषयमा कम्पनीले अहिलेसम्म कुनै टुङ्गो लगाएको छैन। मन्दिरका साथै त्यहाँ रमाइलो गर्न जानेका लागि निर्माण कम्पनीले अत्याधुनिक इन्टरटेनमेन्ट हल निर्माण गरेको छ। साथै चन्द्रागिरिबाट १ सय ८० डिग्रीमा देखिने हिमालपनि आगन्तुकहरुको आकर्षणको केन्द्र बन्ने पौडेलको दाबी छ। चन्द्रागिरिबाट काठमाडौं तथा ललितपुर र भक्तपुरको बस्तीको समेत अबलोकन गर्न सकिन्छ। 
गोदामचौरबाट अहिले चन्द्रागिरिसम्म पुग्न सार्वननिक सवारी साधनमा झन्डै एक घन्टा लाग्छ। तर केबलकारमा भने गोदामचौरबाट चन्द्रागिरिसम्म पुग्न ९ मिनेट लाग्ने कम्पनीको दाबी छ।चन्द्रागिरि समुद्रसतहबाट २५ सय ४० मिटर उचाइमा छ। जसले गर्दा यहाँबाट मौसम राम्रो भएको समयमा हिमालहरु देख्न सकिन्छ। साथै हिमाल नै दृश्यावलोकन गराउने उद्देश्यका साथ कम्पनीले चन्द्रागिरिमा ‘भ्यू टावर’ समेत निर्माण गरिरहेको छ।
दैनिक १० हजारसम्म मानिसहरुलाई सेवा पुर्याउन सकिने गरी केबल कार सञ्चालन गर्न लागिएको पौडेलले जानकारी दिएका छन्। कम्पनीले मानिस चढ्ने ३८ वटा गोन्डाला र तीनवटा सरसामान बोक्ने गोन्डाला जडान गर्न लागेको जनाएको छ। निर्माण कम्पनीले चन्द्रागिरिमा होटल तथा रिसोर्ट पनि निर्माण गर्न लागेको छ। तर भूकम्पको कारण प्रभावित भएकाले होटल तथा रिसोर्टको अहिलेसम्म निर्माण कार्य थालनी हुन सकेको छैन।  
लोडसेडिङको समयमा जेनेरेटर मार्फत् केबुलकार सञ्चालन गर्ने  कम्पनीको योजना छ। थानकोट प्रहरीचौकी नजिकबाट चित्लाङ जाने बाटोतर्फ करिब ३ मिनेट जति सवारी साधनमा गएपछि केबुलकारको बटम स्टेशनसम्म पुग्न सकिन्छ।   
 
तस्विरः भरतबन्धु थापा
स्रोत: सेतोपाटि