Sunday, August 21, 2016

बादलको माथिमाथि केबलकारैमा...

भाद्र ५, २०७३- काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्नको लागि निर्माण गरिएको केबलकार आंशिक सञ्चालनमा आएको छ । दुई सातापछि पूर्ण सञ्चालनमा आउने चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । अहिले बिहान ९ देखि अपराह्न ५ बजेसम्म मात्रै केबलकार सञ्चालन भइरहेको छ ।
व्यावसायिक रूपमा सञ्चालनपछि दैनिक १० हजारलाई चन्द्रागिरी पुर्‍याउने उद्देश्य प्रालिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी निर्माण गरेको केबुलकारबाट हाल दैनिक एक हजारले ओहोरदोहोर गरिरहेका छन् । एक यात्रुको दोहोरो सात सय भाडा छ । फाखेल, चित्लाङ, थानकोटलगायत क्षेत्रका स्थानीयवासी, अपांग र वृद्धवृद्धालाई २५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ ।
११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । अहिले फटाफट पैदल हिँड्नेलाई चन्द्रागिरी पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।

 
११ मध्ये एउटामा एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौसय मिटर छ । जसले गर्दा केबलकारमा यात्रा गर्ने यात्रुलाई 'थ्रीलिङ' अनुभव गराउँछ,' उनी भन्छन्, 'यात्रुले केबलकार चढ्दा रोमान्चसँगै रमाइलो अनुभव गर्नेछन् ।' 
महालंगुर हिश्रृंखलादेखि अन्नपू्र्ण हिमश्रृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मजा लिन सक्नेछन् । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तरार्इसम्म देखिन्छ । अझ रमाइलो त के छ भने कहिले बादल भित्र त कहिले बादलमाथि हुँदै केबलकारमा सरर उक्लनु र ओर्लनुको मजै बेग्लै छ ।

 
फनपार्क प्रालिको लगानीमा केबुलकार र भालेश्वर मन्दिरको निर्माण सम्पन्न भए पनि होटल र रेस्टुराँको निर्माण कार्य भने सकिएको छैन । ‘त्यसैले आंशिक रूपमा सञ्चालन गरिएको हो,’ प्रालिका महाप्रबन्धक अभिषेक शाहले भने, ‘होटल र रेस्टुराँको निर्माण सकिएलगत्तै पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौं ।’ ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको केबलकारसँगै रक क्लाइम्बिङ, जिप फ्लायर, प्याराग्लाइडिङ र बुटिक होटल सञ्चालन गरिने जनाएको छ । खर्चालु पर्यटकहरूलाई लक्षित गर्दै पाँच तारे स्तरको बुटिक होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
अस्ट्रियाको आधुनिक ‘डोपलमेयर’ कम्पनीबाट केबुलकार आयात गरी ३ अर्ब २५ करोडको लागतमा निर्माण गरिएको हो । यसको लागत अझै बढ्ने कम्पनीले जनाएको छ ।
नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ३० देखि ४० प्रतिशतलाई चन्द्रागिरी पुर्‍याएर उनीहरूको बसाइ एक दिन लम्याउने कम्पनीको उद्देश्य छ । ‘जंगलबीच रोमाञ्चित हिमालदेखि तराईसम्म देखिने चन्द्रागिरीमा बोटानिकल गार्डेनमा समेत रमाउन सकिने व्यवस्था गर्न लागेका छौं,’ शाहले भने, ‘फुलस्पिडमा केबुलकार सञ्चालन भएपछि मकवानपुरको चित्लाङ र मार्खु गाविसमा पनि स्वदेशी एव विदेशी पर्यटकहरूको बास हुनेछ ।’ केबुलकारको तल्लो स्टेसन ६ हेक्टर जमिनमा फैलिएको छ भने माथिल्लो स्टेसनका लागि सरकारसँग ३६ हेक्टर जमिन लिजमा लिएको छ ।
थानकोटबाट चन्द्रागिरी ४ दशमलव २ किलोमिटरमा केबुलकारका ११ वटा टावरहरू निर्माण गरिएका छन् । केबुलकारमार्फत ८ मिनेटमा थानकोटबाट चन्द्रागिरी डाँडामा पुगिन्छ । थानकोटबाट चन्द्रागिरी हिँडेर जानका लागि साढे २ घण्टा लाग्छ । थानकोटदेखि चन्द्रागिरी डाँडासम्म ३८ वटा क्याबिन (गोन्डोला) राखिएका छन् । ‘एउटा क्याबिनमा ८ जना अट्ने क्षमता हुन्छ,’ सञ्चालकले भने । प्रतिघण्टा एक हजार यात्रु आवत–जावत गर्ने क्षमता उक्त केबुलकारको रहेको छ ।
तस्बिरहरु: किरण पाण्डे, निमेषजंग राई र अंगद ढकाल

Monday, May 9, 2016

चन्द्रागिरिमा चल्न थाले केबलकार


चन्द्रागिरिमा केबलकार

केबलकार चढ्न मनकामना नै पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ
उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ ।
थानकोट गोदामचौरबाट चन्द्रागिरि डाँडासम्म दुई किलोमिटर दूरीमा अब ३८ वटा गन्डोला सञ्चालन हुनेछन् । ९ मिनेटको यात्रा दूरी हुनेछ । केबलकार सञ्चालक कम्पनी काठमाडौं फनपार्कका अध्यक्ष चन्द्र ढकालका अनुसार केबलकार एक महिनापछि नियमित सञ्चालन हुनेछ ।
सवा तीन अर्बको लगानीमा काठमाडौं फनपार्क अन्तर्गत चन्द्रागिरि केबलकार, चन्द्रागिरि मन्दिर (भालेश्वर महादेव), चन्द्रागिरि भ्यू टावर र चन्द्रागिरि रिसोर्ट सञ्चालन हुने ढकालले जानकारी दिए ।
chandra giri cable car 3
Chandragiri Temple (Bhaleeshwor Mahadev)
Chandragiri Temple
(Bhaleeshwor Mahadev)

chandra giri cable car 4
chandra giri cable car 9
chandra giri cable car 7
chandra giri cable car1
chandragiri cable car alignment
chandragiri cablecar
chandra giri cable car 6

Sunday, May 1, 2016

प्रकृतिको अनुपम उपहार रारा

मुगु जिल्लास्थित नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण रारातालले कसको मन नलोभ्याउँला र । छिन छिनको रुप फेरार्इ अनि सिजन अनुसार किनारका विभिन्न जातका बुट्यानदेखि रुखहरु फूलेको दृश्यले त त्यहाँ पुग्नेहरूलार्इ मोहित बनाउँछ ।

१.

Rara Tal (4)
२ हजार ९ सय ९० मिटरको उचार्इमा अवस्थित रारामा लेकाली वनस्पति र जिवजन्तुहरु पाइन्छ । खडेरीले तालको सतह केहि घटे पनि राराको सुन्दरतामा कुनै कमी नआएको स्थानियहरुको कथन छ ।
तालको संरक्षणका लागि रारा राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको ब्यारेक स्थापना गरिएको छ । मुगु सडक सञ्जालसँग जोडिएपछि रारा हेर्नेको संख्यामा बृद्दि हुँदै गएको कुरा निकुञ्जका कर्मचारी गोपालबहादुर खत्री बताउँछन् ।

२.

Rara Tal (6)
यतिखेर रारा छेउमा रहेको एकमात्र डाँफे होटललार्इ पाहुनाहरुलार्इ व्यवस्थापन गर्न भ्याइ नभ्यार्इ भएको छ । राराको पर्यटन विकासका साथै व्यापक प्रचार प्रसार गरे विश्वकै ध्यान तान्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

३.

Rara Tal (5)

४.

Rara Tal (3)

५.

Rara Tal (2)

६.

Rara Tal (1)

Friday, April 15, 2016

यस्तो बन्दैछ– चन्द्रागिरी केबुलकार (फोटोफिचर)

वैशाख १, २०७३- आउने एक महिनामा काठमाडौंको थानकोट–चन्द्रागिरी केबुलकार सेवा सुरु हुने भएको छ ।
काठमाडौं फनपार्क लिमिटेडले ३ अर्बको लगानीमा निर्माण गरिरहेको केबुलकार संचालन तयारी अन्तिम चरणमा पुगेको कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विख्यातविक्रम राणाले बताए ।
तस्बिरहरु : किरण पाण्डे
थानकोट प्रहरी चौकीभन्दा केहीमाथि रहेको स्टेशनबाट ३८ वटा केबुल कारले घन्टाको १ हजारका दरले मानिसहरुलाई चन्द्रागिरीसम्म पुर्‍याउनेछन् । त्यहाँ रहेको भ्यु टावरबाट अन्नपूर्णदेखि सगरमाथा श्रृखलासम्मका हिमाल हेर्न सकिनेछ । दक्षिणतर्फ तराईसम्मको भूभाग देखिन्छ भने । टावरबाट काठमाडौं उपत्यकाका तीनै सहर अवलोकन गर्न सकिनेछ ।


समुद्री सतहबाट १५ सय २५ मिटर उचाइमा रहेको तल्लो स्टेसनबाट २५ सय ४० मिटर उचाईको चन्द्रागिरी चुचुरोमा पुग्न केबुलकारलाई ९ मिनेट लाग्नेछ ।
चन्द्रागिरी चुचुरोको अर्को आर्कषण प्यागोडा शैलीमा बनाइएको भालेश्वर महादेवको मन्दिर हो ।



http://bit.ly/1S9AmDE