Tuesday, March 12, 2013

कुश्मा–बलेवा जोड्ने यान्त्रिक पुल


पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिण क्षेत्र जोड्न यान्त्रिक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । उद्योग बाणिज्य संघ पर्वतको पहलमा निर्माण गर्न लागिएको यान्त्रिक पुलको रोपवे केवलकार प्रालिको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरेको हो । सदरमुकाम कुश्माबजारस्थित लोकतान्त्रिक चोक नजिकै गोपाङ्गघाट गुम्वादेखि बलेवाको नारायणस्थान गाविसस्थित एयरपोर्ट नजिकै जोडिने भएको छ । केवलकार मोडलको उक्त यान्त्रिक पुलको लम्वाई ४ सय ८७ मिटर हुने छ । पुलका लागि २ करोड ५० लाख रुपैया लाग्ने इन्जिनियर गुणराज ढकालले जानकारी दिनुभयो । यान्त्रिक पुल निर्माण भएमा तीन मिनेटमै कुश्माबाट बाग्लुङको बलेवासम्म पुग्न सकिन्छ । लामो समयदेखि झोलुङ्गे पुल निर्माणको तयारी भएपनि लामो दुरी भएकाले सम्भव नभएपछि यान्त्रिक पुलको अवधारणा आएको हो ।

स्रोत:
http://imagechannels.com/samachar/thap_janakari/12260
Published: 13th of March 2012 12:11 AM

No comments:

Post a Comment