Wednesday, August 12, 2015

स्थानीयका विरोधका बीच बन्ला त फेवातालमा केवलकार

स्थानीयका विरोधका बीच बन्ला त फेवातालमा केवलकार !

कास्की जिल्ला अनि पर्यटकीय नगरी पोखरा साञ्चै प्रकृतिको अनुपम उपहार नै हो । सात तालको शहर अनि फेवातालमा माछापुच्छेको छाँया । प्रकृतिको अनमोल उपहारलाई मानविय क्रियाकलापबाट थप सुसज्जित पार्नसके स्थानीय पोखरेलीको मात्र नभई देशको नै कायापलट हुने निश्चत छ ।
यस्तैमा सरकारले करिब २ वर्ष अघि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लेकसाइड स्थित बसुन्धरा पार्कदेखि फेवाताल, रानीवन हुँदै पुम्दीभुम्दी स्थित डाँडामा रहेको शान्ति स्तुपसम्मका लागि केवलकार निर्माणको योजना ल्याएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयको नेतृत्व तथा राष्ट्रिय योजना आयोगको समर्थनमा निर्माण हुन लागेको यो केवलकार निर्माण मनकामना दर्शन प्रालीको लगानीमा गर्न लागिएको हो । मनकामना दर्शन प्रालीका अतिरिक्त चितवन कोइ र अस्ट्रियाको डोपेलमेयरको प्राविधिक सहयोगमा बन्न लागेको योजना निर्माण सम्पादन र हस्तान्तरण मोडेलमा थालिएकोे बताइएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको यो योजना निर्माण थालेको २ वर्षमा सम्पन्न गरी २० वर्ष सम्मका लागि निर्माण कम्पनीलाई नै सञ्चालनको जिम्मा दिई पछि स्वतः सरकारी स्वामीत्वमा आउने जनाइएको छ । यद्यपी योजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर लगायतका कुरा भने बाँकी नै रहेको बुझिएको छ ।
निर्माण गरिने योजना अघि सारिएको २ वर्षपछि यतिबेला विरोधमा स्वरहरु गुञ्जिन थालेका छन् । स्थानीय जनता मात्रै नभई राजनीतिक दल, नागरिक समाज, पोखरा उपमहानगरपालिकाका प्रतिनिधि पनि पार्क बचाउ अभियानमा संगठन नै स्थापना गरेर विरोधमा उत्रिएका छन् ।
पर्यटकीय र वातावरणीय महत्वको सार्वजानिक सम्पत्तिमा सरकारले कुनै दीर्घकालिन असरको ख्यालै नगरी व्यवसायिक प्रयोजनका लागि दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरुले लेकसाइडको सबैभन्दा खुला स्थान पनि व्यवसायिक प्रयोजनका लागि दिए भुकम्प लगायतका विपत्तीमा जोगिने ठाउँ नहुने बताएका छन् । त्यस्तै केवलकार निमार्णमा रानीवनमा खम्बा गाड्दा पहिरोको पनि त्यत्तिकै जोखिम हुने उनीहरुको भनाई छ । संविधानसभा संसद विकास समितिका अध्यक्ष रविन्द्र अधिकारी लगायत अन्य सभासद साथै स्थानीय राजनीतिक दलपनि जनताको विरोधमा सामेल छन् । फेवालाई कुरुप र प्रदुषित बनाउने गरी फेवाताल माथिबाट केवलकार सञ्चालन गर्न दिन नमिल्ने भन्दै संसदको विकास समितिका सभापति एवम् कास्की क्षेत्र नम्बर ३ का सभासद रविन्द्र अधिकारीले सार्वजनिक जग्गा हडप्ने गरी केवलकार सञ्चालन गर्न दिन नसकिने बताएका छन् । यसरी जनता मात्रै नभई जनप्रतिनिधि पनि विरोधमा उत्रिंदा पोखरामा केवलकारमा चढ्ने सपना तुहिने त हैन ?
यता निर्माणको प्रक्रिया अगाडि बढाएको मन्त्रालय भने पोखरा मात्रै नभई समग्र देशको पर्यटनको सम्भावना बोकेको यो केवलकार निर्माणमा निरन्तरता दिने पक्षमा देखिन्छ । मन्त्रालयको तर्फबाट जानकारी दिंदै मन्त्रालयका वैदेशिक गुणस्तर विभाग महाशाखा प्रमुख तथा फेवाताल निर्माणका मन्त्रालयका प्रमुख सुरेश पौडेलले वातावरणीय प्रतिकुल विषयवस्तुलाई न्युनिकरणमा लागिने र स्थानीय जनताको विशेष माग भएमा सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । उनले विश्वमा नै पर्यटकीय नगरीको रुपमा परिचित पोखराको विकासमा पनि केवलको निर्माणले थप सहयोग पुग्ने धारणा राखे । त्यस्तै निर्माणको प्रक्रियालाई अगाडि बढाउन स्थानीय र सरोकारवाला पक्षसंग छलफल गरेर निर्णयमा पुग्ने मन्त्रालयको भनाई छ ।
पर्यटनको सुनौलो संभावना बोकेको पोखरामा केवलकार निर्माणले जनताको भावनालाई सम्बोधन गरी मन्त्रालय अगाडि बढ्न सके पोखरा पर्यटकीय गन्तव्यको केन्द्र बन्नेमा दुईमत छैन्, भने सफलतापूर्वक मनकामना केवलकार सञ्चालन गरेको मनकामना दर्शन प्रालीको निर्माणले पोखराको सुन्दरतामा सुनमा सुगन्ध थप्ने देखिन्छ ।
स्रोत: aarthiknews

No comments:

Post a Comment