Monday, June 10, 2013

वैशाख महिनामा केवल कारलाई १ करोड भन्दा वढी घाटा

एकिकृत नकेपा माओवादीले वैशाख महिनामा गरेको आम हडतालका कारण मनकामना दर्शन प्रा।लि।द्वारा संचालनमा ल्याइएको मनकामना केवल कार वैशाख महिनामा १ करोड भन्दा वढी घाटामा परेको कार्यालयले जनाएको छ ।

दैनिक सरदर दुइ हजार पाँच सयका दरले तिर्थ यात्रीहरुले मनकामना केवलकार चढने गर्दथ्यो । माओवादी आम हडताल अघिल्लो दिन सम्म ३२ हजार तिर्थ यात्रीले यात्रा गरी सकेको केवल कारमा वैशाख महिना भरीमा केवल ३९ हजार तिर्थ यात्रीहरुले मात्र यात्रा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले दिएको जानाकारी अनुसार वैशाख महिनामा मात्र ३५ हजार यात्रुहरुले केवल कारमा यात्रा गर्न नपाउदा १ करोड १० लाख घाटा भएको जनाएको छ । साउन र भाद महिना वाहेक सवै महिनामा अत्याधिक चाप रहने केवल कारमा माओवादी आम हडतालकै कारण यात्रुको संख्यामा कमी आएको जनाएको हो ।
संचालन अवधी भरमा नै सर्वाधिक यात्रुको संख्या भने ०६६ साल चैत्र महिनामा रहेको थियो । उत्त महिनामा ९६ हजार ९ सय ९४ जनाले यात्रा गरेको थियो ।
माओवादी आम हडताल फिर्ता पछिको पहिलो दिनमा भने केवल १ सय ८९ जना मात्रले केवल कारको यात्रा गरेको समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेष्ठको ८ गते देखी मात्र यात्रुको संख्यामा उल्लेखनीय वृद्वि भएको जनाएको छ । उत्त दिन ५ हजार यात्रुले यात्रा गरेको थियो ।
केवल कार संचालन खर्च धान्नको लागी मात्र दैनिक १ हजार भन्दा वढी यात्रुले यात्रा गनु पर्ने छ ।

No comments:

Post a Comment