Sunday, April 27, 2014

Rs 250m invested in new hotels in Bhedetar

The popular hill stations of Bhedetar and Hile in Dhankuta district have been attracting an increasing number of investors in the hospitality sector. In the last two years, entrepreneurs have poured more than Rs 250 million into new hotels while existing hotels are being refurbished. 
Bhedetar, the gateway to the Arun valley, is becoming increasingly popular among visitors and has started to attract massive investment after suffering a huge setback during the conflict years. A view tower, picnic spots and stunning landscapes make Bhedetar an attractive destination for holidaymakers. More than 12 new hotels have been constructed in Bhedetar in the last two years.
Tourism entrepreneurs said that more than Rs 130 million has been invested in hotels in Bhedetar. “We have invested in hotels due to Bhedetar’s growing popularity among visitors,” said Govinda Karki, proprietor of Green Heaven Hotel. “Hotels get good returns on their investment here.”
Green Heaven has 18 rooms and was built with an investment of Rs 20 million. According to the owners, most of their guests are from Sunsari, Morang and Jhapa. Indian visitors arrive in large numbers during the summer. At present, tourist standard hotels and lodges in Bhedetar have a capacity of over 300 room nights. Jitendra Rumjhali, who built the Bhedetar View Tower with an investment of Rs 20 million, said the area lacks extensive promotion. Another three hotels—Hotel Himali, Hotel Makalu and Peace Zone Hotel—have been constructed with an investment of Rs 15 million each.
Similarly, Lauti Corner has spent Rs 10 million and Hotel Majestic has invested Rs 6.5 million. A number of new properties like the Mt Everest, Sapta Koshi, Sangam and Three Star have injected a huge amount of money in the district. Old hotels like the Tamor Valley, Arun Valley and others have been renovated. The rising number of hotels has also attracted MICE tourism to Bhedetar besides sightseers.
Meanwhile, the hill town of Hile Bazaar has also witnessed huge investments in the hospitality sector. Hile is the starting point for trekking around Kangchenjunga.
Rewat Bahadur Karki, board representative of the Nepal Tourism Board, said a new property—Horizon Mountain Guest House—would be coming soon in Hile Bazaar with an investment of Rs 30 million. The guest house will have 48 rooms.
The Hotel Kanjiroba has resumed operations with new investment. “We have invested Rs 30 million,” said proprietor Umesh Ghimire. Another two new hotels in Hile are the Hile View and Hotel Tourism which have been built with an investment of Rs 20 million each. Hotel Makalu has invested Rs 6 million.
Meanwhile, small hotels are also flourishing in Hile. “Opening of new properties has improved the standard of service and increa-sed income generating activities in Hile,” said Lalchan Gomba, president of the Dhankuta Chamber of Commerce and Industry.

Monday, March 24, 2014

यान्त्रिक पुलको कमाई एक बर्षमा सवा करोड

निजी  क्षेत्रले निर्माण गरेको मुलुककै पहिलो कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले एक बर्षमा १ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । केवलकार मोडलमा निर्माण भएको यान्त्रिक पुलले टिकट बिक्री, भाडा तथा ब्याजबाट एक बर्षमा यति धेरै रकम आम्दानी गरेको हो ।
२०६९ फागुन २१ गतेदेखि ब्यबसायिक रुपमा सञ्चालनमा आएको यान्त्रिक पुलले एक वर्षमा सबै खर्च कटाएर १ करोड १६ लाख रुपैयाँ बचत गरेको अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघको पहलमा पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी यान्त्रिक पुल निर्माण भएको हो  । पुल निर्माणका लागि ४ सय ५८ जना शेयर सदस्यले  करोड ८४ लाख १७ हजार ५ सय रुपैयाँ लगानी गरेका थिए ।
यान्त्रिक पुल सञ्चालनमा आएपछि  दुई घण्टाको पैदल दुरी ४  मिनेटमा छोटिएको छ । पुलमा स्थानीय वासिन्दाका साथै आन्तरिक र बाह्य पर्यटकको समेत घुइँचो लाग्छ । दुई वटा यान्त्रिककार जडान भएको पुलमा एउटा कारमा ८ जना मानिस अट्न सक्ने छन् । कम्पनीले प्रत्येक यात्रुका लागि ५ लाख रुपैयाँको विमा पनि गरेको छ । शुक्रबार भएको कुश्मा –बलेवा यान्त्रिक पुल लिमिटेडको पहिलो साधारण सभाले आगामी साउनमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले बलेवाको प्रसिद्ध भैरवस्थानसम्म केवलकार बिस्तार गर्नका लागि संभाब्यता अध्ययन गर्ने निर्णय पनि गरेको छ । भैरवस्थानसम्म करिब साढे २ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने सभावना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वीटजरल्याण्डको प्रबिधिमा निर्माण गरिने पुल करिब १२ करोडमा निर्माण हुन सक्ने अनुमान छ ।
यसैगरी यान्त्रिक पुलले जोडेको बलेवामा सुबिधा सम्पन्न रिर्सोट निर्माण गर्ने योजना पनि साधारणसभाले पारित गरेको छ । यान्त्रिकपुल लिमिटेड आफैले निर्माण गर्ने वा भाडामा दिन सकिने प्रस्ताब पनि अघि सारिएको छ । त्यस क्षेत्रमा ब्यबस्थित पार्क र वनभोजस्थल समेत निर्माण गरिने भएको छ । २० वर्षदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन पनि सरोकारवालासंग छलफल गर्ने निर्णय भएको महासचिव केदारनाथ शर्माले बताउनुभयो ।

Sunday, October 27, 2013

कुस्मा-बलेवा यान्त्रिक पुलको यात्रा कति सुरक्षित ?

पर्वत जिल्लाले मुलुकमा अग्लो र लामो झोलुंगे पुलको जिल्लाको रुपमा आफुलाई स्थापित गरेको छ । सदरमुकाम कुस्मा बजारको बडागाउँचौरबाट जिल्लाकै ज्ञादी गाविस जोड्ने मोदी नदी माथिको पुल र हाल निर्माण कार्य थालनी गरिएको कुस्मा बडागाउँचौर देखी बागलुङ जिल्ला नारायणस्थान गाविसको कैया जोड्न कालीगण्डकी माथीको पुल मुलुकमै सर्वाधिक अग्ला र लामो झालुंगे पुल मानिन्छन् ।
sisa
एक वर्ष पहिले कुस्मा बजार देखी बागलुङको नारायणस्थान जोडने कालीगण्डकीमाथी मुलुककै पहिलो यान्त्रिक पुल निर्माण गरिएपछी पर्वतको कुस्मा वजारसंग बागलुङ जिल्लाका २ दर्जन गाविसहरुका जनता प्रत्यक्ष जोडिन पुगेका छन् जस्का कारण कुस्मा वजारको व्यापार कारोवारमा उल्लेख्य बृद्धि भएको छ ।
बागलुङ र पर्वत जिल्लाको सीमाबाट बग्ने काली गण्डकी पार गर्दै करीब एक घण्टाको ओरालो र उकालो चढेपछी कुस्मा र नारायणस्थानको कैया आवत जावत गर्नुपर्ने दुरी यान्त्रिक पुलले ७ मिनेटमा समेटेको छ ।
IMG_3005
यान्त्रिक पुलप्रतिको आकर्षण र कालीगण्डकी वारपार गर्न कम समय लाग्ने हँदा दिनहुँ यान्त्रिक पुलमा यात्रुहरुको चाप बढ्दो छ । यसैपालीको बडा दशैँका सात/आठ दिनमा मात्र कम्पनिले १० लाख रुपयाँ भन्दा बढी कमाएको छ । कोहि रहरले, कोहि जिज्ञासावस त कोही आवश्यकताले यान्त्रिक पुलको उपयोग गरिरहेका छन् । कम्पनीलाई मनग्गे आम्दानी भैरहेको छ । शुरुमा प्रति यात्रु रु ५० भाडा निर्धारण गरिएकोमा त्यस्को केहिदिन मै प्रति यात्रु १ सय रुपयाँ एक तर्फी भाडा कायम गरिएपछी कम्पनीलाई आम्दानी चुलिएको हो ।
IMG_2987
२ सय ६५ मिटर गहिराई माथिबाट ५ सय ५० मिटर लामो यान्त्रिक पुल चढेर कुस्मा देखी बलेवा पुग्न ७ मिनेट भन्दा बढी समय लाग्छ । एकदमै सुस्त (कछुवा) गतीमा गुड्ने केबुल कार (डिब्बा) मा एक पटकमा ८ जना यात्रु बस्न सक्छन् भने डिब्बामा यात्रुका सरसामानहरु पनि राखिन्छन् । १ घण्टाको उकालो ओरालो बाटो ७ मिनेटमा नै पार गर्न पाउँदा यात्रुहरु भाडा भन्दा बढी समयमुखी बनेका छन जस्को फाईदा कम्पनीले उठाई रहेको छ । भाडाको विषयमा बोल्ने र सोँच्ने फुर्सद न यात्रु न सरोकारवाला निकायहरुलाई नै छ ।
Untitled
कति सुरक्षित छ यान्त्रिक पुलको यात्रा ?
जाने एउटा र उताबाट आउने एउटा गरी जम्मा २ डिब्बाहरु पुलमा जडिएका छन् । यात्रुको चापले यान्त्रिक पुलमा गुड्ने केबुलकार (डिब्बाहरु) पुराना भएका छन् । डिब्बामा जडान गरिएका सिसाहरु फुटेका छन् सिटहरु सबै च्यातिएका छन् । एकवर्ष नबित्दै पुलका डिब्बाहरु जीर्ण बनेका छन तर सरोकारवालाको चासो यसमा भन्दा सन्चारमाध्यमहरुलाई यान्त्रिक पुलले कमाएको नाफाको हरहिसाब दिनमा बढी छ ।

बडा दशैँको महानवमीका दिन यान्त्रिक पुलबाट कुस्मा देखी बलेवा पार गर्दै गरेका यात्रुहरुले डिब्बामा जडिएको सिसा फुटेको देखेपछी आत्तिएका थिए । सिसा फुटेको ठाउँबाट यात्रु तल खस्न सक्ने ठाउँ थियो । सिसा नभएको प्वालबाट शिर बाहिर निकाली तल काली गण्डकीको गहराई (खोँच) हेर्दा कहाली लाग्ने अवस्था थियो ।
“फुटेको सिसा तत्कालै फेर्नु पर्छ, यसरी खाली राख्न नहुने हो, डिब्बामा चढेका यात्रुहरु भन्दै थिए, ‘डिब्बा बाहिर ताला लगाएर सुरक्षित कसरी भईयोर ? झ्यालबाट खस्ने ठाउँ भएपछी ! सिसाको बाहिरबाट तारको जाली बलियो गरी लगाउने व्यवस्था गर्नुपर्छ ।”

कति दिन पहिले देखी सिसा फुटेको डिब्बामा बसेर यात्रुहरुले काली वारपार गरिरहेको छन् भन्ने प्रश्नको जवाफमा स्थानीय एक व्यक्तिले केहि दिन पहिले देखी नै फुटेको बताएपनि एकिन मिति उनले बताउन सकेनन् । भगवानलाई धन्यवाद दिनुपर्छ कुनै अप्रिय दुर्घटना भएको छैन ।
नारायण स्थानमा रहेको यान्त्रिक पुलको अर्को स्टेशन, स्टेशन जस्तो पनि छैन । त्यहाँ सानो घर छ, त्यसको वरपर कुनै पूर्वाधार बनेका छैनन् । यात्रुहरुलाई बाहिरी दृश्याबलोकन गर्न मिल्ने गरी त्यहाँ पूर्वाधारहरु निर्माण गरिनु पर्ने हो, तर त्यो केहि भएको छैन, नबनाएपनि यात्रुहरु घटेका छैनन्, कम्पनी मख्ख छ ।

Thursday, September 5, 2013

सिद्धबाबा केबुलकार निर्माण पुनः शुरू


सिद्धबाबा केबुलकार निर्माण पुनः शुरू
December 5, 2012
 
Views: 124

 आर्थिक अभावका कारण झण्डै २ वर्षदेखि काम रोकिएको जिल्लाको सिद्धबाबा केबुलकार पुनः निर्माण शुरू गरिने भएको छ । शुरूमा केबुलकार सञ्चालनमा ल्याउन इच्छुक देखिएका केही लगानीकर्ताहरूले हात झिक्नुका साथै बैङ्क तथा वित्तीय संस्थाहरू प२०६५ कात्तिकमा सिन्धुलीमाढीमा सम्पन्न सर्वदलीय छलफलले कमलामाई नगरपालिका–९ स्थित मल्लागाउँबाट ऐतिहासिक तथा धार्मिकस्थल सिद्धबाबा मन्दिरसम्म केबुलकार सञ्चालन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो । अहिले केबुलकार निर्माणका लागि आवश्यक पूँजीको व्यवस्था र कानूनी प्रक्रिया पूरा गरी पुनः काम थालिएको केबुलकार निर्माण कम्पनीका पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य मीनबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार केबुलकार निर्माणका लागि करीब १२ करोड रुपैयाँमा अमेरिकाको एक कम्पनीसँग हालै सम्झौ
‘यसअघि २००९ सेप्टेम्बर २ मा भारतको कोलकातास्थित सीआरएसपीएल प्रालिसँग सामान खरीद तथा केबुलकार निर्माणका लागि सम्झौता गरिएको भए पनि अहिले त्यसलाई रद्द गरी अमेरिकी कम्पनीसँग सम्झौता गरेको हो,’ श्रेष्ठले भने । यसअघि सीआरएसपीएलसँग गरिएको सम्झौताअनुसार कम्पनीले केबुलकार निर्माण सामग्रीका लागि ७ करोड २५ लाख भारतीय रुपैयाँ लाग्ने र त्यसमध्ये १० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । ‘अहिले आवश्यक रकमका लागि शेयर विक्री र बैङ्कसँग ऋण लिनेबारे सहमति भइसकेका कारण अब तत्कालै काम शुरू हुन्छ,’ श्रेष्ठले भने ।

शुरूमा केबुलकार बनाउन रू. २५ करोड र त्यसलाई चलाउन आवश्यक पर्ने जलविद्युत्का लागि रू. २५ करोड लाग्ने अनुमान प्राविधिकहरूले गरेका थिए । अमेरिकी कम्पनीले सो रकमभन्दा केही कममै केबुलकार निर्माण गरिदिने भएको केबुलकार निर्माण कम्पनीका प्रबन्ध निर्देशक मनोजराज उपाध्यायले जानकारी दिए । ‘१ करोड रुपैयाँभन्दा बढी शेयर विक्रीबाट उठेको छ,’ उनले भने, ‘अपुग रकम बैङ्कबाट ऋण लिनेछौं ।’

जिल्लामा पर्यटन प्रवद्र्धन गरी आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घ सिन्धुलीको पहलमा केबुलकार निर्माण गर्न लागिएको हो । केबुलकारका लागि मल्लागाउँमा २१ कठ्ठा जग्गा नगरपालिकामार्फत ३० वर्षका लागि लिजमा लिनुका साथै सिद्धबाबा मन्दिर परिसरमा १४ कठ्ठा जग्गा यसअघि नै खरीद गरिसकिएको छ । १७ सय मिटर लामो हुने सो केबुलकारले दैनिक १ हजारदेखि १ हजार ५ सय जना ओसार्न सक्ने उपाध्यायले जानकारी दिए 

शिवपुरी यात्रा केबलकारबाट!

वन मन्त्रालयले शिवपुरी राष्ट्रिय निकुञ्जमा केबलकार सञ्चालन योजना १३ वर्षपछि ब्युँताएको छ। हिमालयन केबलकार कम्पनीलाई योजना सञ्चालन इजाजत दिने आवश्यक व्यवस्था मिलाउनू भनी वन मन्त्री दीपक बोहराले तोकादेश गरेका छन्।


बोहोराले आवश्यक प्रक्रियाका लागि फाइला वन्यजन्तू संरक्षण विभागमा पठाएको जानकारी दि"दै नागरिकस"ग भने, 'प्रक्रिया पुर्‍याएर निर्णय हुन्छ।'

स्रोतअनुसार ४० पृष्ठको उक्त फाइलबारे विभागका कर्मचारी भने सकारात्मक छैनन्। वातावरण ऐनको व्यवस्था पूरा गर्न बा"की रहेकै अवस्थामा १३ वर्षअघि थन्किएको फाइल बढाउनुअघि अध्ययन गराउनुपर्ने र कम्पनीहरूबीच प्रतिस्पर्धा गराउनुपर्ने धारणामा छन्।

विभागका महानिर्देशक गोपालप्रसाद उपाध्यायले भने, 'मैले फाइल हेरेको छैन तर नियमसम्मत हुनुपर्छ भन्ने विभागको मान्यता हो।'

कम्पनीले २०५४ साउनमा ३२ करोड रुपैया"को लागतमा बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केबलकार बनाउने योजना पेस गरेको थियो। संरक्षण क्षेत्रभित्र कुनै संरचना निर्माण गर्दा राष्ट्रिय प्राथमिकताको योजना हुनुपर्ने र योजना आयोगले सिफारिस गर्नुपर्ने प्रावधान छ।

पर्यटन वर्ष २०११ सफल बनाउन कम्पनीलाई अनुमति दिनुपर्ने जिकीर तोकादेशमा छ। ०५४ सालमा दर्ता भएको केबलकार कम्पनी यति एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको हो। कम्पनीले निकुञ्जभित्र होटलसमेत सञ्चालन गर्ने योजना बनाएको छ।

- नागरिक 

केबलकार सञ्चालनका लागि थप चार स्थान उपयुक्त

साउन १३, काठमाडौं । केबुलकार सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनमा थप चार स्थान  उपयुक्त देखिएका छन् । मन्त्रालयले गरेको अध्ययनबाट करीब डेढ अर्बको लागतमा सुनसरी–धनकुटा, कालिकोट, डोटी र काभ्रे जिल्लामा केबलकार निर्माणको सम्भाव्यता देखिएको हो । काभ्रेको धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, सुनसरीको धरानदेखि धनकुटाको भेंडेटारसम्म, कालिकोटको कोटबाडादेखि चाल्नासम्म र डोटी–खप्तडमा केबलकार बनाउन सकिने सम्भावना देखिएको मन्त्रालयका पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । चारओटै स्थानमा निर्माणको जिम्मा भने निजीक्षेत्रलाई दिने तयारी गरेको उनले जानकारी दिए ।

मन्त्रालयले रू. २५ लाख खर्च गरेर यस्तो सम्भाव्यता अध्ययन गरेको बताएको छ । अध्ययन प्रतिवेदनअनुसार धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने छ । सो दूरी पार गर्न केबलकारलाई ३५ मिनेटमात्र लाग्ने बताइएको छ । पलाञ्चोक केबलकार निर्माणका लागि साढे ५३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिवेदनले ४ वर्षमै केबलकार बनाउन सकिने देखाएको छ । प्रतिघण्टा १ सय ८० जना यात्रुलाई आवतजावत गराउन सक्ने पलाञ्चोक केबलकारले ९ वर्षमै लगानी उठाउने  देखिएको छ । पलाञ्चोक केबलकारको सम्भाव्यता अध्ययन ब्रिज कन्सल्ट्यान्सीले गरेको
थियो ।

कालिकोटको केबलकार निर्माणका लागि  रू. १२ करोड २६ लाख लाग्ने देखिएको छ । सो केबलकार मार्गको दूरी १ दशमलव ९ किलोमिटर रहने र सो दूरी पार गर्न केबलकारलाई करीब ८ मिनेट लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिघण्टा १ सय २० जनाले आवतजावत गर्न सक्ने उक्त केबलकार निर्माण गर्न ३ वर्ष लाग्ने देखिएको छ । रोपवे एण्ड केबलकार नामक निजी कम्पनीले गरेको अध्ययनअनुसार सञ्चालनको २ वर्ष १० महीनामा सोमा हुने लगानी फिर्ता हुनेछ ।

धरान र भेंडेटारबीचमा २ दशमलव ८ किलोमिटर लामो केबलकार बनाउन सकिने छ । ८ मिनेट ५ सेकेण्डमा पार गर्न सकिने सो केबलकार निर्माण गर्न रू. ३८ करोड लाग्ने आयोजना प्रमुख रघुवंशीले बताए । ३ वर्षमा बनाउन सकिने धरानको केबलकार सञ्चालनमा आएको साढे ४ वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । बिजिकर्न इञ्जिनीयर कन्सल्ट्यान्सीले सो केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो ।

यसैगरी डोटीमा अध्ययन भएको ३ किलोमिटर लामो दूरीको केबलकारको अनुमानित लागत रू. ३९ करोड छ । सो दूरी ८ मिनेट ५ सेकेण्डमा पार गर्न सकिने र निर्माणमा करीब ३ वर्ष लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ । सञ्चालनमा आएको करीब ५ वर्षमा यसको लगानी उठ्न सक्ने अध्ययनले देखाएको छ । डोटीको यो केबलकारका सम्भाव्यता अध्ययन बिम कन्सल्ट्यान्सीले गरेको हो ।

मन्त्रालयले यसअघि काठमाडौंको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फुलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबलकार  सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो । मन्त्रालयले अध्ययन गरेका सबै स्थानमा केबलकार सञ्चालनको सम्भाव्यता देखिए पनि काठमाडौंको चन्द्रागिरिमा मात्र निजीक्षेत्रले केबलकार बनाउन चासो देखाएको छ ।