Wednesday, May 29, 2013

तनहुंमा केबलकार कात्तिकबाट निर्माण शुरू

स्वदेशी व्यवसायीको रू. ३० करोड लगानी Bandipur Cable Car 
स्वदेशी व्यवसायीको रू. ३० करोड लगानी

जेठ १३, बन्दीपुर (तनहुँ) । तनहुँका दुई पर्यटकीय क्षेत्र बन्दीपुर र विमलनगरलाई समेट्ने गरी केबलकार निर्माणको तयारी थालिएको छ । त्यसका लागि बन्दीपुर केबलकार प्रालि नामक कम्पनीसमेत दर्ता भइसकेको छ । केबलकार निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत प्राविधिक प्रतिवेदन तयार भइसकेको कम्पनीका अध्यक्ष ताराप्रसाद उपाध्यायले बताए । उनले भने,‘उक्त केबलकारको लम्बाइ १ हजार ५ सय २५ मिटर हुनेछ ।’उनका अनुसार केबलकार निर्माणमा स्वदेशी लगानीकर्ताहरूबाट रू.३० करोड लगानी हुनेछ ।  कम्पनीले केबलकार निर्माणका लागि सरकारबाट अनुमतिसमेत पाइसकेको बताइएको  छ । केबलकारको भौतिक निर्माण कार्य आउँदो कात्तिकमा शुरू गरिने कम्पनीले बताएको छ । कम्पनीमा स्थानीयसहित ५ जना प्रवद्र्धक छन् । उपाध्यायले स्थानीय बासिन्दाले पनि लगानी गर्न सक्ने गरी चाँडै शेयर निष्कासन गर्ने तयारी भइरहेको पनि बताए । ‘यसमा सम्पूर्ण लगानी स्वदेशी हुनेछ,’उनले भने,‘हामी स्वदेशी पूँजी र स्थानीय सहभागिताका आधारमा काम गर्ने तयारीमा छौं ।’कम्पनीको अध्ययनले केबलकारबाट प्रतिघण्टा २ सय जनालाई वारपार गराउन सक्ने देखिएको छ । केबलकारसँगै १० ओटा ट्रली पनि सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ ।  एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि स्वदेशी विदेशी पर्यटकमाझ चिनिएका बन्दीपुर दुवै क्षेत्रमा पर्यटक आगमन बढाउन केबलकारले महत्वपूर्ण सहयोग पुर्‍याउने उपाध्यायले बताए । विमलनगर बजारनजिकैबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।‘केबलकारबाटै माछापुछ्रे, अन्नपूर्ण, लमजुङ, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिनेछ,’उनले भने, ‘केबलकारबाट प्राकृतिक दृश्यका साथै बन्दीपुरको सांस्कृतिक सम्पदासमेत अवलोकन गर्न सकिनेछ ।’कम्पनीले केबलकार सञ्चालनका लागि आवश्यक उपकरणका लागि भारतीय कम्पनीसँग छलफल गरिरहेको बताएको छ । उनले भने,‘हामी नेपालमै विकसित प्रविधि प्रयोग गर्ने सोचमा समेत छौं ।’  तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष मङ्गलप्रसाद श्रेष्ठले बन्दीपुरमा केबलकार निर्माण भए बन्दीपुर र विमलनगर मात्र नभएर समग्र तनहुँकै पर्यटन विकासमा  योगदान पुग्ने बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वयेश गुरुङले केबलकार निर्माण हुने खबरले पर्यटन व्यवसायीमा थप उत्साह छाएको बताए । ‘केबलकार निर्माणसँगै बन्दीपुरवरपरका क्षेत्रमा पर्यटकीय विकासका लागि थप काम गर्नु आवश्यक छ,’उनले भने, ‘नत्र, यसै भीड हुने बन्दीपुरले पर्यटक चाप थेग्न   सक्दैन ।’ जेठ १३, बन्दीपुर (तनहुँ) । तनहुँका दुई पर्यटकीय क्षेत्र बन्दीपुर र विमलनगरलाई समेट्ने गरी केबलकार निर्माणको तयारी थालिएको छ । त्यसका लागि बन्दीपुर केबलकार प्रालि नामक कम्पनीसमेत दर्ता भइसकेको छ । केबलकार निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत प्राविधिक प्रतिवेदन तयार भइसकेको कम्पनीका अध्यक्ष ताराप्रसाद उपाध्यायले बताए । उनले भने,‘उक्त केबलकारको लम्बाइ १ हजार ५ सय २५ मिटर हुनेछ ।’उनका अनुसार केबलकार निर्माणमा स्वदेशी लगानीकर्ताहरूबाट रू.३० करोड लगानी हुनेछ ।

कम्पनीले केबलकार निर्माणका लागि सरकारबाट अनुमतिसमेत पाइसकेको बताइएको  छ । केबलकारको भौतिक निर्माण कार्य आउँदो कात्तिकमा शुरू गरिने कम्पनीले बताएको छ । कम्पनीमा स्थानीयसहित ५ जना प्रवद्र्धक छन् । उपाध्यायले स्थानीय बासिन्दाले पनि लगानी गर्न सक्ने गरी चाँडै शेयर निष्कासन गर्ने तयारी भइरहेको पनि बताए । ‘यसमा सम्पूर्ण लगानी स्वदेशी हुनेछ,’उनले भने,‘हामी स्वदेशी पूँजी र स्थानीय सहभागिताका आधारमा काम गर्ने तयारीमा छौं ।’कम्पनीको अध्ययनले केबलकारबाट प्रतिघण्टा २ सय जनालाई वारपार गराउन सक्ने देखिएको छ । केबलकारसँगै १० ओटा ट्रली पनि सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ ।

एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि स्वदेशी विदेशी पर्यटकमाझ चिनिएका बन्दीपुर दुवै क्षेत्रमा पर्यटक आगमन बढाउन केबलकारले महत्वपूर्ण सहयोग पुर्‍याउने उपाध्यायले बताए । विमलनगर बजारनजिकैबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।‘केबलकारबाटै माछापुछ्रे, अन्नपूर्ण, लमजुङ, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिनेछ,’उनले भने, ‘केबलकारबाट प्राकृतिक दृश्यका साथै बन्दीपुरको सांस्कृतिक सम्पदासमेत अवलोकन गर्न सकिनेछ ।’कम्पनीले केबलकार सञ्चालनका लागि आवश्यक उपकरणका लागि भारतीय कम्पनीसँग छलफल गरिरहेको बताएको छ । उनले भने,‘हामी नेपालमै विकसित प्रविधि प्रयोग गर्ने सोचमा समेत छौं ।’

तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष मङ्गलप्रसाद श्रेष्ठले बन्दीपुरमा केबलकार निर्माण भए बन्दीपुर र विमलनगर मात्र नभएर समग्र तनहुँकै पर्यटन विकासमा  योगदान पुग्ने बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वयेश गुरुङले केबलकार निर्माण हुने खबरले पर्यटन व्यवसायीमा थप उत्साह छाएको बताए । ‘केबलकार निर्माणसँगै बन्दीपुरवरपरका क्षेत्रमा पर्यटकीय विकासका लागि थप काम गर्नु आवश्यक छ,’उनले भने, ‘नत्र, यसै भीड हुने बन्दीपुरले पर्यटक चाप थेग्न   सक्दैन ।’

 स्रोत:

पवन पौडेल/अभियान दैनिक

No comments:

Post a Comment