Thursday, July 30, 2015

चन्द्रागिरि केबलकार जनवरीदेखि सञ्चालन हुने

चन्द्रागिरि केबलकार जनवरीदेखि सञ्चालन हुने

काठमाडौंको थानकोट (गोदामचौर) देखि चन्द्रागिरि जोड्ने ‘चन्द्रागिरि केबलकार आयोजना’ जनवरीदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । फनपार्क प्रालिले निर्माण गरिरहेको उक्त केबलकार यसअघि आगामी दशैंदेखि नै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना थियो । तर, भूकम्पका कारण केबलकारको व्यावसायिक सञ्चालनको समय सार्नुपरेको आयोजनाका लगानीकर्ता तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
साढे दुई किलोमिटर लामो सो केबलकारको ‘बटम’ र ‘टप स्टेशन’सँगै टावर निर्माणको काम धमाधम भइरहेको छ । कुल ११ ओटा टावर जडान हुने केबलकारका लागि यसैसाता नेपाली सेनाको हेलिकोप्टरमार्फत ‘टावर इक्वीपमेण्ट’ सम्बन्धित स्थानमा झारिएको आयोजनाका प्रबन्धक दिलीप श्रेष्ठले जानकारी दिए । आगामी ३ महीनाभित्र केबलकार आयोजनाका अधिकांश काम सकिने र प्राकृतिक तथा मानवीय अवरोध नआए अङ्ग्रेजी नयाँ वर्षदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालनमा आइसक्ने श्रेष्ठको भनाइ छ ।

No comments:

Post a Comment