Tuesday, March 19, 2013

यान्त्रिक पुलमा दैनिक ८ सय यात्रु

पर्वत कुश्मादेखि बाग्लुङ नारायणस्थान ढिकसम्म कालिगण्डकी नदीमाथि निर्मित यान्त्रिक पुलमा यात्रा गर्नेको भिड लागेको छ। एक साताअघि सुरु पुलमा दिनहुँ सात/आठ सयजनाले यात्रा गरेको कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

'पहिलो दिनदेखि नै निकै आवतजावत गर्नेको निकै चाप छ,' श्रेष्ठले भने। करिब पाँच करोडको लागतमा पुल निर्माण भएको हो। दुवैतर्फ खम्बा गाडेर ५ सय ५० मिटर लामा छवटा फलामका लट्ठा टाँगेर यात्रुबाहक डब्बा राखी पुल बनाइएको हो। एउटा डब्बामा एकपटकमा आठजना गरी दुइटामा १६ जना यात्रु बस्न सक्ने पुलका अपरेटर बोधराज गिरीले बताए।
एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको कम्पनीका अध्यक्ष गणेश पाठकले जानकारी दिए। यान्त्रिक पुलमा कुश्माबाट बलेवा पुग्न १० मिनेट लाग्छ। हिँड्दा उक्त दुरी पार गर्न डेढ घन्टा लाग्थ्यो।
रोपवे केबल कार प्रालि काठमाडांैको प्राविधिक टोलीले पुल निर्माण गरेको हो। बिजुलीबाट चल्ने पुलमा यात्रुका साथै मालसामानसमेत ढुवानी गर्न सकिन्छ।
पुल निर्माणपछि घुम्न आउनेसँगै बाग्लुङको नारायणस्थान, अमलाचौर, पैयुँपाटा, कुश्मिशेरा, दमेक, सर्कुवा, पैयुँथन्थाप लगायत करिब एक दर्जन गाविसका स्थानीय लाभान्वित हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए। 'पुल निर्माणसँगै पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्ने भएको छ,' कर्माचार्यले भने।
पुल निर्माणले पर्यटन तथा व्यापारमा सघाउने विश्वास स्थानीयले गरेका छन्। वर्षाैंदेखि बन्द बलेवा विमानस्थल सञ्चालनमा ल्याउनसमेत सघाउ पुग्ने स्थानीयको विश्वास छ। बलेवासम्म सिधा सवारी सञ्चालन नभएकाले हिँडेर जान टाढा पर्ने भएकाले विमानस्थल बन्द भएको थियो।
पुलमा एकजनाले यात्रा गरेको ५० रुपैयाँ लाग्छ। सार्क पर्यटकलाई ३ सय रुपैयाँ र तेस्रो मुलुककालाई ७ डलर रुपैयाँ लिने गरेको छ। तीन वर्षभन्दा तलको बालबालिकालाई निःशुल्क र १० वर्षमुनिकालाई २५ प्रतिशत छुट दिएको कम्पनीले जनाएको छ। पुलमा यात्रा गर्दा पाँच किलोसम्मको सामान लैजान छुट छ। यान्त्रिक पुल चढ्दा प्रमोद शर्माले गोरखा मनकामनाकै केबल कारको झझल्को आएको सुनाए।

No comments:

Post a Comment