Monday, June 10, 2013

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार


काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLE Metro Cable
काठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।
‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।’

१ घण्टाको बाटो १५ मिनेटमा
दक्षिण अमेरिकी मुलुकमा पछिल्लो दशकमा अर्बन केवुलकारको अबधारणाले तिब्रता पाएको छ । सन् २००६ मा कोलम्बियाको मेडलिन सिटीमा संचालनमा आएको मेट्रो केवल पहिलो अर्बन केवलकारका रुपमा चिनिन्छ । त्यसबाट प्रभावित भएर ब्राजिल, भेनेजुयला, पोर्टल्याण्ड लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा केवलकार निर्माण गरिएको छ ।
MEDELLIN-METROCABLE-1
‘अझै २० बर्ष काठमाण्डौमा मेट्रो रेल बन्न सक्ने अबस्था छैन’ राणाले भन्नुभयो-’काठमाण्डौमा बढ्दो ट्राफिक जामबाट मुक्ति पाउने यो नै सस्तो र उत्तम बिकल्प हो ।’ केवुलकार संचालनमा आएपछि १ घण्टामा पुगिने ठाउँमा १० देखि १५ मिनेटमा पुगिने राणाले बताउनुभयो । कम्पनीले नारायणगोपाल चोकदेखि लगनखेलसम्म र कोटेश्वरदेखि बौद्धसम्म केवुलकार संचालन गर्न सम्भाब्यता अध्ययन गरिसकेको छ । दुई लाइन केवलकार संचालन गर्न १२ देखि १५ अर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको राणाले बताउनुभयो । मुख्य मुख्य स्थानमा यात्रु चढ्ने र झर्ने स्टेशनहरु पनि राखिनेछन ।
एउटा डिब्बामा ३० यात्रु
केवुलकारको एउटा डिब्बामा २५/३० जनासम्म अटाउने छन् । काठमाडौंको साँघुरा सडकमा केवुलकार अति उत्तम विकल्प हुने राणाले बताउनुभयो । रेडिमेड पोल ल्याएर गाडिने हुँदा केवुलकारको संरचना निर्माण गर्दा सडक र भौतिक संरचनामा ठूलो फेरबदल गर्नुपर्ने छैन । मेट्रो रेलको तुलनामा केवुलकार सस्तो समेत हुने उहाँको दाबि छ । सरकारले राजधानीका विभिन्न ठाउँमा मेट्रो रेल संचालन गर्नका लागि अध्यायन समेत गरिसकेको छ ।
केवुलकारको भाडा गाडिको लिने भाडा बराबर हुने उहाँले बताउनुभयो । केवुलकार संचालन भएको १०/१५ वर्षमा लगानी सबै उठिसक्ने हुँदा विदेशी कम्पनीहरु अर्वन केवुलकारमा लगानी गर्न उत्सुक रहेका हुन् ।
बिदेशी लगानी, दुई बर्षमा निर्माण सकिने
केवुलकारमा लगानी गर्नका लागि फ्रान्सका २/३ वटा कम्पनीहरु सकरात्मक देखिएको बताउँदै उहाँले भन्नुभयो- ‘फ्रान्सेली कम्पनीहरु यो परियोजनामा लगानी गर्न इच्छुक छन, उनीहरुकै सहयोगमा प्रारम्भिक अध्ययन सकिएको छ ।’
काम सुरु गरेको २ वर्षभित्रमा केवुलकार संचालन भईसक्ने बताउँदै राणाले सरकारले संचालन अनुमति चाँडै दिनेमा भने शंका व्यक्त गर्नुभयो । सरकारले तत्काल अनुमति दिएमा आवश्यक सबै प्रकृया सिध्याएर २ वर्षभित्रमा काम सुरु गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । ‘हामीले लगानी गर्छौं भन्दा पनि सरकारले काम गर्न दिँदैन’ उहाँले भन्नुभयो- ‘हामीले जतिसुकै राम्रा प्रोजेक्ट ल्याएपनि सरकारले काम गर्ने अनुमति दिन ढिलाई गरिदिन्छ, त्यसले लगानीकर्ता निराश र हतोत्साही हुन्छन ।’
पर्यटन प्रवर्द्धनका लागि उपर्यूक्त
अर्वन केवुलकार यातायातको लागिमात्र नभएर पर्यटन विकासका लागि पनि अति उपयोगी हुने कम्पनीको विश्वास छ । ‘केवुलकार संचालन भयो भने राजधानीको रुपै परिवर्तन हुनेछ’ राणाले भन्नुभयो- ‘साथै यो वातावरणमैत्री पनि हुनेछ ।’

वैशाख महिनामा केवल कारलाई १ करोड भन्दा वढी घाटा

एकिकृत नकेपा माओवादीले वैशाख महिनामा गरेको आम हडतालका कारण मनकामना दर्शन प्रा।लि।द्वारा संचालनमा ल्याइएको मनकामना केवल कार वैशाख महिनामा १ करोड भन्दा वढी घाटामा परेको कार्यालयले जनाएको छ ।

दैनिक सरदर दुइ हजार पाँच सयका दरले तिर्थ यात्रीहरुले मनकामना केवलकार चढने गर्दथ्यो । माओवादी आम हडताल अघिल्लो दिन सम्म ३२ हजार तिर्थ यात्रीले यात्रा गरी सकेको केवल कारमा वैशाख महिना भरीमा केवल ३९ हजार तिर्थ यात्रीहरुले मात्र यात्रा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले दिएको जानाकारी अनुसार वैशाख महिनामा मात्र ३५ हजार यात्रुहरुले केवल कारमा यात्रा गर्न नपाउदा १ करोड १० लाख घाटा भएको जनाएको छ । साउन र भाद महिना वाहेक सवै महिनामा अत्याधिक चाप रहने केवल कारमा माओवादी आम हडतालकै कारण यात्रुको संख्यामा कमी आएको जनाएको हो ।
संचालन अवधी भरमा नै सर्वाधिक यात्रुको संख्या भने ०६६ साल चैत्र महिनामा रहेको थियो । उत्त महिनामा ९६ हजार ९ सय ९४ जनाले यात्रा गरेको थियो ।
माओवादी आम हडताल फिर्ता पछिको पहिलो दिनमा भने केवल १ सय ८९ जना मात्रले केवल कारको यात्रा गरेको समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेष्ठको ८ गते देखी मात्र यात्रुको संख्यामा उल्लेखनीय वृद्वि भएको जनाएको छ । उत्त दिन ५ हजार यात्रुले यात्रा गरेको थियो ।
केवल कार संचालन खर्च धान्नको लागी मात्र दैनिक १ हजार भन्दा वढी यात्रुले यात्रा गनु पर्ने छ ।

Saturday, June 8, 2013

Peru's cable cars to promote tourism and integration, says Humala

Lima, May 27 (ANDINA). Peru’s President Ollanta Humala launched Monday the Cable Car Program, which is aimed at promoting tourism and integration in Peruvian regions.
Photo: ANDINA/Prensa Presidencia
Photo: ANDINA/Prensa Presidencia
The program seeks to build a cable car in each region in order to integrate communities and promote trade.

"The idea is to work two concepts: integration and tourism,” Humala said. “Many communities have that problem of getting their produce off the field.”

The President said that it is necessary to "face the challenge imposed on us by nature," and cable cars are one of the most viable means to this end.

"The goal is to have a cable in each region, so we intend to work with regional governments and mayors to see where (cable cars) are needed and we’ll do it.”

(END) JCC/MVF/LOG/MOC   

Wednesday, May 29, 2013

तनहुंमा केबलकार कात्तिकबाट निर्माण शुरू

स्वदेशी व्यवसायीको रू. ३० करोड लगानी Bandipur Cable Car 
स्वदेशी व्यवसायीको रू. ३० करोड लगानी

जेठ १३, बन्दीपुर (तनहुँ) । तनहुँका दुई पर्यटकीय क्षेत्र बन्दीपुर र विमलनगरलाई समेट्ने गरी केबलकार निर्माणको तयारी थालिएको छ । त्यसका लागि बन्दीपुर केबलकार प्रालि नामक कम्पनीसमेत दर्ता भइसकेको छ । केबलकार निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत प्राविधिक प्रतिवेदन तयार भइसकेको कम्पनीका अध्यक्ष ताराप्रसाद उपाध्यायले बताए । उनले भने,‘उक्त केबलकारको लम्बाइ १ हजार ५ सय २५ मिटर हुनेछ ।’उनका अनुसार केबलकार निर्माणमा स्वदेशी लगानीकर्ताहरूबाट रू.३० करोड लगानी हुनेछ ।  कम्पनीले केबलकार निर्माणका लागि सरकारबाट अनुमतिसमेत पाइसकेको बताइएको  छ । केबलकारको भौतिक निर्माण कार्य आउँदो कात्तिकमा शुरू गरिने कम्पनीले बताएको छ । कम्पनीमा स्थानीयसहित ५ जना प्रवद्र्धक छन् । उपाध्यायले स्थानीय बासिन्दाले पनि लगानी गर्न सक्ने गरी चाँडै शेयर निष्कासन गर्ने तयारी भइरहेको पनि बताए । ‘यसमा सम्पूर्ण लगानी स्वदेशी हुनेछ,’उनले भने,‘हामी स्वदेशी पूँजी र स्थानीय सहभागिताका आधारमा काम गर्ने तयारीमा छौं ।’कम्पनीको अध्ययनले केबलकारबाट प्रतिघण्टा २ सय जनालाई वारपार गराउन सक्ने देखिएको छ । केबलकारसँगै १० ओटा ट्रली पनि सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ ।  एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि स्वदेशी विदेशी पर्यटकमाझ चिनिएका बन्दीपुर दुवै क्षेत्रमा पर्यटक आगमन बढाउन केबलकारले महत्वपूर्ण सहयोग पुर्‍याउने उपाध्यायले बताए । विमलनगर बजारनजिकैबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।‘केबलकारबाटै माछापुछ्रे, अन्नपूर्ण, लमजुङ, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिनेछ,’उनले भने, ‘केबलकारबाट प्राकृतिक दृश्यका साथै बन्दीपुरको सांस्कृतिक सम्पदासमेत अवलोकन गर्न सकिनेछ ।’कम्पनीले केबलकार सञ्चालनका लागि आवश्यक उपकरणका लागि भारतीय कम्पनीसँग छलफल गरिरहेको बताएको छ । उनले भने,‘हामी नेपालमै विकसित प्रविधि प्रयोग गर्ने सोचमा समेत छौं ।’  तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष मङ्गलप्रसाद श्रेष्ठले बन्दीपुरमा केबलकार निर्माण भए बन्दीपुर र विमलनगर मात्र नभएर समग्र तनहुँकै पर्यटन विकासमा  योगदान पुग्ने बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वयेश गुरुङले केबलकार निर्माण हुने खबरले पर्यटन व्यवसायीमा थप उत्साह छाएको बताए । ‘केबलकार निर्माणसँगै बन्दीपुरवरपरका क्षेत्रमा पर्यटकीय विकासका लागि थप काम गर्नु आवश्यक छ,’उनले भने, ‘नत्र, यसै भीड हुने बन्दीपुरले पर्यटक चाप थेग्न   सक्दैन ।’ जेठ १३, बन्दीपुर (तनहुँ) । तनहुँका दुई पर्यटकीय क्षेत्र बन्दीपुर र विमलनगरलाई समेट्ने गरी केबलकार निर्माणको तयारी थालिएको छ । त्यसका लागि बन्दीपुर केबलकार प्रालि नामक कम्पनीसमेत दर्ता भइसकेको छ । केबलकार निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत प्राविधिक प्रतिवेदन तयार भइसकेको कम्पनीका अध्यक्ष ताराप्रसाद उपाध्यायले बताए । उनले भने,‘उक्त केबलकारको लम्बाइ १ हजार ५ सय २५ मिटर हुनेछ ।’उनका अनुसार केबलकार निर्माणमा स्वदेशी लगानीकर्ताहरूबाट रू.३० करोड लगानी हुनेछ ।

कम्पनीले केबलकार निर्माणका लागि सरकारबाट अनुमतिसमेत पाइसकेको बताइएको  छ । केबलकारको भौतिक निर्माण कार्य आउँदो कात्तिकमा शुरू गरिने कम्पनीले बताएको छ । कम्पनीमा स्थानीयसहित ५ जना प्रवद्र्धक छन् । उपाध्यायले स्थानीय बासिन्दाले पनि लगानी गर्न सक्ने गरी चाँडै शेयर निष्कासन गर्ने तयारी भइरहेको पनि बताए । ‘यसमा सम्पूर्ण लगानी स्वदेशी हुनेछ,’उनले भने,‘हामी स्वदेशी पूँजी र स्थानीय सहभागिताका आधारमा काम गर्ने तयारीमा छौं ।’कम्पनीको अध्ययनले केबलकारबाट प्रतिघण्टा २ सय जनालाई वारपार गराउन सक्ने देखिएको छ । केबलकारसँगै १० ओटा ट्रली पनि सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ ।

एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि स्वदेशी विदेशी पर्यटकमाझ चिनिएका बन्दीपुर दुवै क्षेत्रमा पर्यटक आगमन बढाउन केबलकारले महत्वपूर्ण सहयोग पुर्‍याउने उपाध्यायले बताए । विमलनगर बजारनजिकैबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।‘केबलकारबाटै माछापुछ्रे, अन्नपूर्ण, लमजुङ, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिनेछ,’उनले भने, ‘केबलकारबाट प्राकृतिक दृश्यका साथै बन्दीपुरको सांस्कृतिक सम्पदासमेत अवलोकन गर्न सकिनेछ ।’कम्पनीले केबलकार सञ्चालनका लागि आवश्यक उपकरणका लागि भारतीय कम्पनीसँग छलफल गरिरहेको बताएको छ । उनले भने,‘हामी नेपालमै विकसित प्रविधि प्रयोग गर्ने सोचमा समेत छौं ।’

तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष मङ्गलप्रसाद श्रेष्ठले बन्दीपुरमा केबलकार निर्माण भए बन्दीपुर र विमलनगर मात्र नभएर समग्र तनहुँकै पर्यटन विकासमा  योगदान पुग्ने बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वयेश गुरुङले केबलकार निर्माण हुने खबरले पर्यटन व्यवसायीमा थप उत्साह छाएको बताए । ‘केबलकार निर्माणसँगै बन्दीपुरवरपरका क्षेत्रमा पर्यटकीय विकासका लागि थप काम गर्नु आवश्यक छ,’उनले भने, ‘नत्र, यसै भीड हुने बन्दीपुरले पर्यटक चाप थेग्न   सक्दैन ।’

 स्रोत:

पवन पौडेल/अभियान दैनिक

Sunday, April 21, 2013

१० लाख यात्रु चढे केबलकार

 

Nameकाठमाडौं, १९ वैशाख- गएको वर्ष (२०६८) झन्डै १० लाख यात्रुले मनकामना नेपाल केबलकार चढेका छन् । केबलकार चढ्नेको यो संख्या २०६७ भन्दा झँडै १ लाख ५० हजारले बढी हो ।
यात्रु संख्या वृद्धिसँगै मनकामना केबलकारको कारोबार रकम र नाफा पनि बढेको छ । मनकामना केबलकार प्रालिका अनुसार १० लाख यात्रुबाट २६ करोडभन्दा बढी आम्दानी भएको छ ।
“अघिल्लो वर्षभन्दा स्वदेशी तथा विदेशी दुवै यात्रु बढेका छन्,” मनकामना केबलकार अप्रेसन इन्चार्ज सुनील कर्माचार्यले भने । माओवादी द्वन्द्व सकिई शान्ति–प्रक्रिया सुरु भएपछि केबलकार चढ्ने यात्रुको संख्या बढ्दै गएको छ ।
मनकामना नेपालको एकमात्र यात्रु बोक्ने केबलकार हो । काठमाडौंदेखि करिब १ सय किलोमिटरमा रहेको केबलकारबाट मनकामना मन्दिर दर्शन र मनोरञ्जनका लागि यात्रु जाने गर्छन् ।
२०६८ मा ९ लाख ८२ हजार ४ सय ८७ जनाले केबलकार चढेको तथ्यांक छ । कर्माचार्यका अनुसार केबलकार यात्रा गर्नेमा स्वदेशी ६० र विदेशी ४० प्रतिशत छन् ।
२०६७ मा ८ लाख ३८ हजार स्वदेशी तथा विदेशी पर्यटकले केबलकार यात्रा गरेका थिए । त्यस्तै, २०६६ मा ६ लाख ७९ हजार १ सय ८५ तथा ०६५ मा ५ लाख ९२ हजार ६ सय ५ ले यात्रा गरेको तथ्यांक छ ।
विगतमा १५ प्रतिशतमै सीमित हुने गरेको विदेशी पर्यटकको संख्या अहिले ४० प्रतिशतमा पुगेको छ । “अझै पनि केबलकार यात्रा गर्ने अधिकतम यात्रु स्वदेशी नै छन्,” कर्माचार्यले भने ।
यो मौसममा अत्यधिक गर्मी बढ्ने भएकाले भारतीय पयर्टक मनकामनालगायतका पर्यटकीय स्थलको दर्शन गर्न आउँछन् । विगतका दिनमा दैनिक २ हजारले केबलकार यात्रा गर्दै आए पनि अहिले बढेर ३ हजार नाघेको जानकारी उनले दिए ।
हालसम्म ६७ लाख यात्रुले केबलकारबाट आवातजावत गरेको तथ्यांक कम्पनीसँग छ । चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केबलकार दूरी ३.१ किलोमिटर छ ।
स्वदेशीका लागि प्रतियात्रु टिकट दर हाल ४ सय २५ रुपैयाँ कायम गरिएको छ । गत वर्ष भने ३ सय ९० रुपैयाँमात्रै थियो । स्थानीय व्यक्तिलाई भाडामा केही सहुलियत छ ।
सार्क मुलुकभित्रका पर्यटकलाई स्वदेशी यात्रुसरह टिकट मूल्य पर्छ भने त्यसबाहिरका पर्यटकले प्रतिटिकट १५ डलर तिर्नुपर्छ । कर्माचार्यका अनुसार विगत वर्षमा २४–२५ करोड रुपैयाँबराबरको कारोबार हुन्थ्यो । अहिले यात्रुसँगै कारोबार रकमको ग्राफ उकालो लागेको छ ।
केबलकारबाट हुने कुल कारोबारको १ प्रतिशत रकम स्थानीयले पाउने गरेका छन् । केबलकारले समेट्ने क्षेत्र चितवनको दारेचोक (कुरिनटार) र गोरखाको मनकामना नमुना गाविसले वार्षिक २५ लाख रुपैयाँसम्म पाउने गरेको कर्माचार्यले बताए । “स्थानीयलाई चौबीसै घण्टा आपतकालीन सेवासमेत दिइएको छ,” उनले भने ।
यो केबलकारले गोरखाको मनकामना धार्मिकस्थललाई जोडेको छ । २०५५ सालमा स्थापित केबलकारको लागत ४३ करोड थियो । स्थापनाको सात वर्षभित्रै लगानी उठाइसकेको जानकारी कर्माचार्यले दिए ।
साउन र भदौ महिना केबलकार यात्रुका लागि ‘अफसिजन’ मानिन्छ भने असोजदेखि पुनः सिजन सुरु हुन्छ । यात्रु सवारका लागि ३१ वटा केबलकार र सामान ढुवानीका लागि तीन फ्रेट क्यारियर छन् । यी केबलकार चलाउन ४ हजार ४ सय किलोवाट विद्युत् खपत हुन्छ । विद्युत्बापत कम्पनीले मासिक ३ लाख रुपैयाँ बुझाउने गरेको छ । एजेन्ट बनेर टिकट बेच्ने व्यवसायीले प्रतिटिकट ५ देखि १० प्रतिशत कमिसन पाउँछन् ।

वर्ष     यात्रु संख्या
२०६८    ९,८२,४८७
२०६७    ८,३८,०००
२०६६    ६,७९,१८५
२०६५    ५,९२,६०५
स्रोत : मनकामना केबलकार प्रालि


भारतीय पर्यटकको सङ्ख्या २५ प्रतिशत
गत आर्थिक वर्ष २०६८/६९ मा केबलकारमार्फत ९ लाख ६५ हजार पर्यटक गोरखाको धार्मिक पर्यटकीय तीर्थस्थल मनकामना मन्दिर भित्रिएका छन् । ती पर्यटकहरू नेपाल तथा भारतका भएको मनकामना दर्शन प्रालिका सहायक स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए । केबलकारबाट मनकामना दर्शन गर्नेको सङ्ख्या हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै गएको सो कम्पनीले बताएको छ ।

शेरचनले भने, ‘केबलकारबाट मनकामना जानेमा भारतीय पर्यटकको सङ्ख्या भने २५ प्रतिशत रहेको छ ।’ उनका अनुसार पशुपतिनाथको दर्शन गरी पोखरा भ्रमणका लागि जानेमध्ये अधिकांश पर्यटक मनकामना भ्रमणका लागि जाने गरेका छन् । पोखरा जाने बाटोमा पर्ने र राजमार्ग नजिकैबाट केही मिनेटमा जान सकिने भएकाले पनि त्यसरी जानको सङ्ख्या बढेको उनको भनाइ छ ।

मनकामना भ्रमण गरिसकेका भारतीय पर्यटकहरूले फर्केर मनकामनाबारे जानकारी दिएकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढेको हुनसक्ने उनले बताए । ‘हामीले अफसिजनमा आन्तरिक पर्यटकको सङ्ख्या कम हुने गरेकाले सङ्ख्या बढाउनका लागि केही वर्षअघि भारतका टेलिभिजन च्यानलहरूमार्फत प्रचारप्रसार गरेका थियौं’, सहायक म्यानेजर शेरचनले भने, ‘त्यसयता भने भारतीय पर्यटकले नै आफ्नो क्षेत्रमा मनकामना र केबलकारबारे प्रचार गरिदिएकाले सजिलो भएको छ ।’

मनकामना आएका भारत, मध्यप्रदेशका राजु मिश्राले साथीहरूमार्फतआफूले मनकामनाबारे थाहा पाएको र पशुपतिनाथको दर्शनपछि मनकामना दर्शन गरेर पोखरा जान लागेको बताए । भारतबाट आउने पर्यटकमा गैरहिन्दूको सङ्ख्या पनि निकै रहेको छ । मुस्लिम धर्मावलम्बीहरू पनि केबलकार चढ्न र मन्दिर दर्शन गर्नका लागि जाने गरेको स्थानीय व्यवसायीहरूले बताए । मनकामनामा होटल व्यवसाय गर्दै आएका दीपक श्रेष्ठका अनुसार ठाउँ हेर्न र केबलकारको आनन्द लिनकै लागि पनि गैरहिन्दूहरू मनकामना आउँछन् । सामान्यतः असोजदेखि वैशाखसम्मको समयलाई केबलकारको सिजन मानिन्छ ।

Thursday, April 18, 2013

Ropeway in Nepal

Ropeway in Nepal
Although the Tribhuvan Highway was crucial, it followed an extremely difficult hill alignment that was not easy for loaded vehicles. In 1964AD with the help of US govenment, a new ropeway system was completed which ferried material from Hetauda to Teku (National Trading).The ropeway helped cut travel time, was cheaper to run and above all, was not affected by weather.
The Hetauda-Teku ropeway was not the first ropeway by all means. It was built to replace the old ropeway built by chandra Shumshere which ferried goods from Dhorsing near Bhimphedi to Matatirtha in the Valley. Tri Chandra Nepal Tara Ropeway was opened in 1927 with a capacity of eight tons per hour. Indian freight was transported from Raxaul to Amlekhgunj by train-that 48km railway was another one Chandra Sumshere's ideas. Cargo was taken to Dhorsing by lorry and then the ropeway hauled it to Matatirtha.