Friday, August 7, 2015

पैसा छ भन्दैमा जहाँ पायो त्यही लगानी नगरौ नत्र स्थानीयले खेद्लान

देशको पर्यटकिय राजधानी पोखरा । हर हिसाबले उत्कृष्ट छ र त यहाँ राम्रा नराम्रा दुवै खालका आँखा लाग्छन् । ब्यवसाय र विकाससंगसंगै विकृतिले पनि दाउ हेरी रहन्छ । त्यसैको चपेटामा परेको छ पोखरा उपमहानगरपालिका वाडा नं. ६ स्थित फेवाताल संगै जोडिएको हरियाली अनि सुन्दर बसुन्धरा पार्क । 


एक सय आठ रोपनी क्षेत्रफलमा फैलिएको विशाल पार्क यदी बेलैमा ध्यन पु¥याउँन सकिएन भने अव कंकृटको जंगलमा परिणत हुँदै छ । २०३८ साल पहिलेसम्म मूलाको खेत भनेर चिनीने अहिलेको बसुन्धरा पार्क भएको जग्गा ब्यक्तिको नाममा थियो । तत्कालिन सरकारले २०३८ सालमा फेवा ताल जोगाउँने र त्यस जग्गामा विशाल हरियाली पार्क निमार्ण गर्ने भनेर मूलाको खेतलाई अधिग्रहण गरियो । तत्कालिन राजपरिवारका सदस्यको नाममा २०५२ सालमा निमार्ण गरियो, बसुन्धारा पार्क । यो पार्कले फेवा तालको सुन्दरतालाई कसिलगाउँने काम त गरेको छनै । त्यो सगसंगै प्रकृतिसंग भिज्न चाहनेहरुका लागि बर्दान नै सावित भएको छ
बसुन्धरा पार्क
तर २०६६ साल कार्तिक ११ गते पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष योगेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले पोख्रली मात्र नभई सम्पूर्ण प्रकृति प्रेमीको सपनामाथि खेलवार्ड गर्दै एउटा निर्णय ग¥यो । बसुन्धरा पार्क मासेर केवलकार बनाउँने । त्यसो त पोखराका हरेक खालि जग्गा त्यस्ता नहोलान जस्मा कसैको गलत आखा नलागेका होस । त्यसैको सिकार भयो बसुन्धरा पार्क ।

 कम्पनीले निमार्ण स्वीकृती पाएको नक्शा 

स्थानीय ब्यक्ति, जग्गा दाता र पोखारा उपमहानगरपालिकालाई समेत थाहै नदिई भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले मनकामना दर्शन प्रालिलाई बसुन्धार पार्कबाट रानीवन हुँदै विश्व शान्ति स्तुपसम्म केवलकार बनाउँन स्वीकृत दियो । तर मनकामना केवलकार प्रालिले केवलकार मात्र नभई केवलकारका नाममा बसुन्धरा पार्कको एकसय आठ रोपनी जग्गा पुरै घेरेर त्यहाभित्र रिर्सोट, स्वीमिङपुल, हल रेस्टुरेन्ट लगाएतका संरचना बनाउँने मास्टर प्लान सहितको नक्सा नै बनाएर मन्त्रालयबाट स्वीकृती पाईसकेको छ ।

कम्पनीले निमार्ण गर्न चाहेको नक्शा 

जव यो कुरा सर्वाजनिक भयो । अहिले समस्त पोख्रेली जनता, पर्यटन ब्यवासायी, जग्गा दाता बसुन्धरा पार्क बचाउ समिति बनाएर आन्दोलनमै होमिएका छन् । कानुनतः हेर्ने हो भने पनि जग्गा प्राप्ती सम्बन्धि ऐन २०३४ मा उल्लेख छ ब्यक्ति गत जग्गा जे उद्देश्यका लागि अधिग्रहण गरिएको हो सो प्रयोजनमा प्रयोग नभएको खण्डमा साविकका जग्गा धनीलाई नै फिर्ता दिनु पर्छ । र नगरविकास ऐन अनुसार पनि कुनै पनि मठमन्दिर, धार्मिक स्थल लगाएत सर्वजनिक जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्नु परेको खण्डमा सम्बन्धित सरोकारवाला सवै राखेर सार्वजनिक सुनुवाई गर्नु पर्ने प्राबधान छ । तर यो पनि भएको छैन बसुन्धरा पार्कको सन्दर्भमा ।
पार्क बन्नु अगाडिको तस्वीर

उता रानी बनै मासेर केवलकार लैजाँदा जैविक विविधता उस्तै प्रभाव पर्ने भन्दै जिल्ला बन कार्यलय कास्की लगाएताका निकायले खबरदारी गरिरहेको छन् । केही समय अधि मनकामना केवलकार प्रालिका तर्फबाट बसुन्धरा पार्कमा माटो परिक्षणका लागि पुगेको इन्जिनियर सहितको टोलीलाई पोखराबासीले धपाएका थिए ।
यता सर्वेच्च अदातलमा अधिबत्ता भगवती पहारीले जे उद्देश्यको लागि अधिग्रहण गरिएको हो त्यही अनुरुप बसुन्धरा पार्कको काम अगाडी बढाईयोस भन्दै रिट दायर गरेकी छिन् । उता पोखरामा बसुन्धरा पार्क बचाउँनेको निम्ती पोखराबासी, जग्गा दाता, पर्यटन ब्यवसायसंग आवद्ध सवै संघसंस्था, उद्योगबाणिज्य संघ, सवै एक जुट भएका छन् ।
यति मात्र नभई कास्की जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एघारै जना सभासदले बसुन्धरा पार्क बचाउ समितिको अभियानमा एक्यबद्धता जनाउँदै कुनै पनि हालतमा पार्क मासेर अन्य संरचना निमार्ण गर्न नदिने उद्घोष गरेका छन् ।
पोखराका पर्यटन ब्यवासायि एवं जग्गा दाता नरेश भट्टराई भन्छन् जे उद्देश्यको लागि हामीले जग्गा दिएका हौं त्यो हुँदैन भने हाम्रो जग्गा हामीलाई नै फिर्ता दिनु पर्छ राज्यले । 
त्यस्तै अर्को पर्यटन ब्यवसायि बासु त्रिपाठी भन्छन् बसुन्धरा पार्क त सुरुवात मात्रै हो अव पोखराका हरेक खाली जग्गाको हिसवा किताब खोजीने छ ।
यसरी अहिले बुन्धरा पार्क बचाउ अभियान टक आफ दि टाउँन बनेको छ । वसुन्धरा पार्कको अस्थित्व लोप पार्ने गरि वन्ने भनिएको योजनाको विरुद्धमा स्थानीयवासीदेखि पर्यटन ब्यवसायी र जग्गादातादेखि सभासदसम्म एक स्वरमा वोलिरहेका छन् ।अर्कोतर्फ यो मुद्दा सर्वोचच्च समम्म पनि पुगिसकेको छ । त्यसैले वसुन्धरा पार्कको संरक्षण हुने संभावन पनि वलियो वन्दै गएको छ, र त्यसो हुनुपनि पर्छ ।

स्रोत: मेरो लगानि