Wednesday, April 10, 2013

नेपाल भित्रनेभन्दा बाहिरिने पर्यटक ३ हजार बढी



सन् २०१३ को फेब्रुअरीमा हवाईमार्ग हुँदै ४५ हजार १ सय २३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या सन् २०१२ को सोही अवधिको तुलनामा ६ प्रतिशत बढी भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ । अध्यागमनको पछिल्लो तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या २ हजार ४ सय ७ बढी हो ।
सन् २०१३ को फेब्रुअरीमा ४८ हजार ७ सय ८४ पर्यटक विमानस्थलबाट बाहिरिएका छन् । यो सङ्ख्या नेपाल भित्रिनेकोभन्दा ३ हजार ६ सय ६१ बढी हो । सो अवधिमा विदेशबाट आउनेभन्दा जाने नेपालीको सङ्ख्या पनि १२ हजार ३ सय ५६ बढी देखिएको छ । फेब्रुअरीमा ५८ हजार ३ सय ७९ जना नेपाली विभिन्न मुलुकबाट नेपाल भित्रिएका छन् भने ७० हजार ७ सय ३५ जना नेपाली बाहिरिएको अध्यागमन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  
फेब्रुअरीमा एशियाली मुलुकबाट नेपाल आउने पाकिस्तानी ४४ दशमलव ३ र श्रीलङ्काली ३५ दशमलव ३ प्रतिशत बढेका छन् भने भारतीय र बङ्गलादेशीको आगमन घटेको छ । सो अवधिमा भारतीय १८ दशमलव २ र बङ्गलादेशी ५ दशमलव २ प्रतिशत घटेको तथ्याङ्कले देखाएको छ । 
एशियाका अन्य मुलुक चीनबाट आउने पर्यटक १ सय ३५ दशमलव ६ प्रतिशत बढेको छ । चीनबाट ७ हजार ६ सय १ जना पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएका छन् । यसैगरी, मलेसिया, सिङ्गापुर र चिनियाँ–ताइपेयीबाट आउने पर्यटक बढेको देखिएको छ । यूरोपका अधिकांश गन्तव्यका साथै सामुद्रिक मुलुकबाट आउने पर्यटक आगमन पनि घटेको देखिएको छ

No comments:

Post a Comment